नेपाल प्रवेश गरेका सलह पुनः भारतमै फर्किने

प्रकाशित मिति: १६ असार २०७७, मंगलवार

शनिबार र आइतबार गरेर सलहका ५ वटा झुन्ड भारतको राजस्थान-नयाँ दिल्ली हुँदै नेपाल प्रवेश गरे । भारतबाट उत्तरपश्चिमी हावा बहेपछि ठूलो झुन्डबाट टुक्रिएर सलह हावाको वेगसँगै नेपाल प्रवेश गरेको थियो ।

नेपालमा प्रवेश गरेको झुन्डबाट टुक्रिदै सलह फैलने क्रममा जारी छ । किट विज्ञहरुले ट्रेसिङको काम पनि अगाडी बढाइरहेका छन् । सलहका लागि नेपाल उपयुक्त बासस्थान नभएकाले यी सलह पुनः आफ्नो प्राकृतिक बासस्थानमा प्रवेश गर्ने सम्भावना धेरै रहेको विज्ञहरुले बताएका छन् ।

वरिष्ठ किट वैज्ञानिक समुद्रलाल जोशीले नेपाल प्रवेश गरेका सलह पुनः भारतमै फर्किने संभावना रहेको बताए । उनले सलहका लागि नेपाल उपयुक्त बासस्थान नभएकाले ‘यू-टर्न’ लिनसक्ने कान्तिपुरलाई बताए । जोशीले भने, ‘मरुभूमिको वातावरणमा मात्रै सलहले फुल पार्छ । नेपालमा यसले प्रजनन गर्ने वातावरण छैन ।’

उनले अपरिपक्‍व सलहले ‘यू-टर्न’ गर्न कोसिस गरेर पुरानै बासस्थानमा फर्कने जिकिर गरे । ‘नेपालमा आएको सलहको झुन्ड अपरिपक्‍व वयस्क हो कि वयस्क हो त्यो थाहा हुनुपर्‍यो,’ उनले भने, ‘वयस्क परिपक्‍वहरु त्यतिकै मरेर जान्छन् । अपरिपक्‍वको झुन्डले पुनः प्रजननका लागि बासस्थानमा फर्कने कोसिस गर्नेछन् ।’
कान्तिपुर दैनिक


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ओलिले संसद अधिवेशन अन्त्य गरेर अधिनायकवादीको बाटो अपनाए : नितिश गुप्ता

कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्दै

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेकपाको आन्तरिक किचलो चरमोत्कर्षमा

दिपा भण्डारीको अध्यक्षतामा राष्ट्रिय स्वयंसेवक संघ नेपाल युवा संगठन डडेलधुराको गठन

गलकोट नगरपालिकाद्वारा पत्रकार थापा सम्मानित

ॐ लेख्दै वि.सं. २०७७ असार १९ गते शुक्रबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

त्रिशुली मा जीप झर्यो / पुरा दिन खोजी गर्दा पनि भेटिएन

संजय श्रीपालको घर बिगारा भाग-२ सार्वजनिक ।।

महानगरपालिकाले सलह कीरालाई नियन्त्रण लिएर बुझाएमा प्रोत्साहन रकम दिने