कोरोना कहर, वैदेशिक रोजगार र अबको बाटो

प्रकाशित मिति: ११ असार २०७७, बिहीबार

नेपाल लगायत विश्व आज कोरोना भाइरसबाट विछिप्त अवस्थामा लडिरहेको छ । आज विश्वको जनजीवन सँगै  अर्थतन्त्र तहस नहस बनेको छ । लाखौँ मानिसको ज्यान लिएको यो कोरोनाका कारण जनजीवन कष्टकर बन्दै गएको छ । यसले देशको अर्थतन्त्रमात्र होइन  सम्रग विश्व अर्थतन्त्रमा आघात पुर्‍याएको छ । कोरोनाले सयौँ वैदेशिक रोजगारमा गएका नेपालीहरुको अमूल्य जीवन यसले समाप्त पारेको छ । युवाहरु देश निर्माण र विकासका प्रमुख आधार खम्बा हुन् । जोश, जाँगर , उद्यमशील ,गतिशील ,बल, विवेक, आकाङ्क्षा, बोकेका लाखौं युवा शक्ति राज्यको सही नीति र योजनाको अभावमा वैदेशिक रोजगारमा जानु परेको छ । बेरोजगार मुख्यसमस्या रहे तापनि सरकारले यसको अध्ययन गरी ठोस योजना निमार्ण गर्न सकेको छैन । आज नेपालमा युवाहरु स्वदेशमा बेरोजगार भइ भौतारिरहेका छन् र विदेशिएका छन् । युवाहरुले कमाएको पैसा नेपाल आएपनि फेरि खरिदको लागि अरबौं रकम पनि पलायन भएको छ ।

