कोरोना परीक्षणका नाममा मनपरी शुल्क

प्रकाशित मिति: १५ आश्विन २०७७, बिहीबार

कोरोना भाइरस परीक्षणका नाममा निजी अस्पतालहरूले ठगी धन्दालाई निरन्तरता दिइरहेका छन् । सरकारले तोकेको शुल्कविपरीत निजी अस्पतालले प्रतिपरीक्षण चार हजार रुपैयाँसम्म शुल्क असुल्दै आएका छन् । सरकारले पीसीआर परीक्षणमा अधिकतम दुई हजार रुपैयाँभन्दा बढी शुल्क लिन नपाउने निर्णय गरेको थियो । केही प्रयोगशालासँग बुझ्दा सरकारले तोकेको शुल्कभन्दा दोब्बर रुपैयाँसम्म शुल्क लिएको देखिएको छ ।

काठमाडौंस्थित ह्याम्स अस्पतालले तीन हजार नौ सय, ललितपुरस्थित बी एन्ड बी अस्पतालले तीन हजार आठ सय ९९ रुपैयाँ शुल्क असुल्दै आएको छ । यस्तै, कोरोना परीक्षणको नाममा नेपाल मेडिसिटी अस्पतालले तीन हजार नौ सय, डिकोड जिनोमिक्स एन्ड रिसर्च सेन्टरले तीन हजार नौ सय, सौर्य हेल्थ केयर प्रालिले तीन हजार नौ सय रुपैयाँ असुलेको पाइएको छ ।

यस्तै, सेन्ट्रल डायग्नोस्टिक ल्याबरोटरी एन्ड रिसर्च सेन्टरले तीन हजार आठ सय ९९, इन्ट्राप्रिड डायग्नोस्टिक सेन्टर थापाथलीले तीन हजार नौ सय रुपैयाँ शुल्क लिने गरेको छ । यी प्रयोगशालाले सो शुल्क निर्धारणको वैज्ञानिक आधार सरकारलाई पेस गरिसकेको बताएका छन् ।
राजधानी दैनिक


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम

जैमिनीका बाढि प्रभावित दश परिवारलाइ आर्थिक सहयोग

दसैँमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने

तपाईं हामी पुरूषलाई बलत्कारी बन्न के ले उत्प्रेरित गरिरहेको छ ?

जेलहरूमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च

पाण्डबखानीमा पहिलोपटक खनिज पदार्थ सम्भाव्यता अध्ययन शुरु

पुर्वीया दर्शनमा आधारित अर्थ नितिमा नेपाल चले समृद्धिको गन्तव्य टाढा छैन

चलचित्र बुकि निर्माण पछिको आम्दानी जिल्लाको पर्यटन पूर्वाधारमा खर्च गरिने

दलित हिनताबोध हुने शब्द होइन ब्राह्मणवाद विरुद्धको क्रान्ति उद्घोष हो

मिशन नेपाल राष्ट्र निर्माण अभियानको मुगु जिल्ला सयोजकमा हिक्मत शाही क्षितिज