ललितपूरको दक्षिण ग्रामिण भेगमा रहेको कालीदेबि मा बी का पुर्व निमित्त प्र अ उद्योगको वितन्डाले हावा खायो

प्रकाशित मिति: ११ आश्विन २०७७, आईतवार

रमेश बन्जारा/राजु बस्नेत

ललितपुर जिल्लाको महाङ्काल गाउपालिका वार्ड नम्वर एकमा रहेको कालीदेवी माध्यामिक विद्यालयका पुर्व निमित्त प्र अ रहेका उद्योग प्रसाद तिमल्सिनाले विद्यालय सुधार लगायत ग्रामिण भेगका बिद्यार्थीको भबिस्यनै तहस नहस हुने गरी गरेको वितन्डालाई उच्च अदालत पाटन इजलासले हावा खुवाई दिएको छ ।

आफुले विद्यालयमा काम गर्न नसके पछी विद्यालयको अभिभाबक भेलामा राजिनामा पेस गरेका तिमल्सिनाले ६ महिना पछी विभिन्न आरोप लगाउदै महाङकाल गाउपालिका अध्यक्ष रामचन्द्र दहाल बिद्यालयका प्र अ दिपक खत्री प्रशासकिय अधिकृत लगायतका बिरुद्धमा उच्च अदालत पाटन इजलासमा मुद्धा दायर गरे पनी इजलासले उक्त मुद्धाको सुनुवाई गर्दै उद्योग प्रसाद तिमल्सिना को विद्यालय र विद्यार्थीको भविश्य विगार्ने कामलाई वन्देज लगाई दिएको छ ।

विद्यालयका पुर्व निमित्त प्र अ समेत रहेका उद्योग प्रसाद तिमल्सिनाले २०७६ फागुन २८ गते बुधवार उच्च अदालत पाटन ललितपुरमा महाङ्काल गाउपालिका अध्यक्ष रामचन्द्र दहाल सोही गाउ पालिकाका प्रमुख प्रशासकिय अधिकृत ओम प्रकाश पान्डे विद्यालय व्यवस्थापन समितीका अध्यक्ष खोम प्रसाद गौतम एवम् विद्यालयका प्र अ दिपक खत्री का बिरुद्ध मुद्धा दायर गरेका थिए । तिमल्सिना ले उच्च अदालत पाटन ललितपुरमा झुटो बिबरण पेस गरी मुद्धा दायर गरेका थिए । विद्यालयको अभिभाबक भेलामा आफु उपस्थित नरहेको भनी झुट्टा बिबरण पेश गर्ने उद्योग प्रसाद तिमल्सिना जस्तो शिक्षक बाट विद्यार्थीले के पाठ सिक्ने सर्वत्र चासोको बिषय बनेको छ । उक्त अभिभाबक भेला लाई तिमल्सिनाले लै संचालन गरेका थिए भने सोही भेलामा तिमल्सिनाले सम्पुर्ण अभिभाबकको रोहबरमा राजिनामा पेस गरेको भिडियो समेत जननि नेपाल सित शुरक्षित रहेको छ ।

झुट र अफवहा फैलाई विद्यालय र विद्यार्थीको वदनाम हुने कार्य गर्ने उद्योग प्रसाद तिमल्सिना नेपाली काङ्ग्रेस निकट शिक्षक संघका नेताका रुपमा समेत चिनिने भएका कारण तिमल्सिनाको यस्तो कार्यले ललितपुर काङ्ग्रेसमा धक्का लाग्ने भन्दै कार्यकर्ताले गुनासो गरेका छन । तिमल्सिनाले फागुन २८ मा गरेको रिट लाई उच्च अदालत पाटन ललितपुरको इजलासले २०७७ असोज ८ गते फैसला गर्दै कुनै पनी निर्णय लिनु नपर्ने र निबेदकले आवस्यक प्रमाण उल्लेख गर्न नसकेका कारण खारेज गर्दै उद्योग प्रसाद तिमल्सिनाको विद्यालय र विद्यार्थीको भविष्य तहस नहस गर्ने रणनितीलाई हावा खुवाई दिएको छ । यता विद्यालय र विद्यार्थीको भविष्यमा खेलवाड गर्ने कार्य गरेको भन्दै स्थानियले यस्ता शिक्षकलाई सामाजिक बहिष्कार गर्नु पर्ने वताएका छन ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम

जैमिनीका बाढि प्रभावित दश परिवारलाइ आर्थिक सहयोग

दसैँमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने

तपाईं हामी पुरूषलाई बलत्कारी बन्न के ले उत्प्रेरित गरिरहेको छ ?

जेलहरूमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च

पाण्डबखानीमा पहिलोपटक खनिज पदार्थ सम्भाव्यता अध्ययन शुरु

पुर्वीया दर्शनमा आधारित अर्थ नितिमा नेपाल चले समृद्धिको गन्तव्य टाढा छैन

चलचित्र बुकि निर्माण पछिको आम्दानी जिल्लाको पर्यटन पूर्वाधारमा खर्च गरिने

दलित हिनताबोध हुने शब्द होइन ब्राह्मणवाद विरुद्धको क्रान्ति उद्घोष हो

मिशन नेपाल राष्ट्र निर्माण अभियानको मुगु जिल्ला सयोजकमा हिक्मत शाही क्षितिज