दिपा भण्डारीको अध्यक्षतामा राष्ट्रिय स्वयंसेवक संघ नेपाल युवा संगठन डडेलधुराको गठन

प्रकाशित मिति: १९ असार २०७७, शुक्रबार

नेपालमा विशुद्ध रुपमा सामाजिक सेवामा समर्पित राष्ट्रिय स्वयंसेवक संघ नेपाल युवा संगठन डडेलधुरा पनि गठन भएको छ । डडेलधुरा घर भएकी दिपा भण्डारी अध्यक्ष रहने गरी सर्वसम्मत कार्य सतिति चयन गरिएको छ ।

जसमा उपाध्यक्षमा सुरज तमोली, सचीव प्रशान्त कार्की ,सह–सचिव दिपक भट्ट , कोषाध्यक्ष साबीत्रि गुरुङ चयन भएका हुन । त्यस्तै सदस्यमा श्याम ओलि, सन्जना पाठक, डम्बर बि.क, जनक जोशी , शान्ती अवस्थी, केशब पन्त, कृष्ण कार्की, दिनेश भाट, प्रेम साउद, राजेन्द्र बि.क चयन भएका छन् ।

राष्ट्रिय स्वयंसेवक संघ युवा संगठन डडेलधुरा समाज रुपान्तरण तथा स्थानीय स्तरमा रहेको विभिन्न पक्षमा जनचेतनामुलक अभियान संचाल गर्नेछ । साथै आगामी दिनमा समाजमा रहेका कुरिती कुसंकार र भ्रष्टाचार जस्ता क्रियाकलपलाई न्युनीकरण गर्दै समाज रुपान्तरण सहितको राष्ट्र निर्माणको देश ब्यापी अभियानमा लाग्ने निर्वाचित अध्यक्ष दिपा भण्डारी र सचिव प्रशान्त कार्की ले बताएका छन् ।

यो संगठन ले कुसंस्कार र भ्रष्टाचार जस्ता क्रियाकलापलाई न्युनीकरण गर्न, सामजमा भएको राम्रा कार्यलाई क्षमतावना मानिसहरुलाई कसरी अगाडी बढाउने विषयका बारेमा अध्ययन गर्दछ ।

संगठनले डडेलधुराका क्षमतावना युवाको कला र अन्य क्रियाकलापमा बढी जोड दिने बताईन् । युवाहरुको नेतृत्वका साथै उनीहरुको व्यक्तित्व विकास र सामाजिक कार्य अगाडि बढाउन अहम भुमिका खेल्ने उनले बताएकी छन् ।

राजनैतिक परिवर्तनलाई संस्थागत गर्न र राष्ट्र निर्माणमा युवाहरुको महत्वपूर्ण भूमिका रहेकोले अब सबै युवाहरुले लाग्नु पर्ने निर्वाचित सचिव पारस रावलले बताएका छन् । देशको विकास र प्रगतिमा युवाको योगदान नै प्रमुख हुने गरेकाले अब सबै युवाले एकजुट भएर लाग्नु पर्ने बताए ।

समाजसेवा मार्फत समृद्धिको बाटोमा आगाडि बढाई सेवा नै धर्म हो भन्ने भावनाअनुरूप यस अभियानलाइ आत्मसाथ गर्दै समाज सेवाले नै सुशासन निर्माण गर्न सकिन्छ भन्ने मुल मन्त्रलाई लक्षित गर्दै देसभर समाजसेवी मन भएका मनहरुलाइ संगठित गर्दै समाज सेवा तर्फ उत्प्रेरित गर्ने उद्देश्य लियर समाजको सेवामा सक्रिय रहन सशक्त सस्था स्वयंसेवक संघ नेपालको प्रचलित कानुनको बिधान दर्ता ऐन २०३४ को अधिनमा तर्जुमा गरियको बताए ।

सामाजिक समस्या प्रती आम नागरिकहरुलाई सचेत गराउने,समाजमा हुने हरेक विभेद विरुद्ध शसक्त रुपमा खबरदारी सहित उचित मार्ग दर्शन गर्ने, समुदायमा सामाजिक जागरणको माध्यमबाट लैङ्गिक तथा जातीय विभेदलाइ कम गर्न जनचेतना अभिवृद्धिमा जोड दिने यस संस्थाको मुख्य उदेश्य रहेको छ ।

एक बर्ष अघि समाजसेवा गर्ने उदेश्यले बिस्तार भएको यो संगठन अहिले नेपालका सात वटै प्रदेशमा गठन भइसकेको र अब सबै जिल्लाहरुमा पनि यसको संगठन बिस्तार गर्ने राष्ट्रिय स्वयंसेवक संघ नेपाल युवा संगठन सुदूरपश्चिम प्रदेश अध्यक्ष हिक्मत शाहले बताएका छन् ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ॐ लेख्दै विंसं २०७७ श्रावण १९ गते मंगलबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुरा हुनेछ

कथा – दाेसाँध

भारतबाट आएका हजारौं नेपाली सिधै घर जान थाले

मुलुकभर कोरोना जोखिम बढ्नुमा प्रमुख कारक हेलचेक्य्राइँ

अब मोबाइल सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने

नेपाली सेना, नेपाल प्रहरी र पत्रकार सहित वीरगञ्जमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

मेलम्चीमा पहिरोबाट आठ जना बेपत्ता

रमुवामा गत वर्षको तुलनामा चार गुनाले आलु उत्पादनमा कमि

ॐ लेख्दै वि सं २०७७ श्रावण १९ गते सोमबारको राशिफल् पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

गायक रोशन सिहको गित ए झरीमा सात बर्षे सुप्रीम मल्लको आवाज स्टुडियोमै चुम्बनको वर्षा