सरकार भोक नलाग्ने औषधि देउ मलाई

प्रकाशित मिति: २१ भाद्र २०७७, आईतवार

सम्माननिय प्रधानमन्त्री ज्यु,
सम्माननिय प्रधानमन्त्री केपि शर्मा ज्यु, हजुर गणतन्त्र नेपालको छैटौ प्रधानमन्त्री हुनुहुन्छ र ३करोड नेपालिको भारोसा गरेको प्रधानमन्त्री र आशाका ढुक्ढुकि पनि हुन त हजुर हाम्रो देशको अतिनै जिम्मेवार व्यक्ति हुनुहुन्छ। अझ भन्नेनै हो भने त सिङ्गो देशको नै प्रधानमन्त्री हुनुहुन्छ र नेकपा को अध्याक्ष पनि हुन त हजुरलाई कुर्सिको लडाइँ चलिरहेका बेला मेरा यस्ता कुरा सुन्ने फुर्सद नै कहाँ होला र तर पनि मेरो यो कुरा सुनिदिनु हुन्छ भन्ने आशावादि छु।

नेपाल अधिराज्यको रोजगारिको उदगम बिन्दु काठमाडौ हो । यहाँ हरेक जिल्लाका मानिसहरु जिविकोपार्जनको लागि रोजगारिको शिलशिलामा आउने गर्दछन। भौगोलिक दृष्टिले सानो भए पनि जेला मजदुरि गर्नेहरुका लागि र व्यापार व्यायसायिक हिसाबले अतिनै उत्तम मानिन्छ। हाम्रो देश गरिब राष्ट्र भएको हुनाले धेरै मानिसहरु जेला मजदुरिमा निरभर छन। यति बेला विश्व महामारि कोरोना भाईरस तथा कोभिडले विश्व नै त्रसित अबस्थामा रहेको छ । कोरोना भाईरस वा कोभिडले नेपालमा पनि धेरै नै सङ्क्रमित भएका छन भने कतिले त ज्यान गुमाई सकेका छन। हाल नेपालमा सङ्क्रमितको सङ्ख्या पुग्याको छ भने  ज्यान गुमाई सके रले कोरोना भाईरसलाई जितेर घर समेत फर्किएका छन यो त भयो कोरोनाको त्रास र संक्रमीतको संख्या अनि संक्रमणबाट मृत्यु हुनेको संख्या।

कोरोनाको त्रासले सबैलाई गाँजेको छ । नेपालमा कोरोना सङ्क्रमण दर दिन दिनै बढ्दै गएको छ । देशका अन्य भागसँगै राजधानी काठमाडौँमा सङ्क्रमणको दर उच्च हुुँदै गएको हो । सङ्क्रमण रोक्न राजधानी उपत्यका लगायत देशका धेरै भागमा निषेधाज्ञा जारी गरिए पनि सङ्क्रमण दर नियन्त्रण हुन सकेको छैन ।

कोरोना आफैमा यति धेरै शक्तिशली छैनकी घर भित्र सुरक्षित बस्ने, भौतिक दुरी कायम राख्ने, मास्कको प्रयोग गर्ने र सरसफाई गर्ने ब्यक्तिलाई कोरोनाले छुन सक्दैन र संक्रमण भैहालेमा पनि आईसोलेसनमा बसेर स्वस्थ खानपान र जिवनशैली अपनाएमा कोरोनाको संक्रमण जित्न सकिन्छ । तर पहिल्यै बिभिन्न समस्या भएका बिरामी वृद्ध तथा बालबालिकालाई भने यसको संक्रमणले मृत्युको मुखमा समेत पुराउन सक्छ । तर कोरोनाको त्रासमा सरकारले गरेको निशेधाज्ञा कोरोना संक्रमण नियन्त्रण गर्नको लागी राम्रो रणनिती हो तर निशेधाज्ञाका कारण सर्वहारा वर्गका हातमुख जोर्ने समस्यामा राज्यको संबोधन नहुनुमा लज्जास्पद देखिएको छ ।

भरियाहरु काम नपाएपछी साँझ बिहानको हातमुख जोर्ने समस्याले उनिहरुलाई सताईरहेको छ। बीश्व महामारि कोरोना भाईरस नियान्त्रण गर्नको लागि सरकारले देश व्यापि लकडाउनको घोषणा गरे सगै ज्याला मजदुरि गरेर जिविको पार्जन गर्ने परिवारहरुको लागि मरण तुल्या अबस्थामा पुर्याको छ। कतिले त अकालमा गलत बाटो रोज्न पनि विवश भएका छन। दिन भरि काम गरेर पेट पल्ने हरुका लागि पहिलो चरणको ३ महिना लामो समय सम्म लकडाउन हुदा न सरकारि तबर बाट, न निजि न सङ्घ सस्था बाट पनि केही सहयोग भएन। पहिलो चरणको लामो समय लकडाउनमा निकैनै कष्टकर जेनतेन गुजरा चलाएर बाच्न सफल भएर पलाएका ती आसाका तेन्द्रो टुट्न थालेका छन। राज्यले फेरि पनि एक्कासि दोस्रो चरणको बन्द गर्नु भन्दा पहिला जेला मजदुरि गरेर खानेहरुका लागि राहातको व्यबस्था गरेर मात्रै बन्द गर्नु पर्ने बेलामा राज्यले बल र लौरोको भरमा दमन गरिराखेको छ। यो कुराको पनि याद रहोस कि सरकार एउटा लौरो र बलको भरले गरेको दमन धेरै दिन टिक्दैन वाह प्रधानमन्त्री ज्यु यहि हो तपाईहरुले भनेको गणतन्त्र, लोकतन्त्र। यो दमन देख्दा त तपाईहरुलाई प्रश्न गर्न मन लाग्छ कि कतै राणा शासन तै होइन हामीलाई यो वर्ष विकासको नाममा अरु केही पनि चाहिदैन तर सडकमा रहेका बालबालिका जेलामजदुरि गरेर खानेहरुलाई विशेष राहतको व्यावस्था गर र सम्पूर्ण आम नागरिकलाई निशुल्क कोरोना चेकजाच गर सरकार।

