कथा – दाेसाँध

प्रकाशित मिति: १९ श्रावण २०७७, सोमबार

मलाई साँझ मतलब, संध्याकालिन समय पटक्कै मन पर्दैन ! म सोझै उसैलाई हेरेर भनिदिन्छु ।
उ अर्थात निमी ! मेरो सामनेको अर्को चौकीमा बसेकी छ जुन चौकी मलाई खुबै मन परिरहन्छ, कलर कम्बिनेसन पनि क्या खुब पहिल्यैबाट मलाई लाग्थ्यो । तर हिज मात्रै थाहा पाएँ चौकी निमीबिना फिका रहेछ !
चौकी त्यत्तिबेला प्रिय लाग्ने रहेछ जत्तिबेला उ अथवा मनपरेको मान्छे बसिदिन्छन त्यस ठाउँमा ।
साँझ किन मन नपरेको तिम्लाई ? उ सोध्छे ।
किन ? उसको प्रश्न फेरि !
दिन र रातलाई फरक्कै छुट्याइदिने के । भनिरहेँ ।
प्राय मान्छेहरु जोढ्ने र जोडिने समय,थोक र स्थिति मन पराउँछन् । जुन केवल मानव केन्द्रित होस । हामी मान्छे साँच्चिकै स्वार्थी भएका छौँ के बिबेक ! हामी मान्छे मान्छे र मान्छेकै परिस्थिति र स्थितिहरुलाई मात्रै नि¥क्यौल गरिरहन्छौँ र निहार्दा निहार्दै यो बिर्सन्छौँ कि साँझको शुरुवात पनि बिहानीबाटै हुन्छ । बिहानीपखको चराको चिरबिराहट, शितका टलक्क टल्किने थोपाहरु, गिर्जाघरको घण्टी र भजनसँगै भएर मध्य दिनको घाम हुँदै बनेको हो साँझ । र साँझ छुट्नै लागेका थोकहरुकोलागि अप्रिय भएता पनि कसै न कसैकोलागि प्रिय छ । उ लगातार बोल्दैछे यो बेला ! म सुनिरहेछु, उसलाई सुन्नु र सुनिरहनु मेरो चाहना ! सायद आजन्म म सुनिरहन सक्छु उसलाई यसरी नै । मलाई लाग्छ
एउटा कुरा सम्झ न ! उसैले थपेकी यो पनि ! चारो खोज्न गएका भाले ढुकुर साँझ परेन यदि भने कसरी फर्केला ?
दिनैभरी हावा फर फर हल्लिनुको बाध्यता बोकेर उभिएको लुंङ्दर कहिले बिसाउला ?
बिहानको तुषारो र दिनैभरिको प्रखर घामले ढल्नै लागेको बूढो धुप्पी कहिले बिसाउला ?
साझँ खसिदिन्छ र नै त अँध्यारो खस्दै गर्दा बुढो धुप्पीहरु भोलिको दिन फेरि ठिङ्ग उभिनलाई आँट बटुल्छन् र फेरि भोली शिर ठाडो गरेर उभिन्छन् !
यसैर अरुले जे भनुन् मेरोलागि प्रिय छ यो बेला यो समय ।
अरु पनि भन न । म भन्छु ।
छैन ! मुसुक्कै हाँसेकी छे उ अहिले ।
साझँबेला तिमीबाट साँझकै कुरा सुन्नु आहा ! म भनिदिन्छु र यो मैले मनैबाट भनेको हुँ पनि सम्झिरहन्छु मलाई यस्तै कुराको लोभ लागिरहन्छ ! सायद कथाको मोह यसैलाई भनिँदो हो ।
तर यी कुराहरु क्षणिक हुन् मलाई थाहा छ ।
क्षणिक कुराहरु किन यत्तिका प्रिय लाग्छ्न हँ निमी ? म सोधी पठाउँछु ।
जस्तो कि ? उ सोध्छे ।
साँझ । म बंग्याएर उत्तर दिन्छु यो बेला ।
अब मन पर्न थाल्यो तिमीलाई ? उसले सोधेकी ।
पहिल्यैबाट ! दोहोरो उत्तर मेरो ।
हेर्नू त्याँ ! उ भन्छे । अघि मन पर्दैन भनेर ।
वास्तवमा मैले भन्न चाहेको कुरो अर्कै हो भन्ने कुरा उसले बुझोस् म चाहन्थे !
अनि हिजाज के गर्दौछौ ? भेट्नै गारो भैसक्यो नि । म भन्छु
ए सुन न म आजबाट उपन्यास लेख्दैछु नि ! म अब हरेक साँझ ब्यस्त हुन्छुहोला । उसको उत्तरमा मेरो मुखबाट वाउ निस्किएको थियो ।
उ ब्यस्त हुने भई,कताकता मन पिरोलिएको पनि छ ।
उसलाई भेट्नु, भेट्नु चाहनु,उसलाई सुन्नु,सुन्न चाहनु सब किन ? म आँफैलाई प्रश्न गरिरहन्छु ।
एउटा बेनाम सम्बन्ध बनिएको छ हामीबिच ।
नलागेको कहाँ हो र कि ! यो सम्बन्धलाई कुनै नामकरण गरिदिँउ ! तर अँह सकिएन या चाहिन मैले अहिलेसम्म बुझ्न सकेको छैन मैले ।
