प्याजमा कालोबजारी सुरु

प्रकाशित मिति: ३१ भाद्र २०७७, बुधबार

भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको दोस्रो दिनमै व्यापारीले प्याजमा कालोबजारी सुरु गरेका छन् । सोमबारसम्म निरन्तर भारतबाट आइरहेको प्याज मंगलबार एक दिन मात्र नआउँदा व्यापारीले प्याजमा उपभोक्ताबाट मनपरी मूल्य लिई कालोबजारी गर्न थालेका छन् ।

सोमबार मात्र खुद्रा बजारमा प्रतिकेजी ५० देखि ६० रुपैयाँमा सहज रुपमा पाइने प्याज रातारात मूल्य बढाएर प्रतिकेजी ९० देखि १ सय रुपैयाँ लिन थालेका छन् । उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाले सरकारसँग बजारमा आलु, प्याजलगायतका बस्तुको भण्डारण नहुँदा व्यापारीले फाइदा लिएको बताए ।
राजधानी दैनिक


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालको संक्रमण दर भारतमा भन्दा दोब्बर

कोरोना परीक्षणका नाममा मनपरी शुल्क

कोरोना भाइरस विरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

लोक सेवा आयोगको रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक

पिसिआर परीक्षण बोझ बन्दै

दुश्मनीका कारण तिवारी दम्पती माथी हतियार प्रहार / श्रीमतीको मृत्यु श्रीमान गम्भीर घाइते

एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि १० वर्षसम्म कैद र ५ लाखसम्म जरिमाना

काठमान्डौको झल्को दिने गरी हेटौडामा टुटल रेष्ट्रो संचालनमा

बोबाङका बाढी पीडित नागरिकलाई गलकोट समाज जापानको २८ लाख सहयोग