मानव संसाधन राष्ट्रको अमूल्य स्रोत हो । कुनै मुलुकमा रहेका दक्ष, अर्ध दक्ष र अदक्ष जनशक्ति विश्व बजारमा रोजगारीको लागि जाने र रोजगार गर्नुनै वैदेशिक रोजगार, हो । एक मुलुकको श्रम बजारको श्रम शक्ति अर्को मुलुकमा गई वैदेशिक रोजगारगरी वैदेशिक मुद्रा आर्जन गर्नुृलाई वैदेशिक रोजगार भनिन्छ । गरिबीको कारणले नेपाली कामदारहरु रोजगारीको खोजीमा विदेशीने क्रम दिनानुदिन तिव्र  बनेको छ । नेपालबाट वैदेशिक रोजगारीको लागि दक्ष, अर्ध दक्ष र अदक्ष जनशक्ति विश्व बजारमा गइ वैदेशिक मुद्रा आर्जन गरेका छन् । वैदेशिक रोजगारको ठूलो हिस्सा करिब ८६ प्रतिशत अरब राष्ट्रले ओगटेका छन् । नेपाली कामदारको गन्तब्य भनेको खाडी मुलुक , कतार,ओमान, यु.ए.ई., कुबेत, साउदी अरब, बहराइन, जापान मलेशिया, दक्षिण कोरिया लगायत छिमेकी राष्ट्र भारतमा कृषि, खानी, चिया बगान, रबर उद्योग आदिमा काममा संलग्न भइरहेका छन् । वर्षेनी वैदेशिक रोजगारबाट नेपालमा ठूलो परिणाममा रकम भित्रिएतापनि त्यो रकम उत्पादनशील क्षेत्रमा नभई उपभोग्य बस्तु र बिलासिताका सामग्रीहरु खरिद गर्नका लागि खर्चेको अवस्था छ । तर उनीहरुले देशमा पठाएको विप्रेषणको उचित प्रयोग हुन सकेको छैन् । वर्तमानमा विकसित तथा विकासोन्मुख देशहरुमा वैदेशिकरोजगारले अविकसित र विकासोन्मुख राष्ट्रका युवा युवतीहरुलाई आकर्षित गरेको छ् । नेपालको श्रम बजारमा हरेक बर्ष झन्डै ६ लाख युवा युवतीहरु आउने गर्दछन् भने वैदेशिक रोजगार तथ्याङ्क विभागका अनुसार वि.सं. २०४२ साल यता नेपालबाट करिब ४० लाख युवा युवती वैदेशिक रोजगारको लागि विश्व बजारमा रहेका छन् । विश्व बजारमा नेपालीहरुले गर्ने काम अत्यन्तै कठिन,सर्घषमय र जोखिमयुक्त छ । वैदेशिक रोजगारको प्रभाव सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा परेको छ । नेपालमा वैदेशिक रोजगारमा जाने चलन धेरै पहिलेदेखि भएको भएतापनि सरकारी तबरबाट त्यसको लगत राख्ने काम सन् १९५० को दशकमा भएको हो । यस समयमा मानिसहरू भारतको सिलगुडी, आसाम, मेघालय, दार्जलिङ आदि क्षेत्रमा कामको खोजीमा जाने गरेको पाइन्छ । पछिल्लो समय विश्वव्यापीकरण तथा भूमण्डलीकरणको प्रभावका कारण अल्पविकसित तथा विकासोन्मुख राष्ट्रबाट वैदेशिक रोजगारमा जाने युवा युवतीहरुको संख्या अप्रत्याशित रुपले बढेको छ । एक देशका नागरिकहरु रोजगार, उच्च शिक्षा, श्रम व्यापारका लागि अर्को देशमा गइरहेका छन् । अविकसित राष्ट्रका बेरोजगार युवाहरु वर्षेनि रोजगारमा १०९ राष्ट्रमा जाने अनुमति श्रम तथा वैदेशिक रोजगार विभागले संस्थागत व्यवस्था गरेको छ । नेपाली युवा युवतीहरुको  वैदेशिक रोजगारको ठूलो हिस्सा अरब राष्ट्रले ओगटेको छ । खाडी मुलुक बाहेक मलेशिया, दक्षिण कोरिया, अमेरिका, अष्ट्रेलिया, जापान, फ्रान्स आदि राष्ट्रमा हजारौँ युवा युवतीहरु कामको खोजीमा विदेशिने क्रम बढेको छ । तर विश्व बजारमा नेपालीहरुले गर्ने काम कठिन प्रकृतिका छन् । यस्तो कठिन, दुःख, मेहनत गरी कमाएर पठाएको रकम सही सदुपयोग हुन सकेको छैन् । नेपालमा वर्षेनि वैदेशिक रोजगारबाट ठूलो परिमाणमा रकम भित्रिएको छ । तापनि त्यो रकम उत्पादनशील क्षेत्रमा भन्दा उपभोग्य बस्तु र बिलासिताका सामग्रीहरुमा खर्चेको अवस्था छ ।

नेपालका हरेक समुदायको आफ्नै विशिष्ट पहिचान, संस्कार र संस्कृति छ । तथापि प्रत्येक समुदायका आ-आफ्नै खालका समस्या छन् । तीमध्ये मुख्य समस्या जीविकोपार्जनको पेशा हो । कृषि पेशालाई आधुनीकिकरण गर्न नसकिए पनि यो पेशामा करिब ७४५ मानिसहरु निर्भर छन् । यहाँ ४३५ बेरोजगार र २५५ मानिस गरीबिको रेखामुनि छन् । व्यवसायिक र आधुनिकीकरण गर्न नसक्नुले गुजारामुखी पेशाको रुपमा कृषिलाई लिइएको छ । तथापि अदृष्य बेरोजगार बढिरहेको छ । बढ्दो जनसंख्या, कृषिमा आधुनिकीकरण हुन नसक्नु, भएका पुराना उद्योग धन्दा तथा कल कारखान बन्द गरिनु , देशमा रोजगारीको अवसर नपाउनु, रोजगारीको अवसर पाए पनि उचित तलब भत्ता नपाउनु कृषि पेशालाई आधुनीकिकरण गर्न नसकिनु , गुजारामुखी पेशाको रुपमा कृषिलाई लिइनु ,कृषिलाई व्यवसायीकरण तथा आधुनिकीकरण गर्न नसक्नु, करिब २४५ मानिसहरु निरपेक्ष गरिबीको रेखामुनी हुनु, परम्परागत खेती प्रणाली, सिंचाइको अभाव, बजार व्यवस्थाको अभाव, बन विनास तथा भूक्षय, बढ्दो जनसंख्या र औद्योगिकिकरणको कमी आदि कारणले नेपाली युवाहरु विदेशिन बाध्य छन् । देशभित्र स्वरोजगार सिर्जना गर्ने खालको वातावरण नभएकाले वर्षेनि कामको खोजीमा करिब ५ लाख ३८ हजार युवा युवतीहरु विश्व श्रम बजारमा जाने गरेका छन् भने बहुसंख्यक नेपालीहरु खाना, नाना र छाना, स्वास्थ्य, शिक्षा र रोजगारविहिन अवस्थाको दर्दनाक समस्याले पिल्सिरहेका छन् ।

