कोरोना विरुद्ध स्थानिय तहहरु : सकस, साहास र सम्झौता

प्रकाशित मिति: १० असार २०७७, बुधबार

कोरोनाको विरामी टेकु अस्पतालमा भर्ना भयो भन्ने थाहा पाउदाँ आफुसंग भएका एन ९५ ओरिजिनल माक्स सवै सक्काइयो , आज कहिल्यै नदेखेको केएन ९५ को भरमा पिसिआर र आरडिटि गरीदैछ र अव समुदायमा कोरोना फैलिनु संगसंगै मरणोपरान्त कारण खोज्न बाहेक अन्यथा परिक्षण नहुने दिन नजिकिदैछ जस्तो आभास भइरहेको छ । यस्तो अवस्थामा स्थानिय तहहरुले समुदायमा संक्रमण हुनबाट जोगाउन केहि उपाएहरु अपनाउनु जरुरी छ । प्रदेश वा संघिय सरकारको सहयोग, उचित सहकार्य र लागु गर्न सकिने खालको योजना तयार भएमा हामी कोभिड १९ लाइ स्थानिय सरकारको संघारबाटै फर्काउन सक्षम हुनेछौं । स्थानिय सरकारहरु उपयुुक्त स्थानमा जनस्वास्थ्यको दरवन्दि खालि हुदाँ सवैभन्दा ठुलो सकसमा परेका छन । स्थानिय तहको स्वास्थ्य शाखा समाल्ने प्राय जनशक्ति अहेव र हेअ मात्र छन । यो माहामारी निर्देशन बमोजिमका गतिविधि संचालन गर्न अव्यस्त कर्मचारीले फरक सोच र योजना वनाउन पाइदैनकि भन्ने डर नै स्थानिय तहका स्वास्थ्य शाखाको कमजोरी हो । माहामारी व्यवस्थापनमा मध्यम स्तरको जनशक्तिले तयारी गरिएका योजना अन्र्तगतका कार्यक्रम गर्नसक्ने क्षमता राख्दछ तर व्यवस्थापकीय योजना वनाउन र समुदाय परिचालन गर्न अलिक अप्ठ्यारो पर्दछ ।

फलस्वरुप जनस्वास्थ्यले गर्नुपर्ने विशेष निर्णयहरु स्थानिय तहका प्रशासन तथा जनप्रतिनिधि मण्डलले गर्नुपर्ने वाध्यता हुन्छ । एक त माहामारी त्यसमाथि हचुवाका भरमा गरिने निर्णय अर्को माहामारी । फरक क्षेत्रबाट गरिने अपरिपक्क निर्णयले माहामारी व्यावस्थापनमा चुक्नुपर्ने र ठुलो धनजनको क्षतिहुने प्रायः निश्चित छ । सिंगो समुदायलाइ संक्रमण बाट जोगाउन व्यावस्थित क्वारेन्टाइन बनाउने देखि पोजेटिभ र संकास्पद केसहरुको गतिलो व्यवस्थापनमा स्थानिय तहहरुको एकरुपता नहुदाँ कुनै स्थानिय तह कठोर भइरहेका छन भने कुनै स्थानिय तहहरु क्वारेन्टाइन भित्रकै अन्र्तरसंक्रमणको सिकार भएको पाइएको छ । माहामारी आफैमा एक अदभुत सिकाइ रहेछ, हरेक व्याक्तिले आफैले गल्ति गरेर सिक्नुपर्ने स्थिति नभएको वर्तमान परिवेशमा हामीहरु अन्य स्थानमा भएका कमजोरीहरु आफ्नो स्थानिय तहमा दोहोरिन नदिने गरि अगाडि वढेमा कम भन्दा कम मानविय क्षतिसहित कोरोना भाइरसको संक्रमण बाट पार पाउनेछौं अन्यथा संक्रमण फैलिएमा हुने हानि हामीले आँकलन गरेभन्दा खराव हुनेछ। सामान्य अवस्थामा सिंगो वडाभरीमा एक जनामात्रा मानिसको देहान्तमा हुने शोकको अवस्था र माहामारी फैलिएर टोल टोलमा एकैपटक लाशहरु विशेष शर्तकताका साथ व्यावस्थापन गर्नुपर्ने चुनौतिको परिकल्पना स्थानीय सरकारका अंगहरु (जनप्रतिनिधिहरु), स्वास्थ्यकर्मी तथा अन्य कर्मचारी , शिक्षक तथा समाजसेविहरुले महशुस गरेनन् भने कसैगरीपनि समुदाय संक्रमणबाट बच्न सकिने छैन ।

