कोरोना भाइरस संक्रमण फैलावट तीव्र

प्रकाशित मिति: ३ आश्विन २०७७, शनिबार

कोरोना भाइरस संक्रमण फैलावटको दायरा तीव्र बनिरहेको छ । जेठ, असार र साउनमा थपिएका कुल संक्रमितभन्दा भदौमा मात्रै संक्रमितको संख्या बढी छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार जेठ, असार र साउनमा थप २५ हजार ७ सय ५९ जनामा संक्रमण पुष्टि भएको थियो । तर, भदौमा मात्रै थप ३१ हजार ८६ जनामा संक्रमण पुष्टि भएको छ ।

जेठमा ५ हजार ४ सय ७७, असारमा १० हजार ९ सय ६६ र भदौमा ३१ हजार ८१ संक्रमित थपिएका थिए । यो तथ्यांकले संक्रमणको दर अत्यधिक रूपमा बढ्दै गइरहेको संकेत गर्छ । परीक्षणको दायरा बढाएसंगै संक्रमितको संख्या बढी देखिएको विज्ञहरूले बताएका छन् । पछिल्ला चार महिनामा ८ लाख २७ हजार ८ सय ३ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ ।

जसअनुसार गत जेठमा १ लाख १० हजार ७ सय १३, असारमा १ लाख ६० हजार १ सय ४६, साउनमा २ लाख १४ हजार ९७, भदौमा ३ लाख ४२ हजार ८ सय ४७ जनाको कोरोना परीक्षण गरिएको हो । १ र २ असोजमा २२ हजार ९९ जनाको कोरोना परीक्षण गर्दा ३ हजार २ सय ६६ जनामा संक्रमण देखिएको छ ।

देशभर शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै २ हजार २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार संक्रमितको संख्या ६१ हजार ५ सय ९४ पुगेको छ ।

जसअन्तर्गत प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा १, झापामा ६, भोजपुरमा २, मोरङमा १ सय १८ र सुनसरीमा ५८ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेश २ को धुनषामा ९, पर्सामा १७, बारामा ७८, रौतहटमा ६, सप्तरीमा ४५, सर्लाहीमा २ र सिरहामा १९ जनामा कोरोना देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बाग्मती प्रदेशको काभ्रेमा ६, चितवनमा १ सय ९१, दोलखामा १, धादिङमा १४, नुवाकोटमा ६, मकवानपुरमा ३०, रामेछापमा ६ र सिन्धुपाल्चोकमा ३ जनामा कोरोना भेटिएको छ ।

यस्तै, गण्डकी प्रदेशको कास्कीमा ८६, गोरखामा १२, तनहुँमा ५, नवलपरासी पूर्वमा ३९ र लमजुङमा ६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश ५ को अर्घाखाँचीमा ९, कपिलवस्तु र गुल्मीमा ६(६, दाङमा २४, नलवपरासीमा ४१, पाल्पामा ३, प्यूठानमा १, बर्दियामा १८, बाँकेमा २, रूपन्देहीमा ८६ र रोल्पामा ९ जनामा कोरोना देखिएको छ ।

कर्णाली प्रदेशको दैलेखमा १, रुकुम पश्चिममा २३, सुर्खेतमा १ सय १७, सुदूरपश्चिमको अछाममा १६, कञ्चनपुरमा ७, कैलालीमा १७, डोटीमा १, बझाङमा १, बाजुरामा ३ र बैतडीमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार ११ हजार ४ सय ५८ जनाको नमुना परीक्षण गरिएको हो । पछिल्लो २४ घण्टामा ८ सय ७१ जना डिस्चार्ज भएका छन् । देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ ।

काठमाडौँ उपत्यकामा शुक्रबार थप ८ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ६ सय ९८, ललितपुरका ७९ तथा भक्तपुरका ८२ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये हालसम्म ३ सय ९० जनाको मृत्यु भएको छ ।

हालदेशभर १ सय ७३ जना आईसीयू र ३६ जना भेन्टिलेटरमा छन् । देशभर ७ हजार ७ सय ३६ जना क्वारेन्टिनमा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ८ लाख ९४ हजार ३ सय ७३ जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । प्रशान्त वली( राजधानी दैनिक) ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम

जैमिनीका बाढि प्रभावित दश परिवारलाइ आर्थिक सहयोग

दसैँमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने

तपाईं हामी पुरूषलाई बलत्कारी बन्न के ले उत्प्रेरित गरिरहेको छ ?

जेलहरूमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च

पाण्डबखानीमा पहिलोपटक खनिज पदार्थ सम्भाव्यता अध्ययन शुरु

पुर्वीया दर्शनमा आधारित अर्थ नितिमा नेपाल चले समृद्धिको गन्तव्य टाढा छैन

चलचित्र बुकि निर्माण पछिको आम्दानी जिल्लाको पर्यटन पूर्वाधारमा खर्च गरिने

दलित हिनताबोध हुने शब्द होइन ब्राह्मणवाद विरुद्धको क्रान्ति उद्घोष हो

मिशन नेपाल राष्ट्र निर्माण अभियानको मुगु जिल्ला सयोजकमा हिक्मत शाही क्षितिज