प्रधानमन्त्रीलाई उहाकै कार्यकर्ता ले लेखे पत्र / जनता रुवायर आफू खुसी नहुनुहोस

प्रकाशित मिति: २५ श्रावण २०७७, आईतवार

सम्माननिय प्रधानमन्त्री ज्यु,
सम्माननिय प्रधानमन्त्री केपि शर्मा ज्यु हुन त हजुर हाम्राे देशकाे अतिनै जिम्मेवार व्यक्ति हुनुहुन्छ। अझ भन्नेनै हाे भने त सिङ्गो देशकाे नै प्रधानमन्त्री हुनुहुन्छ र नेकपा काे अध्यक्ष पनि। हजुरले मन्दिर बनाउने कुरा सुन्दा गलत भन्नू भयाे भन्न खाेजेकाे चाहिँ पटक्कै हाेइन र बिराेध गर्न खाेजेकाे पनि हाेईन हजुरकाे पदलाई म एउटा नेकपाकाे कार्यकर्ता भएकाे हुनाले हजुरकाे पदलाई सम्मान पनि गर्दछु। तर यति बेला काेराेना भाईरस वा काेभिड- १९ ले विश्व लगाएत हाम्राे देश पनि त्रसित अवस्थामा छ। काेराेना भाईरस ले हाम्राे देशमा २२ हजार भन्दा धेरै सङक्रमित छन भने ६० भन्दा धेरैले ज्यान गुमाउनु परेकाे छ। लामाे समयकाे लकडाउनले धेरै मजदुरले आफ्नो राेजगारि गुमाउनु परेकाे समाचार पनि ताजै छ।

अर्काे कुरा सम्मानिय प्रधानमन्त्री ज्यु यति बेला बर्खाकाे समयमा हाम्राे देशका अधिकांस पहाडि जिल्ला लगाएत तराईका जिल्लाहरु डुबान तथा पहिराे गएर कयाैं मानिसहरु घर बिहिन भएका छन। बर्खा काे समयमा मुसलधारे पानिकाे सामना गर्दै खुल्ला आकश मुनि बस्न विवश छन। जुन गरिबकाे भाेटले हजुरहरु बिल्डिङमा आउरेबाउरे भरौटेकासाथ घुम्ने कुर्सिमा बसि रहनु भएकाे छ भने तपाईंहरुलाई भाेट गरेर जिताउने जनता आज एउटा रुखकाे छाहरिमा बस्नु परेकाे छ।
वाह… प्रधान मन्त्री ज्यु हजुर देशकाे जिम्मेवार व्यक्ति भएर यति बेला मन्दिर भन्दा बिरामीकाे लागि हस्पिटल र बाडि पिडितकाे लागि घर बनाउने कुरा एक पटक पनि साेच्नु भएन…?
हाम्राे देशमा राउटेहरु बर्षाै देखि नाङ्गै भाेकै जङ्गलकाे कन्दमुल खाएर ओडारमुनि बस्न बिबश छन प्रधानमन्त्री ज्यु । तिनी राउटेहरुलाई मन्दिर हाेइन यतिबेला एउटा सानाे झुपडि घरकाे आवश्यक छ । तिनिहरु पनि एउटा नेपाली जनता नै हुन ।
याे वर्षा यामकाे समयमा देशका बिभिन्न पहाडि जिल्लाहरुमा पहिराेकाे कारण माेटर बाटाे अबरुद्ध हुदा त्याहाका जनताहरु खान नपाएर भाेकमरिकाे चपेटामा परि राखेका छन तिनिहरुलाई यतिबेला मन्दिरकाे हाेईन माेटर बाटाेकाे आवश्यकता छ।
हाम्राे नेपालिमा एउटा उखान छ नि “काम कुराे एका तिर कुम्लाे बाेकि ठिमी तिर” सायद यस्तै भएर भनेकाे हाेला नि है।

दिपक देबकाेटा
बनस्थलि ढुङ्गेधारा


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालको संक्रमण दर भारतमा भन्दा दोब्बर

कोरोना परीक्षणका नाममा मनपरी शुल्क

कोरोना भाइरस विरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

लोक सेवा आयोगको रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक

पिसिआर परीक्षण बोझ बन्दै

दुश्मनीका कारण तिवारी दम्पती माथी हतियार प्रहार / श्रीमतीको मृत्यु श्रीमान गम्भीर घाइते

एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि १० वर्षसम्म कैद र ५ लाखसम्म जरिमाना

काठमान्डौको झल्को दिने गरी हेटौडामा टुटल रेष्ट्रो संचालनमा

बोबाङका बाढी पीडित नागरिकलाई गलकोट समाज जापानको २८ लाख सहयोग