भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड

प्रकाशित मिति: १६ श्रावण २०७७, शुक्रबार

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ । आजपनि भारतमा नयाँ कोरोना संक्रमितको संख्याले उच्च रेकर्ड कायम गरेको छ । भारतमा पछिल्लो २४ घण्टाभित्र ५५ हजार नयाँ कोरोना संक्रमण भएको पाइएको छ । जुन २४ घण्टामा संक्रमित हालसम्मकै उच्च संख्या हो । यसअघि सम्म कुनैदिन यतिको संख्यामा संक्रमित फेला परेका थिएनन् । अहिले भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।

अहिले भारतमा कोरोना भाइरस संक्रमितको संख्या १६ लाख ४० हजार पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या भने ३५ हजार ७ सय ८६ पुगेको छ । बिहीबार मात्रै त्यहाँ ७ सय ८३ जनाको मृत्यु भएको छ । अहिले भातरमा ५ लाख ४४ हजार बढी सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था भने गम्भीर रहेको छ । त्यसैगरी १० लाख ५९ हजार जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् । भारतीय राज्यहरूमध्ये महाराष्ट्र र तामिलाडु अतिप्रभावित भएका छन् । संक्रमितका आधारमा दिल्ली तेस्रो स्थानमा छ । पछिल्ला दिनहरूमा दिल्लीमा संक्रमितको संख्या निकै घटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा कोभिड–१९ नियन्त्रण गर्ने उद्देश्यले गत मार्चमा लगाइएको लकडाउन खुकुलो पारेसँगै संक्रमणमा विस्तार भएको हो । भारत सरकारले जुन ८ मा लकडाउन घोषणा गरेको थियो । त्यतिबेलासम्म भारतमा संक्रमितको संख्या ५ सयको हाराहारीमा थियो । धेरै जनसंख्या र जनघनत्व भएका सहरहरू धेरै भएकाले भारत कोभिड–१९ को केन्द्रबिन्दु बन्न सक्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन् । गत जनवरीमा पहिलो संक्रमित फेला परेयताका एक सय ७० दिनमा संक्रमित संख्या १० लाख नाघेको हो ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
कथा – दाेसाँध

भारतबाट आएका हजारौं नेपाली सिधै घर जान थाले

मुलुकभर कोरोना जोखिम बढ्नुमा प्रमुख कारक हेलचेक्य्राइँ

अब मोबाइल सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने

नेपाली सेना, नेपाल प्रहरी र पत्रकार सहित वीरगञ्जमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

मेलम्चीमा पहिरोबाट आठ जना बेपत्ता

रमुवामा गत वर्षको तुलनामा चार गुनाले आलु उत्पादनमा कमि

ॐ लेख्दै वि सं २०७७ श्रावण १९ गते सोमबारको राशिफल् पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

गायक रोशन सिहको गित ए झरीमा सात बर्षे सुप्रीम मल्लको आवाज स्टुडियोमै चुम्बनको वर्षा

भारतमा पछिल्लो २४ घण्टामा ५४ हजार ८६५ कोरोना संक्रमित ८५२ जनाको मृत्यु