त्यसपछि साँझ आयो र दिन पनि सँगै रातपनी तर त्यस्तै त्यस्तै साँझ कहिल्यै आएन जीवनमा ।
आम्मामा….. मध्यरातमा किताब हेरेरै हुरुक्कै हुँदै छ त हौ मान्छेहरु त ! बहिनीले कटाक्ष गर्दै थिइ मतिर हेर्दै यत्तिबेला । रातीको एघार बज्नै लागेको छ म सुत्नअघि उसैको किताब हातमा लिएर समर्पणको हरफ पढ्दैथिएँ ।
“माया गरिदिने हरुलाई “लेखिएकोमा म आफ्नो नाम घुसाँउदै थिएँ यसबेला ।
उत्तापटि अर्को कोठामा हप्तै पिछि डायोलाइसिस गरिरहन पर्ने बाबा ख्वाक ख्वाक खोक्दैछन् ।
ओइ भोमिटिङ हुन्छ होला बाबालाई दबाइ दे ल ! म भन्छु र उसैलाई सम्झन्छु Demporodine दिनु नि उसैले सिकाएकी थिइ ।
म फर्किए ल ! आज धेरै दिनपछि उसैले खबर गरेकी थिइ फोनमार्फत ।
सुनेर कत्ती खुशी थिए म ।
भोलि भेटौ ल ! प्रस्ताव मेरो ।
कहाँ ?
संधैको ठाउँ । म भन्दिन्छु ।
ए म र मेरो साथी आउँछौँ ल । उसैले थपेकी ।
नाइ एक्लै आउ भन्नै सकिन ।
साझ त्यही बेञ्च र म पर्खाइ उसैको ।
परिवर्तित उ ! दुब्ली पातली नमज्जाको रोगी न रोगी ।
के भयौ हँ तिमी ? म सोध्छु
बिरामी छु म ! एकचोटि सोध्न सम्म जरुरी लागेन है तिमीलाई ? उ भन्दै थिइ ।
तर तिमीलाई सम्झिरहेँ । म भन्दैछु सफाय जस्तै गरि ।
सम्झिनु मात्रै काफी होइन बिबेक ! सोधखोज गर्नु पनि जरुरी हो ! मलाई सहाराको जरुरत थियो सम्झनाको होइन ! भन्दैगर्दा उसको साथी हातमा कुनि के के फलफुल बोकेर उभिएको पाएँ ।
उसैको साहारा र साथले मात्रै म बाँचेको हो बिबेक । परिचय यसरी दिइ
म उसलाई हेरिरहन बाहेक केही भन्नै नसकिरहेको स्थितिमा रहेछु अहिले ।
तपाईंको कुरा खुब गर्थी निमी । तपाईलाई भेट्दा खुसी लाग्यो ।
हात मिलाउँदै थियो यसबेला उ ।
अव्यक्त प्रेम पनि शायद निमी बुझ्थी उसबेला । म सम्झिरहे ! तर निमी कत्ति संयमित थिई असंयमित र अनियंत्रित कोहि थियो भने त्यो म नै थिएँ तर निमीको संयमले मलाई कायल गराइदिन्थ्यो । वयस्क र सम्मानित प्रेमिल सम्बन्धको उदाहरण नै थिइ उ ।
बिबाह गरौं । मनबाट ओठ हुँदै फुत्किएको वाक्य मबाट ।
म एच आइ भी संक्रमित हुँ । हिम्मत बटुलेर उसले भनी !
मैले शरीरसंग प्रेम गरेको हैन ! भावुक भएर भनिदिएपछि छुटिएका हौं ।
त्यसपछि नै म आफ्नो मोबाइल नम्बर नयाँ लिएर, फेसबुक आइडी डिएक्टिभ गरेर बसेको छु ।
एक मनले आँफैलाई धिकार्दैगर्द पनि उसको कुराहरुलाई लाई लिने सकारात्मकताले कताकता ढाडस दिइरह्न्छ मलाई ।
तर मनमा एउटै प्रश्न बारबार दोहोरिन्छ कि मान्छे शरीर चाहन्छ कि मन ?
०००
सन्ध्या आचार्य
सिटोङ,दार्जिलिङ


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालको संक्रमण दर भारतमा भन्दा दोब्बर

कोरोना परीक्षणका नाममा मनपरी शुल्क

कोरोना भाइरस विरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

लोक सेवा आयोगको रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक

पिसिआर परीक्षण बोझ बन्दै

दुश्मनीका कारण तिवारी दम्पती माथी हतियार प्रहार / श्रीमतीको मृत्यु श्रीमान गम्भीर घाइते

एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि १० वर्षसम्म कैद र ५ लाखसम्म जरिमाना

काठमान्डौको झल्को दिने गरी हेटौडामा टुटल रेष्ट्रो संचालनमा

बोबाङका बाढी पीडित नागरिकलाई गलकोट समाज जापानको २८ लाख सहयोग