कहिल्यै नसुनेको नाम आइसोलेसन र क्वारेन्टाइन अहिले सामान्य मानिसले समेत सजिलै वुझ्न थालेका छन । प्रमुख जिल्ला अधिकारी अध्यक्ष हुने र सम्पुर्ण सूरक्षा जिम्मा सेनालाइ दिने भनिएका क्वारेन्टाइनहरु आज स्थानिय वडाका वडा अध्यक्ष तथा निर्वाचित वडा सदस्यहरुले सहर्ष हाँकिरहेको छन । संकास्पद विरामी हेर्न स्थानिय स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु कत्तिपनि हिचकिचाएका छैनन । एउटै विरामी हेर्दा ठनठनी काँपेका कोरोना विशेष अस्पतालको तुलना दशौ कोरोना पोजेटिभ केशहरु महिनौ फेस गर्ने क्वारेन्टाइन व्यावस्थापन टिम (स्वास्थ्यकर्मी, जनप्रतिनिधि , स्वयमसेवक र सूरक्षाकर्मी) स्थानिय तहको साहास देख्दा गर्व लागेको छ । विदेशबाट कोरोना भाइरस वोकेर आएका व्याक्तिलाइ क्वारेन्टाइनबाटै व्यावस्थापन गर्न सकेमा अमुल्य मानवजिवन वचाउन पालिकाहरु सफल हुनेछन। आवश्यकता अनुसार हो या खै के को लागी हो छिन छिनमै परिवर्तन हुने संघिय र प्रादेशिक निर्देशन भन्दापनि स्थानिय तहको वलियो निर्देशिका वनाएर एकरुपताका साथ व्यावस्थापकिय कार्यमा खटिने हो भने आफ्नो स्थानिय तहलाई कोभिड विरुद्ध सूरक्षित गर्न सकिनेछ । जसका लागी जनसहभागीतामा आधारीत कार्यक्रमहरु अगाडि सारिनुपर्ने छ समुदायको सहभागीता विना संक्रमणबाट जोगिन असम्भव नै छ । व्यावस्थापकिय सम्झौता अरुसंग होइन स्थानिय समुदायसंग कर्मचारीहरुसंग र विशेषत यतिवेला विदेशवाट आउनुहुने व्याक्तिहरुसंग गर्नु जरुरी छ त्यो पनि आफ्नै घर समाज स्थानिय तह हुदै समग्र राष्ट्रलाई कोरोना भाइरसको संक्रमणबाट वचाउनका लागी । स्थानिय सरकारले आफ्ना केही रणनितिहरु बनाओस जस्ले कोरोना संक्रमणको कुन चरणमा कसरि अगाडि बढ्ने भन्ने विषयमा स्पष्ट मार्गनिर्देश गरोस ।जनस्वास्थ्य समस्याका रुपमा संसार आक्रान्त पार्दै हाल नेपाललाई समेत गाँजिसकेको कोरोना भाइरसले लाग्ने कोभिड १९ रोगको व्यावस्थापन कसरी गर्ने भन्ने विषयमा म एउटा स्थानिय तहको अनुभव, समिक्षा तथा योजनाहरु यहाँ प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
वडिगाडको अनुभव
जम्मा ४९३ जना भारतबाट आएका नागरीकहरुको व्यवस्थापनबाट यो स्थानिय तहले धेरै सिक्यो । ३५८ जनाको पिसिआर चेकजाँचमा २२ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ । ५८ जनाको स्याम्पल पोखरा पुगेको छ भने ३५ जनाको स्याम्पल कलेक्सन गर्ने कार्य जारी छ । निर्देशन अनुसार केहीलाइ पिसिआर पछि आरडिटि समेत गरी घर पठाइएको छ भने ९७ जनामात्र क्वारेन्टाइनहरुमा सूरक्षित रुपमा हुनुहुन्छ । आवश्यकता अनुसार ७ ओटा पुगेको क्वारेन्टाइनहरु हाल २ ओटामा खुम्चिएका छन । ४० जना स्व्यमसेवकहरुको संख्या घटाएर १२ जनामा पु¥याइएको छ । २२ जना पोजेटिभ मध्य १२ जना निको भइसके बाँकी ५ जना बुर्तिबाङ प्रास्वाकेको प्री आइसोलेसनमा छन भने ४ जना धौलागीरी अंचल अस्पतालमा १ जना ७२ वर्षिय वृद्ध आमालाइ घरैमा आइसोलेसन गरिएको छ । स्थानिय तहका १० ओटा वटा छन । सवै जनप्रतिनिधिहरु सकरात्मकताका साथ प्रत्यक्ष फिल्डमा हुनुहुन्छ तर सवै वडामा क्वारेन्टाइन छैनन । मानिसहरु घर नजिकको क्वारेन्टाइनमा भन्दा अर्को वडाको क्वारेन्टाइनमा राख्दा धेरै सूरक्षित गर्न सकिदोरहेछ भन्ने हाम्रो सिकाइ हो ।

