बालविवाह र यसले प्रजनन् स्वास्थ्यमा पार्ने असर

प्रकाशित मिति: १ श्रावण २०७७, बिहीबार

सामान्यतः कुनै पनि रास्ट्रको कानुनमा तोकिएको समय भन्दा कम उमेर मै विवाह गर्नु लाई बाल विवाह भनिन्छ। विस्वमा नेपाल पनि बाल विवाह गर्ने मुलुक मध्य को दशौँ स्थानमा रहेको छ भने दक्षिण एसियाको तेश्रो स्थानमा रहेको पाइन्छ। विवाह कुनै पनि व्यक्तिको नैसर्गिक अधिकार हो तर आधिकार हो भन्दैमा व्यक्ति, परिवार, समाज र राष्ट्रको मूल समस्या हुन बाट बञ्चित भने हुनै पर्छ। नेपालको कानून अनुसार बालक तथा बालिका २० बर्ष पूरा भएको खण्डमा प्रेम विवाह गर्न सक्ने र यदि आमा बुवाको मञ्जुरीनामा छ भने १८ वर्षको उमेरमा विवाह गर्न पाउने समेत रहेको पाइन्छ भने बालक तथा बालिका राजी नहुँदा पनि अभिभावक अथवा अरु कोही मिलेर जबर्जस्ती केटाकेटीको मन्जुरी बिना विवाह गरिदिएको खण्डमा उनीहरूको ३० हजार रुपैयाँ जरिवाना सहित उमेर समूह हेरी ६ महिना देखि ३ बर्ष सम्म जेल सजाय हुने सम्म व्यवस्था गरिएको पाइन्छ। कानून अनुसार यस्तो नीति नियमहरू रहेता पनि कति पय आमा बाबुले भने कम उमेरको छोरा छोरी हुँदा पनि नागरिकतामा उमेर समूह बढाएर विवाह गरिदिने चलन सुन्न तथा देख्न समेत पाईन्छ । सरकारले बालविवाह लाई रोकथाम गर्ने तथा सन् २०३० सम्ममा बालविवाह उन्मूलन गर्ने घोषणा समेत गरेको पाईन्छ।

दक्षिण एसियालि मुलुक मध्य नेपाल बालविवाह र प्रजनन् स्वास्थ्यको हेलचेक्राइ को कारण मार्ती शिशु मृत्यु दर बढी रहेको पाईन्छ। शारीरिक तथा मानसिक रूपमा परिपक्व नभएको बालिकाको विवाह गरेकै कारण एउटा सशक्त आमा गुमाउँदाको पीडा उहाको परिवारलाई थाहा हुन्छ।
बालविवाह गरेता पनि समाजले सामान्य मानेको र कुनै पनि उजुरी नगरेकै कारण सरोकारवालाले समेत मेलमिलाप गराई घर पठाएकै कारण बालविवाह को जग बलियो भएको छ भने कानुनी मान्यतामा जाने व्यक्तिको कमी समेत रहेको पाइन्छ। बालविवाहकै कारण सम्बन्ध हरुमा फाटो आउँदा आत्महत्या, यातना र अमानवीय घटना हरु घट्ने गरेको पाइन्छ। बालविवाह हुनु नै बाल अधिकार, महिला अधिकार, मानव अधिकार र नैसर्गिक अधिकारको हनन् हुनु मात्र नभएर राष्ट्रको विकास को गतिमा ढिलाइ गर्ने प्रमुख कारक पनि हो।
बालविवाह कै कारण वैवाहिक सम्बन्ध दिगो नहुनु, जिन्दगीको अमूल्य जीवनचक्र को सही माग र परिपूर्ति गर्न नसक्नु तथा सारीरिक रुपमा सशक्त हुन नसक्ने जस्ता चुनौतीहरू आइपरेको पाइन्छ।
बालविवाह ले आफ्नो मात्र नभई पुरै परिवार, समाज र राष्ट्रको लागि समस्या निम्त्याइएको समेत देखिन्छ ( सक्षम हुन नसक्नु, जनसंख्या को वृद्धि तथा मृत्यु दर मा वृद्धि)

बालविवाह कै कारण सानै उमेरमा गर्भवती हुँदा कतिपय आमाहरूले ज्यान गुमाउने परेको छ भने महिलाहरुको सारीरिक रुपमा परिपक्व नभएको कारण बच्चा जन्माउँदा पाठेघर साघुरो हुने, शिशुको तौल कम हुने, बच्चा जन्मिँदा जन्मजात अपाङ्ग हुने, समय नपुगी बच्चा जन्मिने, कुपोषण, सामान्य अवस्थामा सुत्केरी हुन नसक्दा अपरेसन गर्न पर्ने, पाठेघर खस्ने जस्ता समस्याले अल्झ्याउने गरेको पाईन्छ। बालविवाह कानुनी अपराध हो र यसको मूल जरो नउखेलुन्जेल यस्ता किसिमका समस्या हरुले अघालिरहनेछन् ।
बालविवाहका मूख्य कारणहरू:
– नेपाल एउटा विकासोन्मुख देश र राजनीतिक दलको अस्तव्यस्त को कारण गरिबीको चपेटामा परेको छ भने बालविवाहको मूख्य कारक को रुपमा गरिबी रहेको पाइन्छ। गरिबीकै कारण बालबालिकाले उचित शिक्षा नपाउनुको साथै आमा बुवाको आर्थिक भार लाई देखेर समेत कम उमेरमै विवाह गर्न पुगेको सुन्न तथा देख्न समेत पाइन्छ।
– डर धम्की तथा ऋण को प्रयोग गरी छोरीको कम उमेरमा विवाह गरिदिने
– धार्मिक तथा सांस्कृतिक संगै रुढीवादी परम्परा को कारण बालबालिका को कम उमेरमा विवाह गरिदिने ।
– साहुको घरमा काम गर्न भनी बसेकी बालिकाको जबर्जस्ती बालविवाह हुनु ।
– अशिक्षित भएकै कारण सबै काम छोरी मान्छेले गर्नु पर्छ भन्ने मानसिकताबाटग्रसित अभिभावक
– बालबालिका मा यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा को कमी हुनु ।
– अभिभावकमा चेतनाको कमी हुनु ।
– छोाछोरीको कम उमेरमै विवाह गरिदिँदा पूण्य कमाइन्छ भने रुढीवादी सोच ।
– बुहारी भित्र्याए कामको बोझ कम हुने र चाँडै नाति नातिनी देख्ने सोच भएकै कारण घरको जनसङ्ख्या बढाउने मानसिकता हुनु जस्ता कारणहरू नै बालविवाह का प्रमूख समस्या हुन।

