पिसिआर परीक्षण बोझ बन्दै

प्रकाशित मिति: १४ आश्विन २०७७, बुधबार

शुक्रराज सरुवा रोग अस्पतालमा कोरोनाको लक्षण भएका वा नभएका दुवैथरि मानिसको भीड लागेको हुन्छ। उनीहरु आफूलाई कोरोना लागे वा नलागेको यकिन गर्नुभन्दा पनि कोरोना परीक्षणको रिपोर्ट घरधनी वा काम गर्ने कार्यालयमा लगेर देखाउन परीक्षण गर्न बाध्य भएका हुन्। लकडाउन खुलेपछि राजधानी प्रवेश गर्ने अन्तरदेशीय र अन्तराष्ट्रिय दुवै व्यक्तिलाई घरबेटीको अनिवार्य पिसिआर परीक्षणको रिपोर्ट चाहिन्छ।

यी दुवै ठाउँमा परीक्षणको माग भएपछि शुक्रराज सरुवा रोग अस्पतालमा दैनिक ५ देखि ६ सय जनाको लाइन हुन्छ। यी सबैलाई अस्पतालले एकैदिन व्यवस्थापन गर्न सक्दैन। माग हुँदैमा सबैको परीक्षण गर्ने नीति सरकारको छैन। सरकारको कोरोना परीक्षण निर्देशिकाअनुसार जोखिमस्थलबाट आएका, संक्रमित व्यक्तिको सम्पर्कमा आएका र कोरोनाको कुनै लक्षण देखिएमा मात्र पिसिआर परीक्षण गर्ने नियम छ। टेकु अस्पतालमा पुग्ने सबै यो नियमभित्र पर्दैनन्। तर पिसिआर परीक्षण नगरी जानै मान्दैनन्।

परीक्षणको लागि बाध्यताले दिनहुँ लाइनमा बस्नेमध्ये कतिलाई अस्पतालले क्वारेन्टिनमा बस्नको लागि सुझाव दिएर पठाउने गरेको भए पनि पिसिआर परीक्षणको आतंक नरोकिएपछि मंगलबारदेखि अस्पतालले सबैको परीक्षण गर्ने निधो गरेको छ। ‘सामाजिक सम्मान र मानवीय हिसाबले पनि उनीहरुको सबैको परीक्षण गर्ने व्यवस्थापन गरेका छौं, आज सबैको नमुना संकलन ग(यौं,’ शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले नागरिकसित भने। सबैको परीक्षण अस्पतालबाट सम्भव नभएपछि नमुना संकलन गरेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन थालेको छ।
नागरिक दैनिक


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम

जैमिनीका बाढि प्रभावित दश परिवारलाइ आर्थिक सहयोग

दसैँमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने

तपाईं हामी पुरूषलाई बलत्कारी बन्न के ले उत्प्रेरित गरिरहेको छ ?

जेलहरूमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च

पाण्डबखानीमा पहिलोपटक खनिज पदार्थ सम्भाव्यता अध्ययन शुरु

पुर्वीया दर्शनमा आधारित अर्थ नितिमा नेपाल चले समृद्धिको गन्तव्य टाढा छैन

चलचित्र बुकि निर्माण पछिको आम्दानी जिल्लाको पर्यटन पूर्वाधारमा खर्च गरिने

दलित हिनताबोध हुने शब्द होइन ब्राह्मणवाद विरुद्धको क्रान्ति उद्घोष हो

मिशन नेपाल राष्ट्र निर्माण अभियानको मुगु जिल्ला सयोजकमा हिक्मत शाही क्षितिज