कोरोना भाइरस विरुद्धको अभियानमा वडिगाड गाँउपालिकाले सवैभन्दा महत्वपुर्ण कदम भनेको छुट्टाछुट्टै जिम्मेवारी सहित जनप्रतिनिधिहरु २४ घण्टा जिम्मेवार तरिकाले व्यावस्थापनमा खटीनु हो ।
चैत्रको १५ गते बसेको कार्यपालिका वैठकमा सवैभन्दा विसम परिस्थिति के हो र त्यसको व्यावस्थापन कसरि गर्ने भन्ने विषयमा स्वास्थ्य शाखालाई आफ्नो प्रस्तुतिकरण तयार पार्न भनियो र सो प्रस्तुतिमा कार्यपालिकामा सूनुवाइ भयो । विश्व स्वास्थ्य संगठनको प्रक्षेपण अनुसारको विरामी हुने संख्या , हताहात हुने र सम्भावित मृत्युसम्मको आँकडाको प्रस्तुतिले सवैलाइ झस्कायो । धेरै मान्छे एकैपटक विरामी हुदाँसम्म व्यावस्थापन गर्नसक्ने क्षमता विस्तार गर्नुपर्ने खराव परिस्थितिको सामना गर्न गाँउपालिका तयार हुनुपर्ने विषयमा मानसिक तयारी गनुपर्ने व्यहोरा उक्त प्रस्तुतिकरणमा समावेस गरिएको थियो । लकडाउनलाइ प्रभावकारी वनाउन केही भोलुन्टीएर सहितको टोलि परिचालन गरीयो वैशाख महिनाभर खासै अन्य कदमहरु चालिएन। केहि महत्वपुर्ण मेडिकल औजारहरु जस्तै अक्सिजन सिलिन्डरहरु, कन्सन्ट्रेटर मेसिनहरु, सरसफाई सम्वन्धि सामाग्रीहरु खरिद गरीयो । त्यो भन्दा पहिला चैत्रको १७ गते ५० थान रियुजेवल पिपिइ १७५० का दरमा किनियो जुन आज सम्म ४० सौं पटक धुदै हुनुहुन्छ स्वास्थ्यकर्मीहरु । कोभिड १९ कै विषयवस्तुमा ७÷८ पटक कार्यापालिकाको बैठक वस्यो, हरेक बैठकहरुमा परिस्थिति अनुसारका निर्णयहरु गरियो, जस्ले गर्दा कार्यापालिका सदस्यहरुलाइ समुदाय परिचालन तथा स्वयमसेविभुमिकामा परिचालन हुन मानसिक तयारि भयो। स्वास्थ्यकर्मीहरुलाई उचित प्रोत्साहन भत्ता उपलव्ध गराउने समेत निर्णय भैसकेपछि कार्यालय सहयोगी सहितको ५० जनाको स्वास्थ्य क्षेत्रको टिम आफ्नो पुर्वतयारीमा लाग्यो ।

