त्रिशुली मा जीप झर्यो / पुरा दिन खोजी गर्दा पनि भेटिएन

प्रकाशित मिति: १८ असार २०७७, बिहीबार

चितवन सम्बादाता,
मुग्लिङ्ग मलेखु सडकखण्डको चितवन र धादिङको सिमानामा पर्ने मोवाखोला नजिकै बिहिवार बिहान करिब ५:३० बजेको समयमा स्कर्पियो जीप सडकबाट करिब १०० मिटर तल त्रिशुली नदिमा खसेको थियो ।

नदिपारी बाट एक स्थानीय ब्यक्तिले देखेअनुसार चितवन तिरबाट मलेखु तर्फ जाँदै गरेको उक्त गाडी सडकबाट नदिमा झरेपछी तुरुन्तै प्रहरीलाई खबर गरेका थिए, खबर पाउने बितिकै प्रहरीको टोलि घटनास्थल पुगेको तर कुनै बस्तु पनि फेला नपरेको प्रहरी चौकी जोगिमारा ले जानकारी गराएको छ।

तत्कालै प्रहरी टोलिसहित नेपाली सेना, सशस्त्र प्रहरीको बिपत ब्यबस्थापन टोलि (गोताखोर) खोजी कार्यमा तल्लीन रहेको र दिनभर खोजी कार्य गर्दापनी फेला पार्न नसकेको टोलिले जनाएको छ। उक्त गाडी कुन ठाउँबाट आएको र कता जान लागेको, गाडीमा कतिजना साबार थिए भन्ने अहिलेसम्म पनि कतैबाट जानकारी पाउन नसकेको प्रहरी स्रोतले जननीनेपाल लाई जानकारी गराएको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ॐ लेख्दै विंसं २०७७ श्रावण २० गते मंगलबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुरा हुनेछ

कथा – दाेसाँध

भारतबाट आएका हजारौं नेपाली सिधै घर जान थाले

मुलुकभर कोरोना जोखिम बढ्नुमा प्रमुख कारक हेलचेक्य्राइँ

अब मोबाइल सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने

नेपाली सेना, नेपाल प्रहरी र पत्रकार सहित वीरगञ्जमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

मेलम्चीमा पहिरोबाट आठ जना बेपत्ता

रमुवामा गत वर्षको तुलनामा चार गुनाले आलु उत्पादनमा कमि

ॐ लेख्दै वि सं २०७७ श्रावण १९ गते सोमबारको राशिफल् पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

गायक रोशन सिहको गित ए झरीमा सात बर्षे सुप्रीम मल्लको आवाज स्टुडियोमै चुम्बनको वर्षा