प्राकृतिक स्रोत र साधनको परिचालन गर्न नसकेकोले  देशमा भएको जनशक्ति त्यसै खेर गइ रहेका छ र वर्षेनी तयार हुने श्रम शक्तिलाई बेरोजगार भइरहेको छ । यसैले वैदेशिक रोजगार युवा युवतीहरुको लागि बाध्यता भएको छ । तर  नेपाल सरकारले देशमा यति ठूलो बेरोजगारी समस्या हुँदा पनि देशका उद्योगहरु सन्चालन, विकास निर्माण कार्य अगाडि बढाएर रोजगार बढाउन नसकेको अवस्था त छदै छ विदेशमा गएकाको अवस्था, रोजगारमा रहेको समस्या, तलब, स्वास्थ्य अवस्थाको बारेमा राज्यको ध्यान पुग्न सकेको छैन । दैनिक त्रिभुवन विश्वविमानस्थलमा ७-१५ जना वैदेशिक रोजगारमा गएर नेपाली दाजुभाइ दिदीबहिनीहरु बन्द बाकसमा उतै प्राण आहुति गरी फर्किन विवश छन् । यो कहाली लाग्दो अवस्था आउनुमा देशको शिक्षा प्रणाली, शासनव्यवस्था, राजनीतिक अवस्था, गरिबी लगायत सामाजिक, आर्थिक, सांस्कृतिक कारणहरु जिम्मेवार छन् । देशको शिक्षा प्रणाली वेरोजगार उत्पादन गर्ने र विदेशमा जान प्रोत्साहन गर्ने खालको छ । स्वदेशमा पढेको शिक्षा, यहाँ प्राप्त गरेको सीप, दक्षता, क्षमता, विदेशी न परिवेश अनुसारको छ नत नेपाली कृषि र माटो अनुसारको छ त्यसैले नेपालीहरु विदेशीन वाध्य भएकमा छन् ।  बेदेशिक रोजगारमा जाने व्यक्तिहरुको आर्थिक अवस्था कस्तो छ रु वैदेशिक रोजगारले सामाजिक सम्बन्धमा के कस्तो प्रभाव पारेको छ रु वैदेशिक रोजगारमा जानेहरुको पारिवारिक अवस्था कस्तो छ र विप्रेषणको उपयोग कुन कुन क्षेत्रमा भएका छ रु,वैदेशिक रोजगारमा के कस्ता खालका समस्या छन्  रु वैदेशिक रोजगारले नेपाली समाजमा के कस्तो प्रभाव पारेको छ  रु कामदारको आर्थिक स्तर, पारिवारिक अवस्थामा के कस्तो फेरबदल आएको छ  रु प्रवासमा रहँदा सिकेका ज्ञान तथा सीपको अवस्था कस्तो छ  रु भनी चासोदिन सकेको छैन ।