जेष्ठ महिनाको ४÷५ गतेबाट भारतबाट मान्छेहरु आउन थालेकोले विद्यालयहरुलाइ परिपत्र गरी क्वारेन्टाइनको काम अगाडि वढाइयो। स्वास्थ्यकर्मी, जनप्रतिनिधि, सूरक्षाकर्मी र स्वयमसेवक लगाएतको टोलि गठन र परिचालन गरीयो। त्रिभुवन मावि खर्वाङबाट सुरु भएको क्वारेन्टाइन ७ औ नम्वरमा वेलफेयर बोर्डिङ स्कुलसम्म पुग्यो, जम्मा ४९३ जना मानिससम्म गाँउपालिकाले प्रत्यक्ष रोहवरमा खानापिन र आरामको व्यावस्थापन गरीयो। आजसम्म ३८७ जना आवश्यक चेकजाँचपछि आआफ्नो घरमा सेल्फ क्वारेन्टाइनमा वस्ने लिखित प्रतिवद्धता साथ प्रवेश गर्नुभएको छ। ९ जना आइसोलेसन र १ जना होम आइसोलेसनमा हुनुहुन्छ। भारतबाट आउनेहरु गाँउपालिकालाइ जानकारी गराएर मात्र आउनुभएको छ। संक्रमण नफैलियोस भनेर सकेसम्म सूनौलिबाट वडिगाड सम्म छुट्टै गाडिको व्यावस्था गरिएको छ । क्वारेन्टाइन चलाउनुका चुनौतीहरु आफैमा छदैछन्, त्यसैमाथि पोजेटिभ केस म्यानेजमेन्ट⁄ वुझिहालिन्छ नि कति जटिल छ । २२ जना पोजेटिभ देखिदा सम्म अस्पताल पु¥याउन एम्वुलेन्सहरु चुकेका छैनन् वरु पश्चिमका अन्य पालिकाहरुमा भेटिएका केसहरुमा पनि सहजिकरण गरिरहेका छन। एम्वुलेन्स चालकहरु स्वास्थ्यकर्मीसंगै हेस्थपोष्टको क्वारेन्टाइनमा बस्दछन । हालसम्म छिमेकी ३ ओटा स्थानिय तहका संक्रमितहरु समेत विनाहिचकिचावट अस्पताल पु¥याउने र फिर्ता ल्याउने सम्मका कामहरु गरिरहेका छन् ।  गाँउ गाँउ डुलेर भोलि आउने मानिसहरुको घर पुगेर लत्ताकपडा तथा विभिन्न खानेकुरा र तरकारीहरु जम्मा गर्ने जनप्रतिनिधि ज्यूहरुको टोलि देख्न ज्यान रहेसम्म सेवामा होमिन मन छ। स्थानियबासिको सहभागीताको यो एउटा उदाहरण वन्नेछ कि उहाँहरु गाँउमा उत्पादन भएका खाध्यान्नहरु गाँउमै पुगेर किनेर ल्याउनु हुन्छ र आवश्यकता अनुसार क्वोन्टाइनहरुमा वितरण गर्नुहुन्छ । प्राय क्वारेन्टाइन कै खाना खानुुहुन्छ र व्यावस्थापकीय कठिनाइ नहोस भनेर स्वयमसेवक र स्वास्थ्यकर्मीहरुसंगै क्वारेन्टाइन नजिकै सुत्नुहुन्छ। स्वास्थ्यकर्मीहरुलाइ दिइएको यो ढाडस अन्यत्र पनि लागु होस भनेर मैले यहाँ उल्लेख गरेको छु । क्वारेन्टाइनमा पोजेटिभ देखिनुलाइ सफलताको रुपमा ल्याइएको छ र समुदायमा संक्रमण जान नदिन भिष्म प्रतिज्ञा गरीएको छ तरपनि समुदाय संक्रमित भएमा के गर्ने भन्ने योजना पालिकाले तयार पारिसकेको छ। छिमेकी पालिका तथा जिल्लाहरुमा स्थानिय संक्रमण देखिएमा कसरि अगाडि वढ्ने भन्ने पुर्वतयारीमा लागीरहेको छ यतिवेला गाँउपालिका ।