बालविवाह ले निम्त्याउन सक्ने समस्याहरू:
१- शारीरिक तथा मानसिक रूपमा परिपक्व नभएको कारण आफ्नो कुनै पनि कामको थालनी तथा सल्लाह गर्न नसक्नु ।
२- पारिवारिक कलह हुनु ।
३- मानशिक तनाव, पारिवारिक यातना, कामको बोझ तथा अमानवीय व्यवहारको शिकार हुनु।
४- सानै उमेरमा विवाह गरेकै कारण कम उमेरमै गर्भवति का साथै जनसङ्ख्या मा वृद्धि हुनु।
५- स्कूल तथा कलेजको पढाई मा बाधा अड्काउ आउनु ।
परिपक्क नभएको कारण आर्थिक भार पर्नु।
६- पाठेघर खस्ने समस्या निम्तिन सक्छ।
७- कम उमेरमै सन्तान जन्माउँदा आमा र शिशु को मृत्यु हुनु, जन्मजात अपाङ्गताको समस्या, बच्चा जन्माउन गार्हो हुनु, तथा अपरेसनको संख्या बढ्न जानु ।

बालविवाह लाई कसरी रोक्ने?
१- धार्मिक तथा परम्परागत रूपमा चलिआएका कुसंस्कार र कुरितिको अन्त्य गर्न हरेक नागरिकले लागि पर्ने ।

२- संघ संस्था ले दिँदै आइरहेको बालविवाह सम्बन्धी जनचेतना मुलक कार्यक्रम हरुलाई जागरुक गराउने ।

३- बालविवाह को उन्मुलनको लागि हरेक छोरीले शसक्त रुपमा अघि बढ्ने ।

४- बालविवाह गर्ने तथा गराउनेलाई सहर्ष स्वीकार नगरी सामाजिक रुपमा बहिष्कार गर्न सक्नु पर्छ।

५- गरिबी हटाउनको लागि हरेक किसिमका विकासोन्मुख योजना हरु ल्याउन स्थानिय निकाय, प्रदेश तथा संघ ले पहल गर्न सक्नु पर्छ।

६- शारीरिक तथा प्रजनन् स्वास्थ्य सम्बन्धी को अध्ययन हरेक विद्यालयमा हुन जरुरी देखिन्छ।

७- परिवार नियोजनको साधन बारे हरेक नागरिकलाई थाहा हुन जरुरी छ जसले गर्दा एउटा बालिका गर्भवती हुन बाट जोगाउछ भने अर्को तर्फ उसको शारीरिक तथा मानसिक रूपमा परिपक्व हुन संगै मुलुकको जनसंख्या वृद्धि कम गराउन सहयोग पुर्याउँदछ।
हरेक परिवारमा एउटा बालक तथा बालिका छन् त्यसैले यो अध्यन गरेर साथ दिनु हुने सम्पूर्ण शुभचिन्तकहरूले परिवार, समाज र राष्ट्रको विकासको लागि बालविवाह ले भित्र्याउन सक्ने समस्याहरूको बारेमा जनचेतना फैलाइदिनहुन विनम्र अनुरोध गर्दछु।

रेणु सिंह
स्वामिकर्तीक गाउँपालिका- ५, बाजुरा
हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला
बि.एम.एस् दोस्रो वर्षमा अध्यनत


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ॐ लेख्दै विंसं २०७७ श्रावण १९ गते मंगलबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुरा हुनेछ

कथा – दाेसाँध

भारतबाट आएका हजारौं नेपाली सिधै घर जान थाले

मुलुकभर कोरोना जोखिम बढ्नुमा प्रमुख कारक हेलचेक्य्राइँ

अब मोबाइल सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने

नेपाली सेना, नेपाल प्रहरी र पत्रकार सहित वीरगञ्जमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

मेलम्चीमा पहिरोबाट आठ जना बेपत्ता

रमुवामा गत वर्षको तुलनामा चार गुनाले आलु उत्पादनमा कमि

ॐ लेख्दै वि सं २०७७ श्रावण १९ गते सोमबारको राशिफल् पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

गायक रोशन सिहको गित ए झरीमा सात बर्षे सुप्रीम मल्लको आवाज स्टुडियोमै चुम्बनको वर्षा