जनसम्पर्कका सुरक्षाकर्मी कोरोनाबाट बढी प्रभावित

प्रकाशित मिति: २३ श्रावण २०७७, शुक्रबार

नेपाल–भारत सीमा सुरक्षाअन्तर्गत इलामको पशुुपति नाकामा खटिएका सशस्त्र प्रहरी कर्मचारीमा खोकी र ज्वरोको लक्षण देखापरेपछि ‘पीसीआर’ परीक्षण गर्दा पाँच जनामा कोरोना सङ्क्रमण देखा प¥यो । त्यसको केही दिनपछि इलामस्थित गणमा कार्यरत अन्य कर्मचारीको पीसीआर गर्दा ४७ मा र बिहीबार थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

सशस्त्र प्रहरी प्रवक्ता राजु अर्यालका अनुसार सीमा नाकाबाट आवतजावत गर्नेबाट कोरोना सरेको अनुमान गरिएको छ । विशेष गरी ‘बन्दाबन्दी’ हटेपछि सीमा नाकामा नेपाली तथा भारतीय नागरिकको ओहोरदोहोर बाक्लो भएका कारण सुरक्षामा खटिएका कर्मचारीमा कोरोना सङ्क्रमण बढेको दाबी उहाँले गर्नुभयो । सुरक्षाकर्मीमा कोरोना फैलिनुमा नागरिकसंँगको प्रत्यक्ष सम्पर्क मुख्य कारण भएको बताइएको छ । त्यस्तै नेपाल प्रहरीको नक्सालस्थित प्रधान कार्यालयमा कार्यरत ८५ सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । नागरिकको शान्तिसुरक्षा, विपद् व्यवस्थापन, सञ्चार तथा सवारी महाशाखामा कार्यरत प्रहरी कर्मचारीमा सङ्क्रमण बढी देखिएको हो । मनसुन सक्रिय भएसँगै बाढी, पहिरो र डुबानलगायत विपद् व्यवस्थापन तथा उद्धारमा खटिएकाबाट प्रहरी प्रधान कार्यालयभित्र कोरोना फैलिएको अनुमान छ ।
गोरखापत्र दैनिक


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालको संक्रमण दर भारतमा भन्दा दोब्बर

कोरोना परीक्षणका नाममा मनपरी शुल्क

कोरोना भाइरस विरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

लोक सेवा आयोगको रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक

पिसिआर परीक्षण बोझ बन्दै

दुश्मनीका कारण तिवारी दम्पती माथी हतियार प्रहार / श्रीमतीको मृत्यु श्रीमान गम्भीर घाइते

एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि १० वर्षसम्म कैद र ५ लाखसम्म जरिमाना

काठमान्डौको झल्को दिने गरी हेटौडामा टुटल रेष्ट्रो संचालनमा

बोबाङका बाढी पीडित नागरिकलाई गलकोट समाज जापानको २८ लाख सहयोग