भारतमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख नाघ्यो !

प्रकाशित मिति: १७ आश्विन २०७७, शनिबार

कोरोना भाइरस (कोभिड १९) का सबैभन्दा बढी दैनिक नयाँ केसहरु थपिँदै आएको भारतमा सो भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख नाघेको छ । शनिबार बिहानसम्मको तथ्यांक अनुसार भारतमा कोरोना संक्रमणका कारण १ लाख ८७५ जनाको मृत्यु भइसकेको वर्ल्डोमिटर्सले जनाएको छ । त्यहाँ हालसम्म कुल संक्रमितको संख्या भने ६४ लाख ७१ हजार नाघेको छ । भारतमा शुक्रबार एकै दिन ७९ हजार ९७४ जना नयाँ संक्रमित फेला परेका छन् भने १ हजार ७१ जनाले ज्यान गुमाएका छन् । त्यहाँ दैनिक संक्रमित हाराहारी नै दैनिक निको हुनेको संख्या रहेको छ । शुक्रबार एक दिनमा ७६ हजार ४२४ जना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म भारतमा कुल ५४ लाख २५ हजार ७७ जना भने संक्रमुक्त भइसकेका छन् । हाल त्यहाँ सक्रिय संक्रमित ९ लाख ४५ हजार ९८२ जना मात्र रहेका छन् । कोरोनाबाट सबैभन्दा बढी संक्रमित त मृत्यु हुनेमा संयुक्त राज्य अमेरिका रहेको छ । त्यहाँ हालसम्म ७५ लाख ४९ हजारभन्दा बढी मानिस संक्रमित भएकोमा २ लाख १३ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । त्यसपछि बढी ज्यान गुमाउनेमा ब्राजिल रहेको छ । त्यहाँ हालसम्म कोरोनबाट १ लाख ४५ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने कुल संक्रमित संख्या ४८ लाख ८२ हजारभन्दा बढी पुगेको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम

जैमिनीका बाढि प्रभावित दश परिवारलाइ आर्थिक सहयोग

दसैँमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने

तपाईं हामी पुरूषलाई बलत्कारी बन्न के ले उत्प्रेरित गरिरहेको छ ?

जेलहरूमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च

पाण्डबखानीमा पहिलोपटक खनिज पदार्थ सम्भाव्यता अध्ययन शुरु

पुर्वीया दर्शनमा आधारित अर्थ नितिमा नेपाल चले समृद्धिको गन्तव्य टाढा छैन

चलचित्र बुकि निर्माण पछिको आम्दानी जिल्लाको पर्यटन पूर्वाधारमा खर्च गरिने

दलित हिनताबोध हुने शब्द होइन ब्राह्मणवाद विरुद्धको क्रान्ति उद्घोष हो

मिशन नेपाल राष्ट्र निर्माण अभियानको मुगु जिल्ला सयोजकमा हिक्मत शाही क्षितिज