अब मोबाइल सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने

प्रकाशित मिति: १९ श्रावण २०७७, सोमबार

उच्च अदालत पाटनले प्राविधिक कारणले मोबाइल सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई क्षति पुगेमा सेवा प्रदायकबाट क्षतिपूर्ति भराउन सक्ने फैसला गरेको छ ।पर्याप्त क्रेडिट सुविधा हुँदा पनि १४ घण्टासम्म मोबाइलको बाह्य कल सेवा अवरुद्ध भएको एक मुद्दामा उच्च अदालतले १५ हजार क्षतिपूर्ति भराउन फैसला गरेको छ । यसअघि हवाई सेवा प्रदायकले समयमा उडान नगर्दा यात्रुमा पुगेको क्षति सेवा प्रदायकबाट भराउने गरी सर्वोच्च अदालतले स्थापित गरेको नजिरअनुसार उच्च अदालतले उक्त फैसला गरेको हो । यती एयरलाइन्सविरुद्ध स्थापित उक्त नजिरलाई आधार मानेर फैसला भएको हो ।

न्यायाधीशद्वय ठाकुरप्रसाद शर्मा पौडेल र नातिबाबु लामिछानेको संयुक्त इजलासले प्राविधिक कारणले सेवा रोकिए पनि सेवाग्राहीलाई क्षति पुगेमा सेवा प्रदायकले मनासिब क्षतिपूर्ति दिनुपर्ने फैसला भएको हो । काठमाडौँ जिल्ला अदालतले उक्त माग दाबीलाई अस्वीकार गरेको थियो । निवेदक अधिवक्ता राजकुमार सुवालले जिल्लाको आदेशविरुद्ध पुनरावेदन गरेका थिए । जिल्ला अदालतले २०७६ वैशाख ४ गते मागदाबी अस्वीकार गर्दै फैसला गरेको थियो ।

गोरखापत्र दैनिक


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
नेपालको संक्रमण दर भारतमा भन्दा दोब्बर

कोरोना परीक्षणका नाममा मनपरी शुल्क

कोरोना भाइरस विरुद्धको २ करोड ५० लाख डोज खोप नेपाल ल्याइँदै

तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक

लोक सेवा आयोगको रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक

पिसिआर परीक्षण बोझ बन्दै

दुश्मनीका कारण तिवारी दम्पती माथी हतियार प्रहार / श्रीमतीको मृत्यु श्रीमान गम्भीर घाइते

एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि १० वर्षसम्म कैद र ५ लाखसम्म जरिमाना

काठमान्डौको झल्को दिने गरी हेटौडामा टुटल रेष्ट्रो संचालनमा

बोबाङका बाढी पीडित नागरिकलाई गलकोट समाज जापानको २८ लाख सहयोग