कोरोना राहत कोषमा करौडौ रुपैयाँ पैसा आएको छ भन्ने हामिले रेडियो टेलिभिजन पत्रपत्रिकामा सुन्ने देख्ने गरेका छौ तर त्यो रकम खै कहाँ छ सरकाररुरु यो बन्द गर्नु भन्दा पहिला हजुरले एक पटक पनि सोच्नु भएन मेरा जनताहरु कुन अवस्थामा छन भनेर हुन त तपाईंहरु जस्तो कुर्सीको लोभ भएकालाई हामी मजदुरि गरेर खानेहरुका लागि सोच्ने फुर्सदनै कहाँ छ होला र हैन प्रधानमन्त्री ज्यु तपाईहरु जनताको नेता होईन रहेछ कुर्सीको नेता हुनुहुदो रहेछ यदि जनताको नेता हुनुहुन्थ्यो भने पक्कै पनि हाम्रो समस्या बुज्नु हुन्थो होला।

हाम्रो देशमा पनि लोकतन्त्र, गणतन्त्र आयो भन्दा हामिलाई धेरैनै हर्षले भित्र भित्रै गदगद भएका थियौ। तर त्यो हाम्रो भ्रम मात्र रहेछ। लोकतन्त्र गणतन्त्र नेताका छोराछोरिलाई आयो तर हाम्रो लागि कहिलै पनि आएन। हाम्रो लागि पनि आउँछ भन्दा भन्दै आशाका सपनाहरु आखामानै हराएर गए। हाम्रो देश नेपालका नेताहरूले हिजोका दिनमा जनता सामु खाएका वाचा कसम योजनाका कुराहरु यति छिट्टै भुल्छन होला भन्ने त कल्पना सम्म पनि गरेको थिइन मैले। हिजो ती गरेका कुरा हरु आज सब माटोमा बिलाएर गए।

यहाँ हुने खाने मानवता हराएकाहरु धर्म कमाउनको लागि रहरले खाना नखाई व्रत बस्छन। तिनिहरु भने बाध्याताले खालि पेट पटुका कसेर बस्नु परेको छ कसैलाई रहर त कसैलाई बाध्याता। यदि एक छाक चामलको भात नखाएर धर्म कमाउने भएको भए तिनिहरुले सात पुस्तालाई पुग्ने धर्म कमाई सकेका छन। एक हप्ता बन्द भनेर ३ महिना सम्म बन्द गरिरहदा हामिलाई पनि १ दिन खाएर ३ महिना सम्म भोक नलाग्ने चामल बनाउ सरकार। यहाँ रोग ले होइन भोकले मोर्ने डर भएको छ।

अन्तमा, हेर सरकार सुन को थालिमा चादिको चम्चाले खाने तिम्रो अघाएको पेट ले मेरो भोक बुझ्न सक्दैन। भोक के हो मेरो पेटलाइ सोध वाध्यता के हो मलाई सोध म अघाउन हैन बाच्न लाई खान चाहन्छु।स्वादका लागि हैन गाँस का लागि तड्पिरहेको छु । रोगको हैन सरकार भोक नलाग्ने औषधि देउ मलाइ।

दिपक देबकोटा
अजिरकोट गाउपालिका-५ गोरखा
(हाल बनस्थलि ढुङ्गेधारा)


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्षले अर्का सग अध्यक्ष प्रचण्डले ‘माफी माग्नुपर्ने’

हेटौंडामा पनि “राजा आउ,देश बचाउ” को नारा लगाउँदै शक्ति प्रदर्शन

बाग्लुङ गल्कोट बाट उडेको हेलिकप्टर दुर्घटना यात्रुको अवस्था सामान्य

गल्कोटबाट उडेको हेलिकप्टर दुर्घटना यात्रुको अवस्था सामान्य

नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकाल विजयी

पदमपोखरीमा विभिन्न पार्टी परित्याग गरी ४ सय २५ जना कांग्रेसमा प्रवेश

बिनोद भण्डारीको निर्देशनमा खेम सेन्चुरी र कमला पोख्रेलले गायको ‘बाटो बिरिन्छ’ चर्चामा..

खुमन अधिकारी र मिनु बि.सी.को माया जोख्ने तराजु सार्वजनिक…

राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन मा बिवेक

उसको सोचाईले मेरो भाग्यको निर्धाराण गर्छ