तिज कोसेली महामारी काण्ड सार्वजनिक…

प्रकाशित मिति: ११ असार २०७७, बिहीबार

उमंग म्युजिक प्रा लि, काठमाडौले गत बर्ष जस्तै यस बर्ष पनि नेपालीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर तिज महामारी काण्ड २०७७ सार्वजनिक गरेको छ ।


विश्वभर महामारीको रुपमा फैलिएको ( कोभिड-१९ ) कोरोना भाइरसले नेपाली समाजमा पारेको प्रभाव , सामाजिक सांस्कृतिक परम्परामा पुर्याएको बाधा लगायतका बिषयमा केन्द्रित रहेर तिज कोसेली महामारी काण्ड बजारमा ल्याएको उत्पादक कम्पनी उमंग म्युजिक प्रा लि ले जनाएको छ ।
कोरोना भाइरसका कारण नेपाली नागरिकहरुले पाएको दुःख,कष्ट,भोकभोकै सुत्न परेको मजदुरको पीडा,घरपरिवारबीच कोरोनाका कारण मनोवैज्ञानिक असर, राहतपनि नपुग, विदेशमा बसेका नेपालीहरुलाई घरमा बसेका आमाबाबाले सम्झिएर रुदै बसेका कथा, विहे/व्रतबन्ध रोकिएको,मलामी जान समेत डराउनु परेको र छरछिमेकीले समेत ज्वरो, हाँछ्यू आउँदा पनि गलत नियतले हेर्ने गरेका र संसारमा ठूलो धन मान्ने चलनलाई कोरोनाले तोड्दिएको समेत गीतमा समेटिएको छ ।
दुख कष्ट समेटिएको गित भनिएता पनि गीतमा
भावुकमात्र नभएको र सन्देशमूलक भएको गायक पुरुशोत्तम पौडेलले जानकारी दिनुभयो । कोरोनाको कहरबाट मुक्ति पाउनका लागि समेत यो गीतले नयाँ सन्देश प्रवाह गरेको छ । कोरोनाबाट बच्न र यसले पार्ने नकारात्मक असरबाट जोगिन गीतले सबैलाई अनुरोध समेत गरेको छ ।

उक्त कोसेली महामारी काण्डमा चर्चित लोक तथा दोहोरी गायक पुरुशोत्तम पौडेल र खेम सेन्चुरी सर्मिला गुरुङ तथा गायिका र देवि घर्तीको स्वर रहेको छ । भने अभिनय तर्फ चर्चित हायस्यब्यङ्गयकार राम चन्द्र अधिकारी( गोप्ते काजी) , रमा थपलिया , अन्जली अधिकारी , खेम सेन्चुरी र शिब पौडेलको रहेको छ । यस्तै गीतको निर्देश तथा छयाङ्कन दुर्गा पौडेलले गर्नुभएको र सम्पादन शिब पौडेलले गर्नुभएको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ओलिले संसद अधिवेशन अन्त्य गरेर अधिनायकवादीको बाटो अपनाए : नितिश गुप्ता

कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्दै

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेकपाको आन्तरिक किचलो चरमोत्कर्षमा

दिपा भण्डारीको अध्यक्षतामा राष्ट्रिय स्वयंसेवक संघ नेपाल युवा संगठन डडेलधुराको गठन

गलकोट नगरपालिकाद्वारा पत्रकार थापा सम्मानित

ॐ लेख्दै वि.सं. २०७७ असार १९ गते शुक्रबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

त्रिशुली मा जीप झर्यो / पुरा दिन खोजी गर्दा पनि भेटिएन

संजय श्रीपालको घर बिगारा भाग-२ सार्वजनिक ।।

महानगरपालिकाले सलह कीरालाई नियन्त्रण लिएर बुझाएमा प्रोत्साहन रकम दिने