गलकोट नगरपालिकाद्वारा पत्रकार थापा सम्मानित

प्रकाशित मिति: १९ असार २०७७, शुक्रबार

गल्कोट, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्षद तथा जननी नेपाल सहकर्मी थम्मन थापा सम्मानित भएका छन् । २०७४ सालमा गलकोट नगरपालिकाले स्थापना गरेको घुम्टे पत्रकारिता पुरस्कार २०७७ बाट सातौं नगर सभामा पत्रकार थापा सम्मानित भएका हुन् । वि.सं २०६५ साल देखि बागलुङको गलकोट बाट पत्रकारितामा कलम चलाउँदै आइरहेका थापालाई पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान पुराएको भन्दै घुम्टे पत्रकारिता पुरस्कार २०७७ प्रदान गरिएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । नगरपालिकाले नगर सभाको अवसरमा प्रत्येक वर्ष १ जना उत्कृष्ट पत्रकारलाई नगद रु २० हजार र सम्मान पत्र सहित सम्मान गर्दै आइरहेको नगर उपप्रमुख रेणुका काउचा मगरले बताइन् । पत्रकारिता क्षेत्रमा थप प्रोत्साहन गर्दै जिम्मेवारी बन्न प्रेरित गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गरिएको गलकोट नगरपालिकाले जनाएको छ । पत्रकार थापाले सामाजिक उत्तरदायित्व सहितको पत्रकारितामा निरन्तर कलम चलाउँदै आएका छन् । थापाले विभिन्न सञ्चार माध्यममा बागलुङ बाट रिपोर्टिङ गर्दै आइरहेका छन् । गलकोट नगरपालिकाले गर्ने हरेक क्रियाकलापहरू सञ्चार माध्यम मार्फत आम जनसमुदायला खबर प्रदान गरी अतुलनिय भूमिका निर्वाह गर्ने १ जना पत्रकारलाई सम्मान गर्ने उद्देश्यले गलकोट नगरपालिकाले घुम्टे पत्रकारिता पुरस्कार स्थापना गरेको गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले बताए । गलकोट नगरपालिका वडा नं २ नरेठाटीको सभा हलमा आयोजित सातौं नगर सभा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट पास गर्दै सम्पन्न भएको छ । नगर सभामा गलकोट नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, सञ्चारकर्मीहरु, कर्मचारीहरु लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ॐ लेख्दै विंसं २०७७ श्रावण १९ गते मंगलबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुरा हुनेछ

कथा – दाेसाँध

भारतबाट आएका हजारौं नेपाली सिधै घर जान थाले

मुलुकभर कोरोना जोखिम बढ्नुमा प्रमुख कारक हेलचेक्य्राइँ

अब मोबाइल सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने

नेपाली सेना, नेपाल प्रहरी र पत्रकार सहित वीरगञ्जमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

मेलम्चीमा पहिरोबाट आठ जना बेपत्ता

रमुवामा गत वर्षको तुलनामा चार गुनाले आलु उत्पादनमा कमि

ॐ लेख्दै वि सं २०७७ श्रावण १९ गते सोमबारको राशिफल् पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

गायक रोशन सिहको गित ए झरीमा सात बर्षे सुप्रीम मल्लको आवाज स्टुडियोमै चुम्बनको वर्षा