दिलिप कडेँलको सहयोगमा गरिब तथा निम्न वर्गका किसानहरुलाई बाख्रा बितरण…

प्रकाशित मिति: १० भाद्र २०७७, बुधबार

बागलुङ जिल्लाको गल्कोट नगरपालिका – वडा नं. २ तोरीखोलामा मंगलबार बिपन्न गरिब तथा निम्न वर्गका किसानहरुमा बाख्रा बितरण कार्यक्रम सम्पन्न गरिएको छ।
गल्कोट नगरपालीका वडा नं.- २ तोरीखोला (लामदारा) स्थाई घर भई हाल जापानमा कार्यरत दिलिप कडेँलको आफ्नो ब्यक्तिगत लगानीमा समुदायका दश घरधुरीका किसानहरुमा आफ्नो आए आर्जनमा टेवा पुगोस भन्ने उद्देश्यले गल्कोट नगरपालिका वडा नं.२ तोरीखोलाका किसानहरु..तेज बहादुर काला, ज्ञानी छन्त्याल,मन कुमारी घर्ती, दल सिङ घर्ती, ईन्द बहादुर राना, टेक बहादुर घर्ती, कमला पुन, मिठु सुनार, मनिलाल पुन, दुर्गा पुन गरि १० घरधुरीका किसानहरुलाई  ५० हजारको  १/१ वटा जमुनापारी जातको बाख्रा बितरण गरिएको हो ।
बाख्रा वितरण गर्दै गलकोट नगरपालिका वडा नं २ का वडा अध्यक्ष हिम बहादुर भण्डारीले किसानलाई आय आर्जन सँग जोड्न र किसानहरुको स्तर उन्नतिमा टेवा पुग्ने बताउनुभएको छ भने वाख्रा पालन कार्यक्रम प्रभावकारी भएको छ वा छैन भनेर समेत वडाले अनुगमन गर्ने बताइएको छ ।
कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर २ का वडा सदस्य घनश्याम कुवरले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम गलकोट न.पा. वडा नं. २ का वडा अध्यक्ष हिम वहादुर भण्डारीको अध्यक्षता तथा वडा सदस्य भक्त वहादुर काला घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालको संक्रमण दर भारतमा भन्दा दोब्बर

कोरोना परीक्षणका नाममा मनपरी शुल्क

कोरोना भाइरस विरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

लोक सेवा आयोगको रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक

पिसिआर परीक्षण बोझ बन्दै

दुश्मनीका कारण तिवारी दम्पती माथी हतियार प्रहार / श्रीमतीको मृत्यु श्रीमान गम्भीर घाइते

एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि १० वर्षसम्म कैद र ५ लाखसम्म जरिमाना

काठमान्डौको झल्को दिने गरी हेटौडामा टुटल रेष्ट्रो संचालनमा

बोबाङका बाढी पीडित नागरिकलाई गलकोट समाज जापानको २८ लाख सहयोग