ओलिले राजीनामा दिई युवा पुस्तालाई सता हस्तान्तरण गर्न सुझाव : गुप्ता

प्रकाशित मिति: ३ श्रावण २०७७, शनिबार

कोभिड १९ करोना भाईरसको कारण अन्तर्राष्ट्रिय जगतले नै समाना गरि रहेकोे छ । अहिलेको राजनीति तंरग परिस्थिति बलियो  समयलाई षड्यन्त्र पुर्ण बनाई युवा पुस्तालाई वेवस्था गर्नु देशको लागि दुरुभाग्य नै हुनेछन । नेकपा (कम्युनिष्ट पार्टी)लाई नेपाली जनताले सरकार चलाउन दुई तिहाई बहुमत सहितको जनप्रतिनिधिहरु निर्वाचित गराई देश चलाउने जिम्मा दिएको प्रष्ट नै छ र यसमा कुनै दुविधा छैन ।

कम्युनिष्ट सरकारका प्रधानमन्त्री खडक प्रसाद ओलीले सरकारले हाल नेतुत्व गरि रहेकोे अवस्था छ । अन्तर्राष्ट्रिय स्तरको सहयोग प्राप्त र विभिन्न राष्ट्रहरु संग रहेकोे कुटनैतिक सम्बन्ध सदियो देखि बलियो थियो तर अहिलेको सरकारको रबैईया बाट अन्तर्राष्ट्रिय जगत नै रुष्ट देखिन्छ पहिला जति हाम्रो मित्र राष्ट्रहरु बिचको सम्बन्ध मधुरो भैई सकेको छ सकारात्मक र मित्रता सम्बन्ध पहिला जतिको अवस्था रहेन । अन्तर्राष्ट्रिय मुलुकमा विकसित राष्ट्रहरुमा युवा पुस्ताले देशलाई समृद्ध बनाउन र जनताको सुख शान्तिको लागि परिवर्तन ल्याउन युवा पुस्ताले कमर कसैएर सता शासन बाग डोर समाली देश चलाएको अवस्था समेत छ ।

अमेरिका जस्ता विकसित राष्ट्रलाई विकासको काम टक्कर दिएको अवस्था छ । हाम्रो देशको प्रधानमन्त्री केपि ओलि गफ दिनमा कमेडी गर्नमा नै टक्कर दिदै छ ।

नेपालमा कयौं यस्ता कामहरू छन जो देशलाई बलियो बनाउन सकिन्छ । यहाँ त आफ्नो व्यक्ति शान स्वार्थको लागि कुर्सी सता दिकाउन विभिन्न किसिमका नाटक मथन गरि रहेकोे हुन्छन् र २१ओ शताब्दीमा युवा पुस्तालाई वेवस्ता गर्दै छ ।

हाम्रो देश नेपालमा विकास गर्ने हो भने र परनिर्भरता हटाई देशलाई आत्मनिर्भर बनाउने हो भने कठोर राजनैतिक निर्णय लिनुपर्ने नेकपाले नयाँ जोश र विकासशिल सिद्धान्तका विकासको लागि क्रान्ति ल्याउने युवा पुस्तालाई सताको नेतुत्व हस्तान्तरण गर्नु पर्छ ।

अहिलेको सरकारले गरि रहेकोे व्यापक भ्रष्टाचारका र विवादित विधेयक र अधिनायकवादी निरकुशता कारण सर्वत्र जनमानस सरकारको विरोध आलोचना व्यापक रुपमा भैई रहेको छ ।

जनताले दिएको दुई तिहाई बहुमतको सरकार आज भोलि गफै दिन र जुटकिला मै समय खेर गरि कुर्सी टिकाउने कार्यमा ध्यान केन्द्रीत भएको देखिन्छ ।
हाम्रो मुलुकको स्वाधीनता र सार्बभौमसत्ता रक्षा गर्न जिम्मेवारी युवा पुस्तालाई दिई अहिलेको उर्जामय समयलाई सदुपयोग गर्नु पर्छ ।

ओलीले गरि रहेकोे सरकारको नेतुत्वबाट गरिएको समृद्धिको आशा बाट सबै जनता निराशा भैई सकेको छ ।

युवा पुस्ताले हिम्मत र दृढ संकल्प साथ नयाँ जोशले पक्कै विकासको लहर लिएर आउनेछन र सबै जनतालाई सर्वमान्य हुने जस्ता ठोस निर्णयहरु युवा पुस्ता ले नै गर्नेछन ।

