नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध

प्रकाशित मिति: १७ श्रावण २०७७, शनिबार

नेपाल र छिमेकी मुलुक चीनको मित्रताको ऐतिहासिक कूूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको छ । सन् १९५५ अगस्त १ मा औपचारिक सम्बन्ध सुरुवात भएको कूटनीतिक सम्बन्धले ६५ वर्ष पार गरेसँगै नेपाल–चीन सम्बन्धले नयाँ उचाइ हासिल गरेको छ । दुई देश बीचको लामो सम्बन्ध पाँचौँ शताब्दीदेखि विकसित हुँदै अगाडि बढेको हो । दुई देश बीचको सम्बन्ध मित्रता, समझदारी, आपसी समर्थनसँगै शान्ति सह–अस्तित्वका सिद्धान्तको आदर्शमा अटल विश्वास राख्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । जस अनुसार नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ ।

चीनका लागि नेपालका पूर्वराजदूत टङ्क कार्कीले नेपाल–चीन सम्बन्ध मात्र ६५ वर्षको होइन कूटनीतिक सम्बन्धको हिसाबले करिब १४ सय वर्षअघि देखिको हाम्रो सम्बन्ध हो भन्नुभयो । चिनियाँ भिक्षु फा सियानकोे यात्राले जनस्तरको सम्बन्ध त्यतिबेलै थियो भन्ने पुष्टि गर्छ । करिब एक हजार छ सय वर्षअघि कपिलवस्तु र लुम्बिनी भ्रमण गरेको क्षण अझै अभूतपूर्व मानिन्छ । १३औँ शताब्दीमा नेपालका कलाकार अरनिको सहितको टोलीले चीनमा नेपालको कला संस्कृतिको प्रचार गरे । नेपाल तथा चीनबीच ११४ वर्षसम्म कोसेली आदानप्रदान भएको इतिहास रहेको पूर्वपरराष्ट्र सचिव मदनकुमार भट्टराई बताउनुहुुन्छ ।

नेपालको चीनसँग उत्तरतर्फ एक हजार ४१४ किलोमिटर सिमाना जोडिएको छ । व्यापारिक सम्बन्धतर्फ सन् १८५६ को थापाथली सन्धिअघि ल्हासामा नेपालका वकिल बस्थे । पछि तिब्बत चीनको स्वशासित क्षेत्र भएपछि सन् १९५६ मा तिब्बत सन्धि नेपालसँग भयो । त्यस पश्चात् तिब्बतमा नेपालको महावाणिज्य दूत रहन थालेको हो । आधुनिक सम्बन्ध भूराजनीतिले दर्शाएको सम्बन्ध रहेको पूर्वराजदूत कार्कीको धारणा छ । नेपाल र चीनको सम्बन्धलाई इतिहासको एउटा सुखद र असल पक्षका रूपमा लिइन्छ । चीनसँग रोटीबेटीको पुरानो सम्बन्ध छ । सातौँ शताब्दीमा लिच्छवि राजकुमारी भृकुटीको विवाह तिब्बतका राजा स्रङचङ गम्पोसँग हुनु एउटा उदाहरण मानिन्छ ।

गोरखापत्र दैनिक


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ॐ लेख्दै विंसं २०७७ श्रावण २० गते मंगलबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुरा हुनेछ

कथा – दाेसाँध

भारतबाट आएका हजारौं नेपाली सिधै घर जान थाले

मुलुकभर कोरोना जोखिम बढ्नुमा प्रमुख कारक हेलचेक्य्राइँ

अब मोबाइल सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने

नेपाली सेना, नेपाल प्रहरी र पत्रकार सहित वीरगञ्जमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

मेलम्चीमा पहिरोबाट आठ जना बेपत्ता

रमुवामा गत वर्षको तुलनामा चार गुनाले आलु उत्पादनमा कमि

ॐ लेख्दै वि सं २०७७ श्रावण १९ गते सोमबारको राशिफल् पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

गायक रोशन सिहको गित ए झरीमा सात बर्षे सुप्रीम मल्लको आवाज स्टुडियोमै चुम्बनको वर्षा