भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गर्दै

प्रकाशित मिति: १३ श्रावण २०७७, मंगलवार

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ । भारतमा दिनदिनै कोरोना भाइरस संक्रमितको संख्याले नयाँ रेकर्ड कायम गर्दै आएको छ । आजपनि भारतमा कोरोनाले मृत्यु हुनेमा नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण सबैभन्दा धेरैको मृत्यु भारतमा भएको छ । कोरोनाले आक्रान्त अमेरिका, ब्राजिल, बेलायत लगायतका देशमा भन्दा गएको २४ घण्टामा भारतमा धेरैले ज्यान गुमाएका वल्र्डओमिटरले जनाएके छ । वल्डो मिटर्सका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६ सय २७ जनाको मृत्यु भएको छ । ब्राजिलमा ६ सय २७, अमेरिकामा पाँच सय ७०, मेक्सिकोमा तीन सय ६, दक्षिण अफ्रिकामा दुई सय ९८, इरानमा दुई सय १२, कोलम्बियामा दुई सय ५२, अर्जेन्टिनामा एक सय २० जनाले कोरोनाको कारण ज्यान गुमाएका छन् ।

अहिले भारत विश्वका धेरै कोरोना संक्रमित मुलुकहरुको तेस्रो स्थानमा रहेको छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी कोरोना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । भारतमा पछिल्लो २४ घण्टाभित्र ४६ हजार ४८४ जनामा नयाँ कोरोना संक्रमण भएको पाइएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १४ लाख ८२ हजार ५०३ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या भने ३३ हजार ४ सय ४८ पुगेको छ । अहिले भातरमा ४ लाख ९५ बढी सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था भने गम्भीर रहेको छ । त्यसैगरी ९ लाख ५३ हजार जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

भारतीय राज्यहरूमध्ये महाराष्ट्र र तामिलाडु अतिप्रभावित भएका छन् । संक्रमितका आधारमा दिल्ली तेस्रो स्थानमा छ । पछिल्ला दिनहरूमा दिल्लीमा संक्रमितको संख्या निकै घटेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा कोभिड–१९ नियन्त्रण गर्ने उद्देश्यले गत मार्चमा लगाइएको लकडाउन खुकुलो पारेसँगै संक्रमणमा विस्तार भएको हो । भारत सरकारले जुन ८ मा लकडाउन घोषणा गरेको थियो । त्यतिबेलासम्म भारतमा संक्रमितको संख्या ५ सयको हाराहारीमा थियो । धेरै जनसंख्या र जनघनत्व भएका सहरहरू धेरै भएकाले भारत कोभिड–१९ को केन्द्रबिन्दु बन्न सक्ने विज्ञहरूले चेतावनी दिँदै आएका छन् । गत जनवरीमा पहिलो संक्रमित फेला परेयताका एक सय ७० दिनमा संक्रमित संख्या १० लाख नाघेको हो ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ॐ लेख्दै विंसं २०७७ श्रावण १९ गते मंगलबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुरा हुनेछ

कथा – दाेसाँध

भारतबाट आएका हजारौं नेपाली सिधै घर जान थाले

मुलुकभर कोरोना जोखिम बढ्नुमा प्रमुख कारक हेलचेक्य्राइँ

अब मोबाइल सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने

नेपाली सेना, नेपाल प्रहरी र पत्रकार सहित वीरगञ्जमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

मेलम्चीमा पहिरोबाट आठ जना बेपत्ता

रमुवामा गत वर्षको तुलनामा चार गुनाले आलु उत्पादनमा कमि

ॐ लेख्दै वि सं २०७७ श्रावण १९ गते सोमबारको राशिफल् पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

गायक रोशन सिहको गित ए झरीमा सात बर्षे सुप्रीम मल्लको आवाज स्टुडियोमै चुम्बनको वर्षा