महिनावारी को समयमा सेक्स गर्न कत्तिको उचित ?

प्रकाशित मिति: १६ असार २०७७, मंगलवार

एजेन्सी,
धेरै महिला पुरुषहरुमा महिनावारी अर्थात मिन्स भएको बेला सेक्स गर्न मिल्छ कि मिल्दैन भन्ने बारेमा जिज्ञासा रहने गरेको छ ।
तर यसका बारेमा वैज्ञानिकहरुले भने फरक धारणा सार्वजनिक गरेका छन् । उनीहरुले गरेको अधययन अनुसार महिनावारीको बेलामा सेक्स गर्न मिल्छ । तर सुरक्षित सम्पर्कमा ध्यान पुर्याउनुपर्छ । कन्डम लगाएर मात्र सेक्स गरेमा संक्रमणबाट बच्न सकिन्छ ।

उनीहरुले भनेका छन्, यो व्यक्तिगत इच्छामा पनि भर पर्ने कुरा हो । कसैलाई महिनावारी भएको बेला सेक्स गर्ने मन हुन्छ भने कसैलाई हुँदैन । तर हाम्रो समाजको चलनचल्तीको कुरा गर्ने हो भने महिनावारीको बेला सेक्स गर्नुलाई राम्रो मानिँदैन, परम्परागत भाषामा नछुने भएको सम्म भनिन्छ । तर महिनावारी भएका बेला सेक्स गर्न नहुने भन्ने कुनै बैज्ञानिक तथ्य भने छैन ।

महिनावारीको बेला सेक्स गर्दा महिलालाई फाइदा हुन्छ । यस्तो बेलामा सम्भोग गर्दा निस्कने हर्मोनले महिनावारीको दुखाइ कम गर्छ । धेरै महिलाले अरू बेलाभन्दा महिनावारी भएको बेला सेक्स गर्दा बढी आनन्द लिने गर्छन् । यति हुँदाहुँदै पनि असुरक्षित सेक्स गरेमा यौन रोग लाग्ने मात्र होइन, गर्भवती हुनसक्ने खतरा समेत रहन्छ । त्यसकारणले महिनावारीको बेला ध्यान नदिँदा पछि दुःख पाइन्छ ।

महिनावारी सुरु हुँदा, प्रोजेस्ट्रोन भन्ने होर्मोनेले गर्दा पाठेघरमा कन्ट्रयाक्सन सुरु गराउँछ जसले गर्दा पाठेघरबाट रगतसहित अरु पदार्थहरू महिनावारीको रूपमा बाहिर निस्कछ । महिनावारीको बेला सेक्स गर्दा चरमसुखको बेला पाठेघरमा कन्ट्रयाक्सन हुन्छ, जसले गर्दा सेक्सपछि अरु पदार्थसहित रगत अलि बढी बग्नसक्छ । र महिनावारीको समयावधिलाई पनि कम गर्छ ।

तसर्थ महिनावारी हुदा सुरक्षित तरिकाले सेक्स गर्दा कुनै हानी नहुने चिकित्सकहरुको राय रहेको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
गल्कोटका एक व्यक्तिले गरे आत्महत्या

शशि कार्की द्वार सिन्धुली जिल्ला मरिण गाउँपालिकालाई स्वास्थ सामग्रीको सहयोग।

भट्टराईले केपी शर्मा ओलीको हर्कतबाट देश र जनतालाई मुक्ति

शेरधन राई खुवलुङ क्षेत्रको भ्रमण

घाँस काट्न जाँदा बेपत्ता भएका सातै जना भारतमा

नेपालकै ठूलो दाबी गरिएको पानीजहाज एक महिनादेखि बन्द

6 महिनाका लागि पार्टी सदस्यबाट निलम्वन

अन्तर्राष्ट्रिय साहित्य अवार्ड भारत बाट समाजसेवि लक्ष्मण श्री दोहोरी गायक राजु परियार लगायत भारत र नेपाल विभिन्न क्षेत्रका व्यक्तितहरु सम्मानित

खेम सेन्चुरी र सुनिता बुढाको “माईली” बन्यो लोक प्रिय , युटुवको ट्रेडिङमा 07…

प्रधानमन्त्रीलाई पत्र