कोरोना संक्रमित भागेकाले संक्रमणको जोखिम बढ्न सक्ने

प्रकाशित मिति: २३ श्रावण २०७७, शुक्रबार

कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये केही संक्रमित भागेकाले संक्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये आठ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेको पाइएको हो । बुधबार बिहानसम्म १६ जना संक्रमित सम्पर्कबाहिर रहेकामा बिहीबार आठ जना सम्पर्कमा आएका छन् । बाँकी आठ जनाको कुनै अत्तोपत्तो छैन । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत उत्तम कोइरालाका अनुसार सम्पर्कबाहिर रहेका केही संक्रमितले सम्पर्क नम्बर नै गलत राखेका छन् । इडिसिडीले स्वाब संकलन गरेकामध्ये केहीले अपुरो सम्पर्क नम्बर दिएको जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत कोइरालाले भने, ‘केही संक्रमितलाई सम्पर्क गर्न खोज्दा मोबाइल अफ छ । सम्पर्क गर्न खोज्दा केहीको गलत नम्बर रहेछ । संक्रमितको पहिचानका लागि नम्बर ट्र्याक गर्न नेपाल टेलिकम, प्रहरीलगायतका निकायको सहयोगमा खोजिरहेका छौं ।’ संक्रमितहरू सम्पर्क बाहिर रहँदा कन्ट्याक्ट ट्रेसिङलगायतमा समस्या हुने गर्छ । जसले गर्दा संक्रमितको सम्पर्कमा आएकाहरू थप जोखिममा पर्ने चिकित्सकको भनाइ छ ।

राजधानी दैनिक


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालको संक्रमण दर भारतमा भन्दा दोब्बर

कोरोना परीक्षणका नाममा मनपरी शुल्क

कोरोना भाइरस विरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

लोक सेवा आयोगको रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक

पिसिआर परीक्षण बोझ बन्दै

दुश्मनीका कारण तिवारी दम्पती माथी हतियार प्रहार / श्रीमतीको मृत्यु श्रीमान गम्भीर घाइते

एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि १० वर्षसम्म कैद र ५ लाखसम्म जरिमाना

काठमान्डौको झल्को दिने गरी हेटौडामा टुटल रेष्ट्रो संचालनमा

बोबाङका बाढी पीडित नागरिकलाई गलकोट समाज जापानको २८ लाख सहयोग