सलहको जोखिम बाग्मती प्रदेशमा

प्रकाशित मिति: १५ असार २०७७, सोमबार

बाग्मती प्रदेशका विभिन्न जिल्लामा सलह भित्रिएपछि बाग्मती प्रदेश सरकारले सतर्कता अपनाएको छ । त्यस क्रममा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आइतबार बसेको सलहको प्रकोप नियन्त्रणसम्बन्धी बैठकले सलहको प्रकोप रोकथाम र नियन्त्रण गर्न जनचेतना वृद्धि र प्रचार प्रसार गर्ने निर्णय गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाको अध्यक्षतामा बसेको बैठकले चार तहको समिति गठन गरी सलहबाट खाद्यान्न लगायतका बालीनालीमा हुनसक्ने क्षति रोक्न तिनलाई परिचालन गर्ने निर्णय गरेको हो । सोमबारबाट प्रदेशका जिल्लाहरूमा सलह नियन्त्रणका लागि काम थाल्ने गरी निर्णय भएको जानकारी दिँदै उहाँले प्राविधिक समितिले सलह पुगेको क्षेत्रको खोजी, क्षतिको विवरण सङ्कलन, सलह नियन्त्रण एवं रोकथामका लागि गर्नुपर्ने उपायहरूको सिफारिस गर्ने बताए ।

काभ्रेमा सतर्कता
काभ्रेपलाञ्चोक समाचारदाता मधुसुधन तिमल्सिनाका अनुसार जिल्लाको खानीखोला गाउँपालिकामा सलह कीरा आएपछि जिल्लाका १३ वटै स्थानीय तहलाई सतर्क गराइएको छ । कृषि ज्ञान केन्द्रका प्रमुख डा. जनार्दन खड्काले काभ्रेपलाञ्चोक र सिन्धुपलाञ्चोक जिल्लाका २५ पालिकामा सलह कीराको रोकथाम र नियन्त्रणका लागि प्राविधिक जानकारी र सम्पर्क व्यक्ति बाली संरक्षण अधिकृतसमेत तोकेर पत्र पठाइसकेको जानकारी दिए ।

सिन्धुलीमा सङ्क्रमण बढ्दै
सिन्धुली समाचारदाता बाबुराम देवकोटाका अनुसार जिल्लाको कमलामाई नगरपालिकाको विभिन्न ठाउँमा भारतबाट प्रवेश गरेको सलह कीरा फट्याङ्ग्राको झुण्ड देखिएको छ । नगरपालिका–२ खोल्माडाँडा, खोपी खर्क, चियाबारी, सीमबारी, लामीस्वारा, मुडेखर्क, खुर्सानीडाँडा, ८ को कर्करे माइस्थान र १० को भँडार, बाघमारा क्षेत्रमा सलह देखिएको नगरपालिकले जनाएको छ ।

चितवनमा पनि सलह कीराको प्रभाव
यसैबीच चितवन समाचारदाता वसन्त पराजुलीका अनुसार चितवनमा पनि सलह कीराको प्रभाव देखिएको छ । ठूलो सङ्ख्यामा आएका सलहले जिल्लाका विभिन्न क्षेत्रको बाली खान लागेको कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख राजन ढकालले जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ओलिले संसद अधिवेशन अन्त्य गरेर अधिनायकवादीको बाटो अपनाए : नितिश गुप्ता

कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्दै

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेकपाको आन्तरिक किचलो चरमोत्कर्षमा

दिपा भण्डारीको अध्यक्षतामा राष्ट्रिय स्वयंसेवक संघ नेपाल युवा संगठन डडेलधुराको गठन

गलकोट नगरपालिकाद्वारा पत्रकार थापा सम्मानित

ॐ लेख्दै वि.सं. २०७७ असार १९ गते शुक्रबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

त्रिशुली मा जीप झर्यो / पुरा दिन खोजी गर्दा पनि भेटिएन

संजय श्रीपालको घर बिगारा भाग-२ सार्वजनिक ।।

महानगरपालिकाले सलह कीरालाई नियन्त्रण लिएर बुझाएमा प्रोत्साहन रकम दिने