पालिका भित्रका समस्याहरु
गाँउपालिकामा मेडिकल अफिसरको दरवन्दी नहुँदा एसिम्टोम्याटिक केस पनि रिफर गर्नुपर्ने वाध्यता छ। पोजेटिभ केसहरु ठूलो चुनौति भएका छन, उहाँहरुलाइ कता लाने भन्ने विषयमा घरिघरी दुविधा उत्पन्न हुन्छ। गाँउभरि सिरियस विरामीहरु हुदा के गर्ने होला? घर घर वाट विरामी निस्कदा कस्ले वोकेर अस्पताल ल्याउला? भन्ने चिन्ता छ। तत्काल प्रि आइसोलेसन बनाउनका लागी उचित स्थान र उपयुक्त जनशक्ति नहुनु मुख्य समस्या हो, यो समस्याले अञ्चल अस्पताल तथा आइसोलेसन केन्द्रहरुलाई थप समस्यामा पार्नेछ , सामान्य भन्दा सामान्य विरामी पनि रिफर गर्नैपर्ने बाध्यता छ ।

अन्तरपालिका समस्याहरु
कुनै एउटा पालिकाले राम्रो गर्दैमा संक्रमण बाट जोगिन नसकिने तितो यर्थातविच यो पालिकाको विरामी र त्यो पालिकाको विरामी भनि माथिल्ला निकायहरु पन्छिने र क्वारेन्टाइनको व्यावस्थापन गर्ने विषयमा गाइडेन्स नहुदाँ तयार गरीएका संख्यात्मक क्वारेन्टाइनहरुले संक्रमण फैलन सजिलो पार्ने हुन कि भन्ने त्रास छ । जतिधेरै क्वारेन्टाइन संख्या हुन्छन् संक्रमण गाँउछिर्ने जोखिम पनि त्यसैअनुसार बढ्दै जानेछ। सिआइसि टिटि भन्ने समुहको निर्देशिका वमोजिको गठन नहुँदा पालिकाहरुले जोखिम आँकलन नगरेको महशुस भएको छ। पोजेटिभ केस देखिएको गाडिमा संगै यात्रा गरेर आएका फरक पालिकाका व्याक्तिहरुको समयमै चेकजाँच नहुँदा जानाजान संक्रमण फैलाएको जस्तो हुनेछ, त्यसका लागी यो केश अनुसन्धानका टिमहरु अविलम्ब तयार गर्नुपर्ने छ ।

एन जि ओ ÷ आइ एन जि ओ
एन जि ओ÷ आइ एन जि ओ को काम भन्दा पनि माहामारी नियन्त्रण नहुदाँसम्म स्थानिय तहलाइ टेकनिकल सपोर्ट गर्नुपर्नेमा उल्टै विदा नै पाएको भन्ने छ । यदि यस्तो परिस्थितिमा कर्मचारि विदा दिने हो भने स्वास्थ्यसंग सम्वन्धित एन जि ओ÷आइ एन जि ओ हरुलाइ परिस्थिति सामान्य भएपश्चात पनि पालिकामा ल्याउनुर्छ जस्तो लाग्दैन। आफुमात्र बाँच्न त सर्वसाधारणहरुलाइ सिकाउनु छ, यहाँ त विषयगत क्षेत्रकै कर्मचारीहरु फिल्डमै नआई ज्यान जोगाउन हिडे भन्ने सुनिन्छ। यदि माहामारीमा खटाइएको ठाँउमा जाँदैन भने न त आइ एन जि ओ न त सरकारी कुनैपनि कर्मचारीको जिम्मेवारी पुरा भएन। आवश्यकता अनुसार योग्यता भएका एन जि ओ ÷ आइ एन जि ओ का कर्मचारीहरुलाइ जिम्मेवारी दिनुपर्ने छ यसले समुदायको संक्रमण रोक्ने क्षेत्रमा राम्रो भुमिका खेल्ने छ ।

