जोखिमकैबीच पनि रोजगारीका लागि भारत छिर्ने नेपालीहरु दिनदिनै बढ्दै

प्रकाशित मिति: ४ आश्विन २०७७, आईतवार

कोभिड १९ महामारीको अत्याधिक जोखिमकैबीच पनि रोजगारीका लागि नेपालगञ्ज नाका भएर भारत छिर्ने नेपालीहरु दिनदिनै बढ्दै गएका छन् ।

गत एक साताको अवधिमा मात्र यहाँस्थित नेपाल भारत नाका जमुनाह भएर २५ सय बढी नेपाली भारत छिरेको ईलाका प्रहरी कार्यालय जमुनाहले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी प्रमुख विष्णु गिरीले भदौ २७ गतेबाट दैनिक तीनसयको हाराहारीमा रोजगारीका लागि नेपालीह भारतका विभिन्न सहरमा गैरहेको बताउनुभयो । प्रमुख गिरीका अनुसार एकसाताको अवधिमा करिब २५ सय नेपाली यो नाकाबाट भारत फर्किसकेका छन् ।

उहाँले कोभिड १९ का कारण नेपाल भारत सीमाना बन्द भए पनि भारतमा रोजगारी गर्ने अधिकांश नेपालीसँग भारतीय आधार कार्ड रहेकोले सोही देखाएर उनिहरु फर्किरहेको बताउनुभयो ।

भारतमा बन्दाबन्दी हुँदा काम नपाई बाध्य भएर नेपाल फर्किएको बताउँदै पहाडी जिल्लाका नेपालीले नेपालमा पनि रोजगारी नपाएपछि फेरि बाध्य भएर भारतनै जानुपरेको बताएका छन् ।

भारत जान भनि जमुनाह नाकामा पुग्नुभएका दैलेख नारायण नगरपालिका ४ का दीपक थापाले नेपाल फर्किएको तीन महिना पुगे पनि गाउँघरमा कुनै काम नपाएपछि भोकै बस्ने अवस्था आएकोले फेरी बाध्य भएर रोजगारीका लागि भारतको शिमला जान थालेको बताउनुभयो ।

उहाँले आफ्नो देशमा रोजगारी नपाएर नै विदेशी भुमिमा गएर दुखकष्ट सहनुपरेको दुखेसो सुनाउनुभयो ।यस्तै सल्यान थारमारेका अर्का युवक रामबहादुर विकले पनि नेपालमा रोजगार नपाएपछि फेरि भारत फर्किन थालेको बताउनुभयो । उहाँले कोरोना भन्दा पेट पाल्ने चिन्ता बढी भएपछि फर्किएको जनाउनुभयो । गोरखापत्र दैनिक


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम

जैमिनीका बाढि प्रभावित दश परिवारलाइ आर्थिक सहयोग

दसैँमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने

तपाईं हामी पुरूषलाई बलत्कारी बन्न के ले उत्प्रेरित गरिरहेको छ ?

जेलहरूमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च

पाण्डबखानीमा पहिलोपटक खनिज पदार्थ सम्भाव्यता अध्ययन शुरु

पुर्वीया दर्शनमा आधारित अर्थ नितिमा नेपाल चले समृद्धिको गन्तव्य टाढा छैन

चलचित्र बुकि निर्माण पछिको आम्दानी जिल्लाको पर्यटन पूर्वाधारमा खर्च गरिने

दलित हिनताबोध हुने शब्द होइन ब्राह्मणवाद विरुद्धको क्रान्ति उद्घोष हो

मिशन नेपाल राष्ट्र निर्माण अभियानको मुगु जिल्ला सयोजकमा हिक्मत शाही क्षितिज