टिकटकले अब आफ्ना प्रयोगकर्ताहरु लाई पैसा दिने

प्रकाशित मिति: १३ श्रावण २०७७, मंगलवार

एजेन्सी,  टिकटक बिश्वभर युवा वर्गमा निकै लोकप्रिय छ । पछिल्लो समय युवा उमेर बाहेकका मानिसहरु पनि यसमा झुम्मिने गरेका छन् । विभिन्न गीतका क्लिपमा नाच्ने र अभिनय गरेर अपलोड गर्न मिल्ने यो एप विश्वभर दुई करोड भन्दा बढी पटक डाउनलोड भैसकेको छ । छोटो भिडियोका चर्चित चिनियाँ भिडियो प्ल्याटफर्म टिकटकले आफ्ना प्रयोगकर्ताका लागि अब पैसा दिने भएको छ ।

छोटो समयमै स्थापित टिकटकले खासगरी चर्चित प्रयोगकर्ता र नयाँ प्रयोगकर्तालाई लक्षित गर्दै यस्तो सुविधाको घोषणा गरेको हो । बिहीबार एक विज्ञप्ति जारी गर्दै कम्पनीले आफ्नो नयाँ घोषणाको लागि करिब २४ अर्ब ९२० करोड डलरको कोष बनाउन लागेको सीएनएनले जनाएको छ । यो सुविधाले रचनात्मक कन्टेन्ट मार्फत प्रगतिको अवसर खोजिरहेका प्रयोगकर्तालाई सहयोग पुग्ने टिकटकले जनाएको छ । टिकटकका अनुसार उक्त कोषबाट यो बर्षको अन्त्यतिर नगद वितरण सुरु हुनेछ ।

टिकटकका अमेरिका महाप्रबन्धक बेनेसा वैनेसाले एक ब्लगमा यसको जानकार दिएका छन । उनले भनेका छन्, ‘राम्रो कन्टेन्ट बनाउने टप प्रयोगकर्तालाई जीविका चलाउन मद्दत गर्ने हेतुले यस्तो योजना ल्याइएको हो। जसका लागि हाल नै २ सय मिलियन करोडको कोष बनाएको हो । यो कोषबाट वर्षको अन्त्यमा पैसा दिन सुरु गरिनेछ ।’ तर प्रयोगकर्तालाई कति पैसा दिने भन्ने बारे भने केही खुलाएको छैन । टिकटकका प्रयोगकर्ताले कसरी उक्त रकम पाउँछन् भन्ने स्पष्ट नभएपनि कोषको रकम बढ्दै जाने र यसलाई बजारमा प्रतिस्पर्धि बनाइरहने कम्पनीका प्रवक्ताले जनाएका छन् ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
कथा – दाेसाँध

भारतबाट आएका हजारौं नेपाली सिधै घर जान थाले

मुलुकभर कोरोना जोखिम बढ्नुमा प्रमुख कारक हेलचेक्य्राइँ

अब मोबाइल सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने

नेपाली सेना, नेपाल प्रहरी र पत्रकार सहित वीरगञ्जमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

मेलम्चीमा पहिरोबाट आठ जना बेपत्ता

रमुवामा गत वर्षको तुलनामा चार गुनाले आलु उत्पादनमा कमि

जय गणेश लेख्दै विसं २०७७ श्रावण १९ गते मंगलबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुरा हुनेछ

ॐ लेख्दै वि सं २०७७ श्रावण १९ गते सोमबारको राशिफल् पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

गायक रोशन सिहको गित ए झरीमा सात बर्षे सुप्रीम मल्लको आवाज स्टुडियोमै चुम्बनको वर्षा