स्वास्थ्य कार्यालयले अविलम्व गर्नुपर्ने सहजिकरण
स्थानिय तहमा रहेका क्वारेन्टाइनहरुको व्यावस्थापनमा एकरुपता ल्याउन निर्देशन गनुपर्ने मुख्य काममा कार्यालय चुकेको छ, ४० जना मात्र मानिसलाइ २० ओटा क्वारेन्टाइन राख्नु स्थानिय तहको कमजोरी मात्र होइनकी समयमा निर्देशन नहुनु समेत जिम्मेवार हो। जति धेरै क्वारेन्टाइनको संख्या भन्न थालिन्छ त्यतिनै धेरै संक्रमण व्यावस्थापनमा चुनौति हुनेछ । हाल आएर भारत बाहेक अन्य देशहरुवाट जिल्ला प्रवेश गर्नेहरुलाइ गाँउपालिकाको जिम्मा लगाउने भन्दा एकै ठाँउमा क्वारेन्टाइन गर्ने निर्णय गरेमा संक्रमण नियन्त्रणमा सहजिकरण हुनेछ ।

जिल्ला कमाण्ड पोष्ट
स्वास्थ्य कार्यालय वा जनस्वास्थ्य विज्ञका सूझावलाइ मध्येनजर गर्नुपर्नेमा प्रशासन कार्यालयहरुनै हावि हुनु सवैभन्दा भयाभह छ। प्रशासन कार्यालयहरु यतिवेला जनस्वास्थ्यको सुझावलाइ मध्येनजर गरी सोहिअनुसार चलेमा मात्र कोभिडको वैज्ञानीक नियन्त्रण सम्भव छ न की प्रशासनका कर्मचारीको धारमा लागेर समाधान आउला। कमाण्ड पोष्टले विदेश बाट आएका र उतै पिसिआर गरेको रिपोर्ट भएकाहरुलाइ सोहि रिपोर्टको आधारमा घरमै वस्न भनेछ, यदि त्यसो हो भने उ त्यहाँवाट घर आउदासम्म बाटोमा संक्रमण भएमा त्यसको जिम्मेवारी कस्ले लिने? यदि यो निर्णय सच्चाइएन भने माहामारी नियतवस सुरु हुनेछ र त्यसको जिम्मेवारी सम्वन्धितले नै लिनुपर्ने छ ।

