ब्राजिलमा कोरोनाबाट ५५ हजारको मृत्यु !

प्रकाशित मिति: १२ असार २०७७, शुक्रबार

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेको कुल संख्या २५ लाख नाघेको छ । विभिन्न तथ्यांक निकाल्ने संस्था वर्ल्डो मिटर्सका अनुसार अमेरिकामा शुक्रबार बिहानसम्म कुल संक्रमित संख्या २५ लाख ४ हजार ५८८ पुगेको छ । बिहीबार एकै दिन मात्र त्यहाँ ४० हजारभन्दा बढी जनामा संक्रमण पुष्टि भएको छ । यो अघिल्ला दिनहरूको तुलनामा निकै बढी हो । अमेरिकामा हालसम्मकै बढी दैनिक संक्रमणका केस बिहीबार नै फेला परेका हुन् ।

अमेरिकामा पछिल्लो समय कोरोना भाइरस संक्रमण तीव्र हुँदै गए पनि भाइरस कमजोर हुँदै गएको बताइन्छ । किनकि संक्रमण दरको तुलनामा मृत्युदर घटिरहेको छ भने निको हुनेको संख्या पनि बढिरहेको छ । अहिलेसम्म अमेरिकामा १० लाख ५२ हजारभन्दा बढी मानिस पूर्ण रूपमा निको भइसकेको जनाइएको छ । पछिल्लो २४ घण्टामा (बिहीबार) त्यहाँ ११ हजार मानिस निको भएका छन् । यद्यपि अझै १२ लाख २५ हजारभन्दा बढीमा कोरोना भाइरस सक्रिय रहेको छ ।

तर अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या विश्वमै अधिक रहेको छ । त्यहाँ हालसम्म १ लाख २३ हजार ७८० जनाको भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ । बिहीबार त्यहाँ कोरोनाबाट ६४९ जनाको मृत्यु भएको छ । मृत्युका केसहरूमा भने दैनिक उतारचढाब जारी छ । अघिल्लो दिन त्यहाँ ८१२ को मृत्यु भएको थियो । उता अमेरिकालाइ पछ्याइरहेको ब्राजिलमा भने संक्रमण दर तीव्र रूपमा बढिरहेकै छ । ब्राजिलमा पछिल्लो समय संयुक्त राज्य अमेरिकाको भन्दा पनि बढी दैनिक मृत्यु र संक्रमणका केस फेला परिरहेका छन् । बिहीबार त्यहाँ पनि दैनिक संक्रमित संख्या अमेरिकाकै हाराहारी ४० हजारबढी फेला परेका छन् ।

ब्राजिलमा बिहीबार एकै दिन ४० हजार ६७३ जनामा संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसकै कारण त्यहाँ बिहीबार १ हजार १८० जनाको मृत्यु भएको छ । अघिल्लो दिन बुधबार पनि त्यहाँ १ हजार १०३ जनाको ज्यान गएको थियो भने ४० हजार ९ सयभन्दा बढी नयाँ संक्रमित थपिएका थिए । अहिलेसम्म ब्राजिलमा कोरोना संक्रमणका कारण कुल ५५ हजार ५४ जनाले ज्यान गुमाइसकेका छन् । तर त्यहाँ निको हुने दर पनि बढी छ । ब्राजिलमा हाल कोरोना संक्रमित कुल संख्या १२ लाख ३३ हजार नाघेको छ भने निको हुनेको संख्या ६ लाख ४९ हजार नाघेको छ । हाल त्यहाँ ५ लाख २८ हजार मानिस संक्रमित अवस्थामै छन् ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ओलिले संसद अधिवेशन अन्त्य गरेर अधिनायकवादीको बाटो अपनाए : नितिश गुप्ता

कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्दै

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेकपाको आन्तरिक किचलो चरमोत्कर्षमा

दिपा भण्डारीको अध्यक्षतामा राष्ट्रिय स्वयंसेवक संघ नेपाल युवा संगठन डडेलधुराको गठन

गलकोट नगरपालिकाद्वारा पत्रकार थापा सम्मानित

ॐ लेख्दै वि.सं. २०७७ असार १९ गते शुक्रबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

त्रिशुली मा जीप झर्यो / पुरा दिन खोजी गर्दा पनि भेटिएन

संजय श्रीपालको घर बिगारा भाग-२ सार्वजनिक ।।

महानगरपालिकाले सलह कीरालाई नियन्त्रण लिएर बुझाएमा प्रोत्साहन रकम दिने