आमा_मैले_नशा_पिएको_होइन

प्रकाशित मिति: २ आश्विन २०७७, शुक्रबार

आमा, म एउटा पार्टी मा गएको थिएंँ,
तपाई ले भन्नू भएको थियो मलाई
नशा न पिउनु भनेर,
त्यसैले बाकी साथीहरू ले पिएर
रमाइलो गरेका थिए
अनि म जुस पिउदै गरें
तर मलाई गर्व थियो आफैं मा

आमा, तपाई ले भन्नू भएको थियो
नशा पिएर गाडी नचलाउनु भनेर
मैले पनि त्यसै गरेंं,
घर फर्किदा सम्म मैले नशा लाई
छोइन पनि
तर बाकी साथीहरू रमाइलो को लागि
धेरै नै पिउंदै थिए
उनिहरुले मलाई पिउन कर गर्दै उस्काएका पनि थिए।
तर मैले राम्रो संग जानेको थिएँ
मलाई नशा पिउनु छैन र मैले त्यसै गरेंं।
आमा, तपाई सधै राम्रो ज्ञान दिनु हुन्छ,
अब पार्टी लगभग सकिन लाग्यो
अनि सबै साथीहरू आ-आफ्नो                         घर  फर्किने तयारी गर्दै थिए
आमा, अब म आफ्नो गाडी मा बस्दै छु
केही छिन पछि आफ्नो घरमा मेरी आमा अनि
परिवार संग हुनेछु।
तपाईं अनि बाबा को यही माया यो संस्कार ले
मलाई जिम्मेवारी सिकाउनु भयो
त्यसैले त छिमेकीहरु भन्छन् ज्ञानी छ भनेर।
आमा, म घर आउँदै अहिले बाटोमा छु
आज धेरै रमाइलो गरियो आमा
म धेरै खुसी छु
तर यो के भयो आमा, लौन…………
शायद अर्को गाडी वालाले
मलाई देखेनछ,
अनि निकै डर लाग्दो भयानक दुर्घटना ……..
आमा, म यहाँ बाटो मा खुनले
लतपत छु।
पुलिस साइरन कोआवाज सुन्दै छु
अनि पुलिस भन्दै छन्
यसले पिएको छैन अर्को गाडी वाला ले
पिएर चलाएको थियो भनेर,
तर ‘आमा’ मेरो ‘बाबा’ ,
उसको गल्ती को सजाय मलाई किन???
आमा मलाई यस्तो लाग्दै छ
शायद अब म बाच्न पाउदिन होला
आमा बाबा, यो अन्तिम समयमा
म तपाईं को नजिक किन छैन???
आमा, भन्नुस् न यस्तो किन???
केही समयमा सबै देखि टाढा जादै छु
आमा, मेरो वरिपरि यो गीलो गीलो
रातो रातो के लागेको छ??
ओहो! यो खुन रहेछ त्यो पनि मेरो मात्रै!!
म डाक्टरको आवज सुन्दैछु,
डाक्टर भन्दै छन् अब मलाई बचाउन गार्‍हो छ
म बाच्दिन रे!
के म साच्चै बाच्दिन त आमा???
मेरो विस्वास गर्नुस् आमा
हजुरको कसम खाएर भन्छु
मैले पिएको होइन
मैैैले अर्को गाडी चलाउने लाई
चिनेको छु।
त्यो पनि त्यही पार्टी मा थियो
अनि खुब नशा पिउदै थियोे,
आमा, उनिहरु किन पिउछन्?
अनि मान्छेको जिन्दगी संग खेल्छन्,                     उफ! आमा, मलाई धेरै पीडा हुँदै छ
मानौ कि कसैले मेरो शरीरलाई टुक्राटुक्रा पार्दै
छुरिले रेट्दै छ।
जसले मलाई ठक्कर मार्यो
त्यो आफ्नो घर गयो
अनि म यहाँ आफ्नो अन्तिम सास फेेेेेर्दै छु।
अब तपाई नै भन्नुस्
आमा, के यो ठिक भयो ???
घरमा दिदी लाई नरुनु भन्नू
बाबा लाई समालिन भन्नू
मलाई थाहा छ कि तपाई हरु मलाई
कति माया गर्नु हुन्छ र चाहानु हुन्छ भनेर।
बाबा ,दिदी,अनि मेरी आमा
मलाई सधै भन्नू हुन्थ्यो गाडी
बिस्तारै चलाउनु भनेर
बाबा, मेरो विस्वास गर्नु मेरो कुनै गल्ती छैन
अब म बोल्न पनि नसक्ने
भएँँ, आमा कति दुख्यो ऐया…
सास लिन गार्‍हो हुदै छ
आमा बाबा तपाई मेरो नजिक
किन हुनुहुन्न??
लौन ! आमा,
शायद मेरो अन्तिम समय आयो
यो के हुदै छ
आँखा वरिपरि अधेरो भाको छ
आमा मलाई धेरै डर लागेको छ,
मेरो दिदी अब बाबा आमा को ख्याल गर्नु है
बाबा आमा लाई रुन नदिनु
म तपाई हरु को मुटुमा नजिकै हुने छु
आमा, म जाँदै छु
तर जाने बेलामा एउटा प्रश्न सोध्छु
यी मान्छे हरु किन नशा पिएर गाडी
चलाउछन्????
यदि आज उसले नपिएको भए
म जिउदै हुने थिए आफ्नो घर परिवार संग
हुने थिएँ……..
-ममता अर्याल “लै लै”


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम

जैमिनीका बाढि प्रभावित दश परिवारलाइ आर्थिक सहयोग

दसैँमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने

तपाईं हामी पुरूषलाई बलत्कारी बन्न के ले उत्प्रेरित गरिरहेको छ ?

जेलहरूमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च

पाण्डबखानीमा पहिलोपटक खनिज पदार्थ सम्भाव्यता अध्ययन शुरु

पुर्वीया दर्शनमा आधारित अर्थ नितिमा नेपाल चले समृद्धिको गन्तव्य टाढा छैन

चलचित्र बुकि निर्माण पछिको आम्दानी जिल्लाको पर्यटन पूर्वाधारमा खर्च गरिने

दलित हिनताबोध हुने शब्द होइन ब्राह्मणवाद विरुद्धको क्रान्ति उद्घोष हो

मिशन नेपाल राष्ट्र निर्माण अभियानको मुगु जिल्ला सयोजकमा हिक्मत शाही क्षितिज