थानेश्वर र शान्ति श्री को आवाजमा पुष्प र जानु

प्रकाशित मिति: १८ आश्विन २०७७, आईतवार

गायक थानेश्वर गौतमको नयाँ गीत “छुट्नलाई पो रैछ क्यारे” को छायाँकन पोखरामा गरिएको छ । कलाकार माओत्से गुरुङजको निर्देशनमा तयार हुँदै गरेको म्युजिक भिडियोमा मूख्य अभिनयका रुपमा नायक पुष्प खडका र जानु पोखरेल रहेका छन् । जापानमा रहेका कृष्ण केशीको परिकल्पना/प्रस्तुति रहेको उक्त गीतमा जापानमै बस्ने टेक बस्नेतले विशेष सहयोगीको भुमिका निभाएका छ्न भने क्यानडामा रहने यम खत्रीको विशेष प्रेरणाबाट यो गीत तयार भएको गायक गौतमले बताए। उक्त गीतमा अष्ट्रेलिया निवासी सुरज साहनी र अमेरिका निवासी लेखनाथ गौतम पनि विशेष सहयोगीको भुमिकामा छ्न । भिडियो मार्फत नेपाली कलाकारिता क्षेत्रमा पर्दा उघारेका पुष्प यतिबेला चलचित्र क्षेत्रमा समेत व्यस्त नायकको रुपमा परिचित छन् भने जानु पोखरेलको उक्त गीतमा पहिलो अभिनय हो । उनले यही गीतमार्फत नै अभिनयमा डेब्यू गरेकी छिन् ।गायक थानेश्वर गौतम र नायक पुष्प खड्काको सांगीतिक यात्रा निकै सफल भएको मानिन्छ ।गाजल लगाईनछयौ ,स्याङ्जा गएं पाल्पा गएं ,धानको चुली मकैको सुली जस्ता  गीतमा सफल र रुचाईएका पुष्पलाई थानेश्वर गौतमले यो गीतमा समेत फरक शैलीबाट प्रस्तुत गरेका छ्न ।

गीतमा महिला आवाज शान्ति श्री परियारको रहेको छ । सँगीत थानेश्वर आफैले दिएका हुन् । लगभग चारदिन लगाएर छायाँकन गरिएको गीत दुई प्रेमीप्रेमीका बिचको जीवनकथामा आधारित रहेको निर्देशक माओत्से गुरुङले बताएका छन् । उनका अनुसार प्रेमीप्रेमीका शारिरिक वा भौतिक रुपले एक
हुन सक्दैनन्, त्यही पनि उनीहरु एकअर्कालाई माया गर्न नछााड्ने  जस्ता कथावस्तु गीतमा प्रस्तुत गरिएको छ ।
माओत्से गुरुङले यो गीतले अत्यन्तै मन छोएकोले आफू निर्देशनका लागि तयार भएको बताए । उनले गीतको छायाँकन पोखराका रमणीय ठाउँमा गरिएको बताए । पोखराको नाट्यक्षेत्रमा अभिनय गर्दै आएका कलाकारलाई समेत म्युजिक भिडियोमा समेटिएको छ ।

गुणस्तरिय म्युजिक भिडियोका लागि अब काठमाडौं नै धाइराख्नु नपर्ने माओत्से गुरुङको दाबी छ । लगानीसँगै राम्रो टीम छनोट गरिएको खण्डमा पोखराबाट पनि स्थापित म्युजिक भिडियो निर्माण गर्न सकिने उनले बताए । यो भन्दा अगाडि गुरुङले ‘रुपै राम्रो रुपातालको’ र ब्रोसिस ब्याण्डको ‘मृग नयनी’ लगायतका गीतको म्युजिक भिडियो निर्देशन गरिसकेका छन् ।
गायक थानेश्वर गौतमलाई माओत्से गुरुङसँग सहकार्य गर्न पहिलेदेखिको इच्छा थियो । आज आएर मात्रै सो इच्छा पूरा भएको उनले बताए । उनले भने,“माओत्से गुरुङ मलाई मन पर्ने कलाकार हुनुहुन्छ । उहाँको कलाको म प्रशंसक हुँ । उहाँ सँग काम गर्ने पहिलेदेखिको इच्छा थियो  समय जुरेको थिएन  कोरोना महामारीमा समय जुर्यो ।”
अभिनयसँगै कथावस्तुमा पनि माओत्से गुरुङ अब्बल रहेको उनले बताए । गीतको न्यायका लागि निर्देशनमा गुरुङलाई रोजेको उनले उल्लेख गरे । लकडाउनको दुई महिना अगाडि रेकर्डिङ भएको गीतमा प्रभा बर्तौलाको शब्द छ । जून गीतको म्युजिक भिडियोको छायाँकन बन्दाबन्दीका कारण रोकिएको थियो । असोज १३ गतेदेखि सुरु गरिएको म्युजिक भिडियोको छायाँकन आज सकिने उनले बताए । गायक गौतमले अबको १० दिन भित्र गीतलाई सार्वजनिक गर्ने तयारी सहित काम भइरहेको जानकारी गराए । गौतमको यसअघि लगभग ४ सयको हाराहारीमा गीत सार्वजनिक भइसकेको छ । जसमध्ये रामप्यारी चलचित्रको ‘छमछमती पाउजु बजाएर नाँच’, ‘स्याङजा गए पाल्पा गए बटौलीमा गइन’, ‘गाजल लगाइनछौं’ लगायतका गीत अलि बढी चर्चामा छन् ।  पोखरामा छायाँकन गरिएको उक्त गीतबाट समेत थानेेेश्वर आशावादी देखिन्छन् ।
नायक पुष्प खडका माओत्से गुरुङको निर्देशनमा काम गर्न सहज भएको बताउँछन् । एक अग्रज कलाकारको निर्देशनमा अभिनय गर्न पाउँदा खुशी लागेको उनले बताए । म्युजिक भिडियोमा आफू एक प्रेमीको रुपमा देखिएको उनले जानकारी गराए । आफ्नो म्युजिक भिडियो करिअरमै सबैभन्दा बढी समय लगाएर छायाँकन गरिएको म्युजिक भिडियो माओत्से गुरुङद्वारा निर्देशित रहेको उनले उल्लेख गरे । गीतबाट पुष्प पनि आशावादी देखिन्छन् । उनले भने,‘माओत्से गुरुङको कलाकारिताको म प्रशंसक थिए । आजबाट निर्देशनको पनि प्रशंसक भए । फरकशैली उहाँमा पाएको छु । आशा छ गीतले राम्रै सफलता पाउनेछ ।’


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम

जैमिनीका बाढि प्रभावित दश परिवारलाइ आर्थिक सहयोग

दसैँमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने

तपाईं हामी पुरूषलाई बलत्कारी बन्न के ले उत्प्रेरित गरिरहेको छ ?

जेलहरूमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च

पाण्डबखानीमा पहिलोपटक खनिज पदार्थ सम्भाव्यता अध्ययन शुरु

पुर्वीया दर्शनमा आधारित अर्थ नितिमा नेपाल चले समृद्धिको गन्तव्य टाढा छैन

चलचित्र बुकि निर्माण पछिको आम्दानी जिल्लाको पर्यटन पूर्वाधारमा खर्च गरिने

दलित हिनताबोध हुने शब्द होइन ब्राह्मणवाद विरुद्धको क्रान्ति उद्घोष हो

मिशन नेपाल राष्ट्र निर्माण अभियानको मुगु जिल्ला सयोजकमा हिक्मत शाही क्षितिज