दलित हिनताबोध हुने शब्द होइन ब्राह्मणवाद विरुद्धको क्रान्ति उद्घोष हो

प्रकाशित मिति: २३ आश्विन २०७७, शुक्रबार

केही समय देखि नेपालमा दलित शब्द माथी भीषण बहस सुरु भएको छ।कतिपयले दलित शब्द माथी पुनर्विचार अथवा यो शब्द नै हटाउनु पर्ने धारणा राख्दै आइरहेका छन।उनीहरुको बिचारमा दलित शब्दले अछुतपन /पिछडापन लाई दर्शाउछ र त्यस कारण यो शब्द द्वारा संबोधित भइरहे सम्म बिकास संभव हुदैन।यस्ता मानसिकताले समाज कमजोर रहेको अनुभव गराउँछन भन्ने जस्ता सोच राखिरहेका छन।

म आफ्नो सिमित अनुभवको अधारमा यो भन्न सक्छु कि ,यस्तो तर्क कुनै नयाँ होइन र पहिलो चोटी उठेको पनि होइन। दलित शब्द हटाउन केही समूह जोड तोडका साथ लागेको पनि पहिलो पटक होइन।यस्तो बिचार केही मध्यम वर्गीय तबकाका दलितहरु लाई धेरै हद सम्म राम्रो पनि लाग्छ। आन्दोलन बाट प्राप्त उपलब्धिहरुको कारण अलिकती परिबर्तन भएका तर आन्दोलन संग धेरै नजिकको संबध न राख्नेहरुले पनि यो शब्द हटाउनमा विशेष जोड दिइरहेको देखिन्छ।केही प्रसंगहरुमा संघर्ष संग जोडिएकाहरु पनि कहिले काहीँ यसमा भ्रमित बिचारहरु राख्ने गरेको पाइन्छ। यो विषय माथि म आफ्नो केही कुराहरु राख्ने प्रयास गरिरहेको छु ।ता की यो बहस लाई एक सार्थक बहसमा रुपान्तरण हुन सानो बल पुग्न सकोस ।
प्रमुख र अधारभुत कुरा त यो छ कि न्याय र परिवर्तनका लागि संघर्षरत उत्पीडित /उपेक्षित या भनौ बंचित जमात लाई एउटा अलग पहिचान बनाउन आवश्यक हुन्छ र बनाउनै पर्छ।यो पहिचान निर्माणको क्रममा दुनियाँमा संघर्षरत समुहहरुको नाम पनि बन्दै जान्छ।जस्तै अमेरिकामा निग्रो नाम बाट सुरु भएको आन्दोलनको पछि “ब्लैक”र यता आएर “अफ्रो अमेरिकन”सम्मको यात्रा तय गरेको हामी लाई ज्ञात नै हुनुपर्छ ।भारतीय मुसलमानहरुमा उपेक्षित वर्गले “मोमिन”हुँदै “पासमांदा”कैटेगरी सम्म आएको इतिहास र वर्तमान छ।त्यस्तै यो आन्दोलन पनि असुर,दैत्य,शुद्र,अछुत ,हरिजन हुँदै दलित सम्म आइपुएको हो।अस्पृश्य आन्दोलनको संगठन यस्ता नामहरुको साथ यात्रा तय गरेको देखिन्छ।यस बाट दुई बटा कुरा स्पष्टताका साथ हेर्न सकिन्छ। पहिलो कुरा शोषितहरुको पहिचान शोषकहरु संग अलग बनाउनु पर्ने आवश्यकता र दोस्रो कुरा शोषितको पहिचान स्थायी हुदैन भन्ने कुराको प्रमाण ।संगठनको नाम समय काल र विषेश आवश्यकताको अनुसार परिवर्तन गर्न सकिन्छ ।दलित शब्द पनि स्थायी होइन तर यस लाई बदल्नु पर्ने ठोस कारणहरु हुनुपर्दछ।
अक्सर बहुजन आन्दोलन ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम

जैमिनीका बाढि प्रभावित दश परिवारलाइ आर्थिक सहयोग

दसैँमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने

तपाईं हामी पुरूषलाई बलत्कारी बन्न के ले उत्प्रेरित गरिरहेको छ ?

जेलहरूमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च

पाण्डबखानीमा पहिलोपटक खनिज पदार्थ सम्भाव्यता अध्ययन शुरु

पुर्वीया दर्शनमा आधारित अर्थ नितिमा नेपाल चले समृद्धिको गन्तव्य टाढा छैन

चलचित्र बुकि निर्माण पछिको आम्दानी जिल्लाको पर्यटन पूर्वाधारमा खर्च गरिने

दलित हिनताबोध हुने शब्द होइन ब्राह्मणवाद विरुद्धको क्रान्ति उद्घोष हो

मिशन नेपाल राष्ट्र निर्माण अभियानको मुगु जिल्ला सयोजकमा हिक्मत शाही क्षितिज