त्रिशूली वाङ्मय प्रतिष्ठानले कोरोना र कविता नामक भर्चुअल कवि गोष्ठी गर्ने

प्रकाशित मिति: १४ भाद्र २०७७, आईतवार

त्रिशूली वाङ्मय प्रतिष्ठानले कोरोनाले ग्रसित वर्तमान अवस्थालाई मध्यनजर गर्दै कोरोना र कविता नामक भर्चुअल कवि गोष्ठी गर्ने भएको छ । देश विदेशमा रहेका नुवाकोटेली साहित्यकारहरुलाई समेटेर अनलाइन मार्फत भर्चुअल कवि गोष्ठी गर्न लागेको प्रतिष्ठानका अध्यक्ष तथा कवि आर.एम् डङ्गोलले जानकारी दिनु भयो । डङ्गोलले बताउनु भए अनुसार भर्चुअल कवि गोष्ठीमा नुवाकोटमा जन्मेर देश तथा विदेशमा रहेका सर्जकहरुले कोरोनको कहरमा आफूले भोगेको अनुभूति र आफ्ना सिर्जनाहरु प्रस्तुत गर्ने छन् । यो हामीले सुरुवात गरेका छौँ । नुवाकोटेली साहित्यकारहरुबाटै सुरु गर्नुको कारण प्रस्ट्याउँदै प्रतिष्ठानका सदस्य एवम् नाटककार पुरु लम्सालले भन्नु भयो, त्रिशूली वाङ्मय प्रतिष्ठान मूलतः नुवाकोटेली साहित्यकारहरुको संस्था हो । हामीले पहिलोपटक छरिएर रहेका नुवाकोटेली स्रष्ठाहरुलाई एकठाउँमा उभ्याउने प्रयास गरेका हौँ । प्रतिष्ठानले हरेक बर्ष घटस्थापनाको दिन शारदीय कविता उत्सव गर्दै आइरहेको जानकारी दिँदै प्रतिष्ठानका उपाध्यक्ष एवम् नियात्राकार राजेन्द्रमान डङ्गोलले भन्नु भयो, यो विषम परिस्थितिमा विश्वका बिभिन्न देशमा रहेर सिर्जना गरिरहेका नुवाकोटेली सर्जकहरुलाइ प्रविधी मार्फत जोड््ने प्रयास गरिएको हो । यो पटक हामीले अमेरीका, डेनमार्क, जापान, अस्ट्रेलीया, कोरिया, भारत, नेपाल लगायत देशमा रहेर सिर्जना गरिरहेका लेखकहरुलाई समेटेका छौँ । यो कार्यक्रलाई हामी निरन्तरता दिने छौँ । पर्यटनकालागि साहित्य भन्ने मूल नाराका साथ २०६६ सालमा स्थापना भएको प्रतिष्ठानले हरेक बर्ष बिभिन्न संध संस्थाहरुसँगको सहकार्यमा साहित्य यात्राहरु सञ्चालन गर्दै आइ रहेकोछ भने बिभिन्न किसिमका साहित्यिक गतिविधीहरु पनि गर्दै आइरहेको छ भने अर्धवार्षिक रुपमा साहित्यिक पत्रिका त्रिशूली त्रिवेणी प्रकाशन पनि गर्दै आइरहेको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालको संक्रमण दर भारतमा भन्दा दोब्बर

कोरोना परीक्षणका नाममा मनपरी शुल्क

कोरोना भाइरस विरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

लोक सेवा आयोगको रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक

पिसिआर परीक्षण बोझ बन्दै

दुश्मनीका कारण तिवारी दम्पती माथी हतियार प्रहार / श्रीमतीको मृत्यु श्रीमान गम्भीर घाइते

एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि १० वर्षसम्म कैद र ५ लाखसम्म जरिमाना

काठमान्डौको झल्को दिने गरी हेटौडामा टुटल रेष्ट्रो संचालनमा

बोबाङका बाढी पीडित नागरिकलाई गलकोट समाज जापानको २८ लाख सहयोग