कोभिड विषेश अस्पताललाइ केहि सूझावहरु
पुर्वतयारीको यत्रो मौका थियो । अस्पतालहरु व्यावस्थापनका केही गतिला व्यावस्थापन गर्न चुकेका छन आफ्नो कार्यक्षेत्रमा रहेका क्वारेनटाइनमा भएका मानिसको संख्याका आधारमा आइसोलेट गर्नुपर्ने प्रतिशत आँकलन गरी सोहीअनुसार कहाँ कहाँ राख्ने? भन्ने तयारी गर्नुपर्दथ्यो र आजपनि त्यो काम भै सकेको छैन । गाँउपालिकाले पठाएको विरामी सदरमुकामको नगरपालिकालाइ जिम्मा लगाउनु भन्दा अस्पतालहरु आफैले त्यो व्यावस्थापनको नेतृत्व गर्नु नितान्त आवश्यक छ । अस्पताललाइ समस्या छ भने हामि स्थानिय तहहरु प्रि आइसोलेसन चलाउन तयार छौं यसका लागी आवश्यक मेडिकल अफिसर मात्र भएपनि प्रदेश सरकारले व्यावस्था गरोस्। यतिवेला एक स्थानिय तहमा दुइ जना मेडिकल अफिसर पठाउन सक्ने हो भने ठूला अस्पतालहरुले लक्षण देखिएका विरामी मात्र हेर्ने गरी व्यावस्थापन समेत गर्न सकिन्छ अन्यथा लक्षण नभएको विरामीले वेड पाउने छ तर आवश्यकता भएका विरामी बाहिरै मर्ने निश्चित छ। घण्टैपिच्छेको फरक निर्देशनले हामिलाइ माहामारी नियन्त्रणमा धेरै असहजता भएको छ यस्तो परिस्थितिमा अञ्चल अस्पतालको टेकनिकल टिमले स्थानिय तहहरुलाइ निर्देशन गरोस् हामि पछि लाग्नेछौ न की यो पालिकाको विरामी हो र भातको पैसा पालिकाबाटै आउछ भन्ने जस्ता तुच्छ निर्णयहरु शोभनिय छैनन ।
स्थानिय तहहरु क्वारेन्टाइन व्यवस्थापनमा नचुक्ने केस पत्ता लगाउने अस्पताल पठाउने वा अस्पतालको निर्देशनमा चल्ने। स्थानिय तहहरुले मानिस क्वारेन्टाइन गरेको परिवेशमा प्रदेश सरकारका अस्पतालले त्यहाँवाट आएका सवै केशहरु अस्पतालको माताहतमा आइसोलेट र प्रि आइसोलेसनको व्यावस्थापन गर्ने। मानिसहरुलाइ भौतिक दुरी कायम गरेमा कोरोना नसर्ने विश्वास दिलाउने खालका कार्यक्रम संचालन गर्नुपर्दछ। समुदायमा संक्रमण फैलिएमा (छाउगोठको अवधारणा) कोभिड केभ तयार गर्ने र विदेशवाट आएको आफ्नो घरको सदस्यलाइ आफैले तयार गरेको केभमा सुरक्षित तरिकाले खानपिन गराएर १ महिना त्यहि राख्ने जस्ता उपाएहरुले हामिलाइ कोरोनासंगको लडाइमा विजेता वनाउने छ सवैले आफ्नो भुमिका निर्वाह गरौै ।
कोरोना फैलिनेनै भएपनि विस्तारै फैलिएमा धेरैलाइ बचाउन सकिन्छ त्यसैले हिम्मत नहारौ आजको मितिसम्ममा क्वारेन्टाइनसम्म मात्र कोरोना आएको छ समुदायमा प्रवेश गर्न नदिन हामी प्रयासरत रहने प्रतिवद्धता व्यक्त गर्दर्छौै ।
चुडामणी कंडेल
हेल्थ असिस्टेन्ट
सिसाखानी स्वास्थ्य चौकी, वडिगाड ३ सिसाखानी
हाल वडिगाड गाँउपालिका स्वास्थ्य शाखा सि.आइ.सि.टि.टि. संयोजक


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ओलिले संसद अधिवेशन अन्त्य गरेर अधिनायकवादीको बाटो अपनाए : नितिश गुप्ता

कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्दै

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेकपाको आन्तरिक किचलो चरमोत्कर्षमा

दिपा भण्डारीको अध्यक्षतामा राष्ट्रिय स्वयंसेवक संघ नेपाल युवा संगठन डडेलधुराको गठन

गलकोट नगरपालिकाद्वारा पत्रकार थापा सम्मानित

ॐ लेख्दै वि.सं. २०७७ असार १९ गते शुक्रबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

त्रिशुली मा जीप झर्यो / पुरा दिन खोजी गर्दा पनि भेटिएन

संजय श्रीपालको घर बिगारा भाग-२ सार्वजनिक ।।

महानगरपालिकाले सलह कीरालाई नियन्त्रण लिएर बुझाएमा प्रोत्साहन रकम दिने