कुनै पनि बिषयमा देशको हितमा निर्णय लिँदा आफ्नो बौद्धिकता, चतुर्‍याइँ , कुटनीति, राजनीति एवं विवेकको प्रयोग गर्न क्षमता युवा पुस्ता मै मात्रै हुन्छन् ।

युवा पुस्ताले आफुले गर्न खोजेको निर्णयको प्रभाव कहाँ, कसरी, कसलाई र कति हुन्छ सबै बुझेको हुन्छन् ।

साथै यसको तत्काल र दुरगामी प्रभावले स्वागत योग्य विचार र निर्णयहरुका परिणामको मुल्यांकन सहित कदमहरु सारा युवा एकताले कार्यनयन गरि रहनेछन् ।

त्यसकारण सबैभन्दा सरल एवं सर्वमान्य विधि भनेकै अहिले प्रधानमन्त्री केपि ओलिले राजिनामा दिनु पर्छ र शारीरिक रूपमा रोग ग्रसित नेतुत्वकर्ताले देश चलाउनु उपयुक्त देखिदैन र अहिले शरिरिलाई आरामको आवश्यकता नै हो । अहिले लोकतान्त्रलाई कमजोर बनाउन अरुको ईसारामा देशलाई असफल बनाउन तिर लाग्नु एकदनै सकारात्मक शैईली पनि राम्रो होइन । नेपाललाई बलियो अटल विकसित राष्ट्र बनाउन आफ्नो विभिन्न प्रविधिको माध्यम बाट देशलाई खुट्टा उभिएर देखानु पर्छ । हालको नेपाली राजनीतिमा जवर्तस्ती सता कब्जा गरेर देखाउनु बहादुर हुँदैन ।

ओलिको विकल्प खोजी नेकपाले नयाँ प्रधानमन्त्री र मन्त्रिपरिषद्को गठन गर्नु पर्छ ।

विद्यमान मन्त्रीपरिषद्का सम्बन्धित मन्त्रालय विषयमा अध्ययन गरेका मन्त्रीहरुलाई जिम्मेवारी दिनुपर्ने पर्छ ।

सार्वजनिक लक्ष्य अनुसार नेपाली जनताको भावना विपरीत अहिलेको सरकारले जथाभावी रिक्त पदमा राजनीति नियुक्ति गैर जिम्मेवार तरिकाले नातावाद र चाकरीको अधारमा गरेको छ ।

मन्त्रालयहरुमा लक्ष्य प्राप्त गर्ने हो, सो योजना जनताको भावना अनुसार काम गर्न छिटो , छरितो, कर्मठ र योग्य ब्यक्तिहरुको पदवहालि हुनुपर्छ किन भने सरकारको नेतुत्व गर्न जनप्रतिनिधिहरु सबैको साझा व्यक्ति हुन्छन् तर यहाँ अहिले सरकार अन्तर्राष्ट्रिय मुलुकका केही व्यक्तिहरुको ईसारामा चली रहेकोे देखिन्छ ।

प्रधानमन्त्रीले राजिनामा दिई युवा पुस्तालाई साता हस्तान्तरण गर्न गराउन कांग्रेस रौतहट युवा नेता नितिश कुमार गुप्ताले सुझाव सहित्त बताउनु भयो ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
अध्यक्ष एवं प्रधानमन्त्री ओली पक्षले अर्का सग अध्यक्ष प्रचण्डले ‘माफी माग्नुपर्ने’

हेटौंडामा पनि “राजा आउ,देश बचाउ” को नारा लगाउँदै शक्ति प्रदर्शन

बाग्लुङ गल्कोट बाट उडेको हेलिकप्टर दुर्घटना यात्रुको अवस्था सामान्य

गल्कोटबाट उडेको हेलिकप्टर दुर्घटना यात्रुको अवस्था सामान्य

नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकाल विजयी

पदमपोखरीमा विभिन्न पार्टी परित्याग गरी ४ सय २५ जना कांग्रेसमा प्रवेश

बिनोद भण्डारीको निर्देशनमा खेम सेन्चुरी र कमला पोख्रेलले गायको ‘बाटो बिरिन्छ’ चर्चामा..

खुमन अधिकारी र मिनु बि.सी.को माया जोख्ने तराजु सार्वजनिक…

राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन मा बिवेक

उसको सोचाईले मेरो भाग्यको निर्धाराण गर्छ