संजय श्रीपालको घर बिगारा भाग-२ सार्वजनिक ।।

प्रकाशित मिति: १८ असार २०७७, बिहीबार

ईश्वर बाबू काठमाडौ,
पछिल्लो समय देशमा बेरोजगारी बढे संगै प्रदेशीने युवाहरुको संख्या पनि दिनहु बढिरहेको को छ । र जसको परिणामस्वरूप प्रदेशीएका युवाहरूको घरबार बिग्रीएको घटना पनि घटिरहेको छ ।
भर्खरै बिहे गरेर साहुको ऋण पुरानो झोला भरी बोकेर, आँसु चुहाउदै प्रदेशीएको श्रीमान २/४ वर्ष पछि घर फर्किदा नत पर्देशमा रगतलाई पानी बनाएर चुहाएको पसिनाको कमाई हुन्छ , नत चोखो प्रेम गरि ल्यायको श्रीमती… हुन्छ त केवल प्रेमको नासो ।
हो त्यही प्रेम को नासो अनि उसैको खुसीमा आफ्नो खुसी आफ्नो संसार देख्दै गरेको हुन्छ त केवल एउटा दुखी बाउ,
अनि बुढेसकालमा बुहारी नानीको हातको तातो पानी पिउने सौभाग्य नभएकी चाउरी परेकी बुढी आमाको लाचार छोरो । र संगै जिउने संगै मर्ने कसम खायर सुखमा राख्दा राख्दै पनि खुसिले मात्तिएर दुधे बालकलाई छाडेर पराई भैसकेकी ती निष्ठुरी श्रीमतीको दुखी श्रीमान ।
हो त्यही दुखि मान्छे, त्यही अभागी बाउले ती दया माया नभएककी आमालाईनै सम्झेर रोहिरहेको दुधे बालक जस्लाई बाबू आमा दुबैको माया दिन खोज्दै छ र आफ्नो मुटुको टुक्रालाई भुलाउदै भन्दै छ, ए मेरो छोरा, ए मेरो मुटु तिम्री आमा नभएर के भो र मछुनी राजा
नरोउ बाबू नरोउ..
तिमीलाई नाना किनिदिउला, टिटि किनिदिउला नुनु गर बाबु ……न .रो. उ…
यस्तै कथा ब्याथा बोकेको संजय श्रीपालको प्रस्तुतिमा रहेको लोक गीत घर बिगारा भाग- २ बिहीबार मात्र युटुब बजार मार्फत सार्वजनिक भएको छ ।।

संजय श्रीपालको शब्द तथा संगीतमा रहेको गीतलाई श्रीपालले आफै एरेन्ज गरेर आफ्नै आवाजमा मुर्चुङ्गा डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गर्नु भएको हो ।
उक्त गीतको म्युजिक भिडियोलाई गायक श्रीपालले नै निर्देशन गर्नु भएको छ।
रामु बिरही ले छायांकन गरेर मनोज कार्कीले सम्पादन गरेको भिडियोमा संजय श्रीपाल, कुशल सुनार, पुष्पा रसाइली, प्रेम सिङ र चम्फा देबी को अभिनय देख्न सकिन्छ ।
संजय श्रीपालको आफ्नै अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक भएको गीतको पूरा भिडियो :-


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ॐ लेख्दै विंसं २०७७ श्रावण १९ गते मंगलबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुरा हुनेछ

कथा – दाेसाँध

भारतबाट आएका हजारौं नेपाली सिधै घर जान थाले

मुलुकभर कोरोना जोखिम बढ्नुमा प्रमुख कारक हेलचेक्य्राइँ

अब मोबाइल सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने

नेपाली सेना, नेपाल प्रहरी र पत्रकार सहित वीरगञ्जमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

मेलम्चीमा पहिरोबाट आठ जना बेपत्ता

रमुवामा गत वर्षको तुलनामा चार गुनाले आलु उत्पादनमा कमि

ॐ लेख्दै वि सं २०७७ श्रावण १९ गते सोमबारको राशिफल् पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

गायक रोशन सिहको गित ए झरीमा सात बर्षे सुप्रीम मल्लको आवाज स्टुडियोमै चुम्बनको वर्षा