नेपालबाट वैदेशिक रोजगारीका लागि जोश, जाँगर तथा उद्यमशील भावना भएका युवा युवतीहरु गइरहेका छन् । विदेशमा रहँदा उनीहरुले ज्यादै कठिन भन्दा कठिन कार्यहरु गर्नु परेको अनुभव बनाउँछन् वैदेशिक रोजगारमा संलग्न हुने व्यक्तिहरु काममा रहेको बेलासँगै बस्ने, खाने, उठबस हुने हुँदा नेपाल फर्किसके पछि पनि ठूलो र सानो जातका मानिसहरु सार्वजनिक स्थल, भोज भतेर, पिकनिक आदिमासँगै बस्ने खाने गतिविधिहरु भइरहँदा समाजमा जातिगत रुपमा रहेको कट्टरता र विभेद बिस्तारै हराउँदै गएको छ । यसले सामाजिक सम्बन्धमा प्रगति भएको देखिन्छ । वैदेशिक रोजगारमा संलग्न हुनुले घरभित्रको काममा सीमित महिलाहरु सामाजिक कार्यक्रममा सहभागी हुने, विकासका क्रियाकलापमा सक्रियता देखाउन आकर्षित भएको पाइन्छ ।  यस्ता क्रियाकलापहरुले गर्दा परम्परागत सोच, लैङ्गिक विभेदको स्वरुपमा फेरबदल आएको छ । सामाजिक नीति निर्माण तथा निर्णय प्रक्रियामा महिलाहरुको भूमिका बढेका पाइन्छ । पछिल्लो समयमा वैदेशिक रोजगारमा जाने महिलाहरुको संख्या बढ्दै गएको छ । यस्तै वैदेशिक रोजगारबाट फर्किसके पछि राम्रो घर बनाउने, सहरमा घरेडी किन्ने तथा जग्गा जमिनमा लगानी हुने गरेको छ । यसरी विश्व बजारमा पाइने उपभोग्य वस्तुको उपयोग गर्न विप्रेषणले सहज तुल्याएको छ । यसरी ग्रामीण भेगमा बस्ने मानिसहरु समेत बजारमूखी भइ कृषि पेशाको बिकल्पमा अन्य पेशाहरु (व्यापार, व्यवसाय, नोकरी) अपनाएको देखिन्छ । यसरी परम्परागत कृषि पेशामा विस्तारै विस्तारै परिवर्तन आउन थालेको देखिन्छ । वैदेशिक रोजगारबाट प्राप्त आम्दानीले आफ्नो सामाजिक  र आर्थिक अवस्थामा सकारात्मक परिवर्तन आएको छ ।  वैदेशिक रोजगारीमा जानु पूर्व आफ्नो घर खर्च चलाउन गाउँका साहु महाजनबाट ऋण लिन गरिए पनि वैदेशिक रोजगारबाट फर्किए पछि साहुको ऋण तिरी अन्य आवश्यकताहरु पुरा गर्ने गरिएको छ । केही समय वैदेशिक रोजगार गरेर आफ्ना देशमा फर्की व्यापार, होटल व्यवसाय, स्थानीय सहकारीमा रोजगारी तथा साना तिना उद्योगहरु खोली संचालन गरी सम्बन्धित क्षेत्रमा सफलता प्राप्त गरेको देखिएको छ । । वैदेशिक रोजगारमा संलग्नहरुको शिक्षा र अङ्ग्रेजी भाषा प्रतिको मोह अत्याधिक बढेकोले आफ्ना सन्तानहरुलाई संस्थागत विद्यालयमा पढाउन थालेको पाइन्छ ।

