जननी नेपालको पहलमा ढोरपाटनका बाढी पिडितलाई आर्थिक सहयोग

प्रकाशित मिति: ३० भाद्र २०७७, मंगलवार

गत भाद्र १७ गते राति ढोरपाटन नगरपालिका अन्तर्गत वडा न. ९ भुजीखोलामा आएको बाढी पिडितलाई जननी नेपालको पहलमा आर्थिक सहयोग प्रदान गरिएको छ l जननी नेपालको तर्फ बाट चर्चित गायक तथा संगीतकार थानेश्वर गौतम र चर्चित समाजसेवी तथा कलाकार लक्ष्मण श्रीले उक्त रकम (रु ५५००० )
ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीलाई हस्तान्तरण गर्नु भएको हो l जननी नेपालको पहलमा स्वदेश तथा विदेशमा रहनु हुने नेपाली दाजुभाईले ढोरपाटनबासीको पिडामा मल्हम लगाउन सहयोग प्रदान गर्नुभएको थियो l ढोरपाटनलाई दुख पर्दा आफुहरु पनि दुखि भएको भन्दै आफु हरु पनि साथमा रहेको गायक थानेश्वर गौतमले बताउनु भयो l आफ्नो जिल्लामा पिडा पर्दा हातमा हात मिलाउन र बाढि प्रभावित क्षेत्र अवलोकन गर्न आफु हरु उपस्थित भएको समाजसेवी तथा कलाकार लक्ष्मण श्रीले बताउनु भयो l
नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनको देउराली नजिक पहाड खसेर थुनिएको भुजीखोला केही घण्टापछि फुट्दा आएको बाढीमा परी २२ जनाको ज्यान गएको छ भने १६ जना बेपत्ता छन् । बाढीले ८० घर पूर्ण रूपमा बगाएको छ भने ३० घरमा आंशिक क्षति पुगेको छ ।
जननी नेपालको अभियानमा सहयोग गर्ने दाजु भाइहरुको नाम निम्न अनुसार रहेको छ –
लक्ष्मण श्री
हरि लाल शर्मा (गल्कोटे कवि हाल अमेरिका)
थानेश्वर गौतम
बलराम गौतम (हाल पर्थ,अस्ट्रेलिया)
बिमल राज कंडेल
डा.प्रनिल राई
जगदीश कुमार श्रेष्ठ
छबि भट्टराई
ऋषिकेस अर्याल
रेवती रमण अधिकारी
सन्तोष सापकोटा
निर्मल क्षेत्री
लाली बुढाथोकी
धिरज भट्टराई (हाल जापान)
कर्ण केसी गौतम
अमु खत्री


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालको संक्रमण दर भारतमा भन्दा दोब्बर

कोरोना परीक्षणका नाममा मनपरी शुल्क

कोरोना भाइरस विरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

लोक सेवा आयोगको रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक

पिसिआर परीक्षण बोझ बन्दै

दुश्मनीका कारण तिवारी दम्पती माथी हतियार प्रहार / श्रीमतीको मृत्यु श्रीमान गम्भीर घाइते

एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि १० वर्षसम्म कैद र ५ लाखसम्म जरिमाना

काठमान्डौको झल्को दिने गरी हेटौडामा टुटल रेष्ट्रो संचालनमा

बोबाङका बाढी पीडित नागरिकलाई गलकोट समाज जापानको २८ लाख सहयोग