ओलिले संसद अधिवेशन अन्त्य गरेर अधिनायकवादीको बाटो अपनाए : नितिश गुप्ता

प्रकाशित मिति: १९ असार २०७७, शुक्रबार

कोभीड -१९ कोरोना भाईरस बाट नेपाली जनताहरु पीडित भएको र हाम्रो देशमा दिनप्रतिदिन सयौंको संख्यामा संक्रमीत बढी रहेकोे छ । नेकपा भित्रको आन्तरिक विवादले कम्युनिष्ट सरकारका प्रधानमन्त्री केपि शर्मा ओलि दुई तिहाईको दम्भमा संसद अधिवेशन अन्त्य गरेको छ ।

उनले आफ्नो शासन सता पद जोगाउन विभिन्न बाहाना बाजि गर्दै पार्टीको आन्तरिक विवादबाट बच्न र नेपाली जनताका भावना विपरीत कार्य गरि रहेको छ ।

विना कामको विभिन्न अन्तर्राष्ट्रिय शक्तिको चलखेल भयो आरोप लगाई रहेकोे छ ।

ओलि जहिले पनि खोक्रो राष्ट्रवादको नारा लगाएर देशमा अधिनायकवादी बाटो अपनाउदै एकल रुपले तनशाही शैईली बाट सरकार चलाएको देखिन्छ ।

ओलि आफ्नो निजि स्वार्थकोको लागि सार्वभौम संसदमा चलिरहेको महत्त्वपूर्ण संसद अधिवेशन सरकारले अन्त्य गरिदिएको गुप्ताले आरोप लगाए ।

अन्तर्राष्ट्रिय स्तरमा अध्ययन शिल र जोश भएको युवा पुस्ताले देश चलाएको देखिन्छ र हाम्रो देशमा अस्वास्थ अवस्था पनि हुँदा पनि कुर्सी सता र पदको लोभमा जस्तोसुकै अवस्था सरकारको नेतुत्व गरि रहेकोे देखिन्छन् ।

जनताको भावाना विपरीत संसदको बजेट अधिवेशन अन्त्यले सिंगो संसद लाई कम्युनिष्ट सरकारले केटाकेटीको खेल जस्तो व्यहवार गरिनु परकाष्टा भएको नेता गुप्ता ले बताएका छन ।

असल राजनीति कर्मीले देश वर्तमान अवस्थालाई विचार गरि मात्रै देशको हितमा कुनै पनि कदम चाल्नु पर्छ ।

यहाँ हाम्रो देशमा शासन सताको लडाई व्यक्तिगत स्वभिमानीको लागि पद जोगाउन दम्भ देखाई संसद अधिवेशन अन्त्य गरेको छ ।

कम्युनिष्ट सरकारका प्रधानमन्त्री आफ्नो सिद्धान्त र कर्तव्य बाट पछी हटेर संसद अधिवेशन अन्त्य गरेर देशमा अधिनायकवादी बाटो अपनाई निरंकुशताको शैईली बाट कार्य गर्नु घोर निन्दनीय भएको नेपाली कांग्रेस रौतहटको चर्चित युवा नेता नितिश कुमार गुप्ता संग अनलाईन जननी नेपालको कुराकानीमा बताएका छन ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ॐ लेख्दै विंसं २०७७ श्रावण १९ गते मंगलबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुरा हुनेछ

कथा – दाेसाँध

भारतबाट आएका हजारौं नेपाली सिधै घर जान थाले

मुलुकभर कोरोना जोखिम बढ्नुमा प्रमुख कारक हेलचेक्य्राइँ

अब मोबाइल सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने

नेपाली सेना, नेपाल प्रहरी र पत्रकार सहित वीरगञ्जमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

मेलम्चीमा पहिरोबाट आठ जना बेपत्ता

रमुवामा गत वर्षको तुलनामा चार गुनाले आलु उत्पादनमा कमि

ॐ लेख्दै वि सं २०७७ श्रावण १९ गते सोमबारको राशिफल् पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

गायक रोशन सिहको गित ए झरीमा सात बर्षे सुप्रीम मल्लको आवाज स्टुडियोमै चुम्बनको वर्षा