यो  बिषम परिस्थितिमा वैदेशिक रोजगारमा संलग्न मानिसहरुले रोजगारीबाट प्राप्त गरेको पैसा पुनः उत्पादन हुने क्षेत्रमा कम खर्च गरेको छ । शृङ्गारका सामान, महंगा मोबाइल तथा विद्युतीय उपकरणको खरिद, बिलासी जीवन शैलीका कारणले कमाएको पैसालाई बचाउन नसकेको देखिन्छ । धेरैजसो परिवार बजारमुखी भएका छन् । वैदेशिक रोजगारमा जाने नेपालीहरुले त्यहाँ काम गरी कमाएको पैसा त्यहाँबाट फर्किदा खेरी मोबाइल, घडी, ल्यापटप, टी.भी., लत्ता कपडा तथा साथी भाइहरुलाई आकर्षक उपहार ल्याइदिने नाममा आफुले कमाएको पूँजी त्यहिँ खर्च गरेर आएको पाइन्छ । यसले क्रमशः हामीलाई परनिर्भरताको स्थिति सिर्जना गराइ दिएको छ ।  युवा युवतीहरु वैदेशिक रोजगारमा संलग्न भएको कारणले गर्दा गाउँमा केटाकेटी, महिला, अशक्त तथा वृद्ध वृद्धाको संख्या उल्लेख्य छ । जसको परिणाम सामाजिक कार्यक्रम, विकास निर्माणका क्रियाकलाप, सार्वजनिक स्थलमा गरिने सभा सम्मेलन, राजनैतिक कार्यक्रममा युवा पुस्ताको उपस्थिति दिन दिनै घटि रहेको छ । सक्रिय र क्रियाशील जनशक्ति विदेश पलायन हुँदा गाउँ घरका खेतीयोग्य जमिनहरु बाँझिने क्रम बढी रहेको छ । देशमा व्याप्त बेरोजगार र बिकल्प नहुँदा वैदेशिक रोजगारलाई घरबाट निस्केदेखि काम गर्ने स्थान सम्म पुगुन्जेल सयौँ पटक उनीहरु ठगीनु परेको छ । गाउँ घरमा बेसाहारा बुढेसकालका बुबा आमाहरु महिला र केटाकेटी रहेकोले गर्दा जन्ती, मलामी लागाएत सामुदायिक वा सामुहिक कार्यमा युवाहरुको सहभागिता ज्यादै न्युन रहेकोले जटिल स्थिति सिर्जना भएको छ । वैदेशिक रोजगारका कारण कतिपय परिवारहरु छुट्टिएर बस्नुपर्दा पारिवारिक सम्बन्धमा तनाब र परस्पर अविश्वास तथा अनैतिक सम्बन्धका कारण दोस्रो विवाह तथा सम्बन्ध विच्छेद गर्नेसम्मको स्थिति सिर्जना भएको छ । वर्तमान अवस्थामा वैदेशिक रोजगारले व्यक्ति,परिवार तथा सामाजिक सम्बन्धमा सुधार आए पनि दिर्घकालीन रुपमा रहिरहन सक्दैनन ।  किनकि हाम्रा यूवायूवतीहरु सिपको अभावले सस्तो ज्यालामा आफ्नो पौरख र पसिना विदेशी भुमिमा बगाउन बाध्य र कष्टकर पेशामा संलग्न छन् ।

