बिकास निर्माणका नाममा कुशवाहाले गरे भ्रष्टाचार / सडक ढलान गर्दा कमसल ग्राभेल माटोको प्रयोग “भिडियो सहित”

प्रकाशित मिति: १ आश्विन २०७७, बिहीबार

जननीनेपाल सम्बाददाता रौतहट,
स्थानीय जनप्रतिनिधिहरुले आफ्नै वडामा स्थानीयबासिहरुकै सामुन्ने आर्थिक हिनामिना र अनियमितता गर्छन भन्ने कुरा कतिपयलाई बिश्वास नलाग्नसक्छ । तर आफुले भोट दिएर जिताएको जनप्रतिनिधिले बिकासको नाममा चरम भ्रष्टाचार गरेपछि रौतहटका स्थानीयवासीहरु आफ्नै वडाध्यक्षको बिरोधमा उत्रिएका छन । त्यतिमात्रै होइन, वडाध्यक्ष कुशवाहाले गरेको कर्तुतको बारेमा स्थानीयले खुलेर आवाज उठाएका छन ।
रौतहट जिल्लाको बौधीमाई नगरपालिका वडा नं.७ का वडाध्यक्ष बिजय कुशवाहाले आफ्नै वडामा बिकास निर्माणका काम मनोमानी ढङ्गले गरेको रहस्य खुलेको छ र उक्त कार्यबाट स्थानीयहरु रुष्ट बनेका छन ।

वडाध्यक्ष कुशवाहाले वडाको बिकाशको नाममा आफ्नो मनपरेको मान्छेलाई ठेक्का दिई ठेकेदारको मिलेमतोमा भ्रस्टाचार गरेका छन । उनले सडक ढलान गर्ने क्रममा सडक ग्राभेल गर्दा प्रयोग गरिने ग्राभेल माटो प्रयोग गरि ढलान गराएका छन। तर उनले गराएको कामको फर्च्योट भयो भन्दै नगरपालिका बाट भुक्तानी लिएका छन । जसको वास्तविक प्रमाण भिडियोमा प्रष्ट देख्न सकिन्छ । सडक निर्माणका बेला स्थानीहरुयले पटक पटक यसो नगर्न सचेत गराउंदा समेत उनले स्थानीयहरुलाई धम्की दिंदै आफुले नगरपालिकाकै मापदण्ड अनुसारको काम गरेको भन्दै हपारेको स्थानीयबासी बताउछन । वडाध्यक्ष कुशवाहाले सडक निर्माणका बखत नगरपालिका तथा सडक बिभाग बाट अनुगमन गर्न आएका ब्यक्तिहरुलाई समेत आफ्नो अधिनमा राखी ठुलो भ्रष्टाचार गरेको स्थानीयबासिहरु गुनासो पोख्छन । यसतर्फ संबंधित निकायले ध्यान नदिने हो भने भ्रष्टाचारले अझै झाङ्गिने मौका पाउनेछ। तेसैले सम्बन्धित निकायको ध्यान जानू जरुरी छ। कृपया भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला 👇️

Posted by Jananinepal.com on Thursday, September 17, 2020

 


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम

जैमिनीका बाढि प्रभावित दश परिवारलाइ आर्थिक सहयोग

दसैँमा सहरबाट गाउँ जानेले संक्रमण फैलाउने

तपाईं हामी पुरूषलाई बलत्कारी बन्न के ले उत्प्रेरित गरिरहेको छ ?

जेलहरूमा कोरोना भाइरस संक्रमणको जोखिम उच्च

पाण्डबखानीमा पहिलोपटक खनिज पदार्थ सम्भाव्यता अध्ययन शुरु

पुर्वीया दर्शनमा आधारित अर्थ नितिमा नेपाल चले समृद्धिको गन्तव्य टाढा छैन

चलचित्र बुकि निर्माण पछिको आम्दानी जिल्लाको पर्यटन पूर्वाधारमा खर्च गरिने

दलित हिनताबोध हुने शब्द होइन ब्राह्मणवाद विरुद्धको क्रान्ति उद्घोष हो

मिशन नेपाल राष्ट्र निर्माण अभियानको मुगु जिल्ला सयोजकमा हिक्मत शाही क्षितिज