यसरी र युवाहरुलाई राज्यले ध्यान नदिंदा देशको श्रमशक्ति विदेशिएर देशको सम्वृद्धिमा बाधा पुग्न गइ देश दुर्गतितिर फसिरहेको छ र परनिर्भताको स्थिति सिर्जना भएको छ । देशको कृषि क्षेत्रमा खेती गर्ने मानिसको अभाव भएको छ । युवा जनशक्ति पलायनले देशमा श्रमशक्तिको अभाव हुँदा देश विकास हुन सकेको छैन । तसर्थ देशका  समस्या समधान गर्न आवश्यक ठोस योजना तर्जुमा गर्नु आजको आवश्यकता बनेको छ । देशलाई समृद्धि बनाउन सामाजिक, सांस्कृतिक, राजनीतिक, आर्थिक सबै क्षेत्र बलियो बनाउन युवाशक्तिको संरक्षण र परिचालन गर्नु  आवश्यक छ । देश विकास र समृद्धिको लागि युवा प्रधान रहेकाले युवा पलायनको विषयवस्तुलाई गहिरो रुपमा अध्ययन, अनुसन्धान गर्नु अति आवश्यक बनेको छ । अब देशमा भएका स्रोत साधन, जनशक्ति, पूँजीलाई एकिकृत गरी देश विकासका काममा यूवाहरुलाई परिचालन गर्न सकेमा देशलाई समून्नत बनाउन सकिन्छ । विदेशमा जाँदा युवाले गर्ने ठूलो धनरासीलाई स्वदेशमा परिचालन गर्न सके, यूवाको वैदेशिक लगानीमा जान लाग्ने खर्चले २—३ जनालाई स्वरोजगार बनाउन सकिन्छ । भूकम्प पीडितका घर बनाउन श्रमिकको अभाव छ । यूवाहरुलाई १-२ महिनाको तालिम दिएर पुननिर्माणको काममा खटाउन सके आफ्नो देश आफै निर्माण गर्न सकिन्छ । पहाडी देश स्विजरल्याण्ड, मरुभूमिको देश इजरायल र प्राकृतिक स्रोत साधनले कमि हिजोको जापानको विकास र दिगो विकासलाई आत्मसाथ गरी पाखुरीको वल, आत्म विश्वास, एकताको भावना र स्रोत साधनको पूर्ण प्रयोग गर्न योग्य जनशक्ति सदैव उत्पादन गर्नमा क्रियाशिल रहनु पर्दछ ।
विदेश जानुपूर्व घरको काम गर्न नचाहने यूवाहरु विदेशको परिवेश बुझेर फर्केपछि कुखुरा, बाख्रा, बङ्गुरपालन, गाईभैसी पालन, कृषि तरकारी खेतीमा अग्रसर रहेका छन् । उनीहरुलाई राज्यले उचित मूल्याङ्कन गरी आवश्यक सहयोग प्रदान गर्नुपर्दछ । विप्रेषणको रकम भन्दा यहाँ पसिना बगाएको मूल्य बढी हुन्छ । आफ्नो परिवारसँग दुःख जिलोमा जिउन पाउनु अमूल्य अवसर हो । उमेर र अग्रता रहँदासम्म विदेशिनु बुढेसकालमा घरमा फर्केर मनोवैज्ञानिक असर खेपेर बस्नु भन्दा ‘जननी जन्म भूमिस्य स्वर्गादपी गरियसी ’भन्ने मूल मन्त्रलाई आत्मसाथ गरी नेपाली आमालाई सम्मान गर्न र स्वदेशमा रमाउने बानीको विकास गर्न सबै यूवा तयार हुनुपर्दछ । यसैगरी राज्य स्तरबाट पनि आवश्यक प्रबन्ध मिलाई बौद्धिक पलायन, यूवा पलायनलाई रोकी नेपाल निर्माणमा पूर्ण सहभागिता जुटाउन ढिला नगरी अग्रसर हुन अत्यन्त आवश्यक छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ओलिले संसद अधिवेशन अन्त्य गरेर अधिनायकवादीको बाटो अपनाए : नितिश गुप्ता

कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्दै

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेकपाको आन्तरिक किचलो चरमोत्कर्षमा

दिपा भण्डारीको अध्यक्षतामा राष्ट्रिय स्वयंसेवक संघ नेपाल युवा संगठन डडेलधुराको गठन

गलकोट नगरपालिकाद्वारा पत्रकार थापा सम्मानित

ॐ लेख्दै वि.सं. २०७७ असार १९ गते शुक्रबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

त्रिशुली मा जीप झर्यो / पुरा दिन खोजी गर्दा पनि भेटिएन

संजय श्रीपालको घर बिगारा भाग-२ सार्वजनिक ।।

महानगरपालिकाले सलह कीरालाई नियन्त्रण लिएर बुझाएमा प्रोत्साहन रकम दिने