के हो यौन रोग ? जानिराखौं

प्रकाशित मिति: ७ असार २०७७, आईतवार

यौन रोग भन्नाले यौन क्रियाकलापद्वारा प्रसारित रोगहरु भन्ने बुझ्नुपर्दछ ।
साधारणतया यौन रोग लागेको व्यक्तिसंग यौन सम्पर्क गर्दा सर्ने रोगहरुलाई यौनरोग भनिन्छ ।
जस्तै: भिरंगी, धातुरोग, जननेन्द्रीय, मुसा आदि ।
खासै ठूलो रोग नसोचिए पनि यसको दीर्घकालीन असर खतरनाक हुन सक्दछ । यसको प्रभावबाट सन्तान उत्पादन प्रणालीलाई समेत असर गरी बाझोपन, पुरुषमा पिसाब फेर्न गाह्रो हुने तथा अन्धोपन, मुटुको रोग, क्यान्सर र मृत्युसम्म भएको पाइन्छ ।
यौन रोग लागेको आमाबाट जन्मेका बच्चामा अन्धोपन आउनु, बजन कम हुनु, मरेको बच्चा जन्मनु वा जन्मजात भिरंगीको शिकार भएको पाइएको छ ।
मानिसको बद्लिदो जीवनशैलीका कारण यौन रोग पनि बढ्दै गएको छ ।

 

यौन रोग बढ्नुको मुख्य ४ कारणहरु :

१)अहिले सामाजिक मुल्य र मान्यतामा परिवर्तन आएसंगै
युवावर्ग विवाहपुर्व यौन सम्पर्क बनाउन कुरा सामान्य
भइसकेको छ । यौन क्रियाकलापमा बढेको स्वतन्त्रताले यौन
रोग पनि बढ्दै गएको छ । असुरक्षित यौन संबन्धले महिलामा
विभिन्न प्रकारका यौन रोग जस्तो सिफलिस,गनोरिया र
पुरुषमा एचआइभी एड्स जस्ता गंभिर रोग सर्ने खतरा बढेर
जान्छ । यौनअंगमा संक्रमणको कारण अनेकौं रोगको
खतराको साथै निसन्तानपन जस्ता समस्या पनि उत्पन्न हुन
सक्छन् ।

२) मानिसहरुले आफ्नो करियरलाई धेरै महत्व दिँदा विवाह
ढिलो गर्न थाल्छन् । धेरै गर्भनिरोधक चक्कीको प्रयोगले यौन
स्वास्थ्यमा नकरात्मक प्रभाव पार्दै जान्छ । जसले गर्भधारण
गर्न पनि समस्या बढेर जान्छ । करियरलाई नै बढी
प्राथमिकता दिँदा गरेको यौन क्रियाकलापले मानसिक र
शारीरिक समस्या निम्ताउँछ ।

३) अस्तव्यस्त जीवनशैली, रातभर पार्टीमा धुम्रपान र रक्सीको
सेवनले यौन जीवनलाई प्रभाव पार्छ । धुम्रपान गर्ने मानिसको
शुक्रकिटको संख्या र त्यसको गतिशिलतामा पनि कमि आउँछ।
महिलामा भने मासिक चक्रमा गडबडी आउने जस्ता समस्याले
सताउँछ ।

४) मानिसहरु अहिले यति व्यस्त भएका छन् कि शारीरिक
श्रमको नाममा केहि पनि गर्दैनन् । हिंड्न मन नपराउने,
भर्र्याङ् नचढ्ने, कुनै व्यायम पनि नगर्ने गर्दछन । विहान
बेलुकी पनि यसो खुल्ला हावा खान पनि बाहिर निस्कँदैनन् ।
शारीरिक श्रम नर्गनाले शरीरमा पाचनप्रक्रिया निस्कृय भएर
जान्छ । पाचनप्रकृया निष्कृष हुँदा शरीर दुर्बल हुने वा बोसो
जम्ने हुन्छ । समय भन्दा अगाडी नै कपाल सेतो हुने ,
झर्ने, छाला चमकविहिन हुन जान्छ र अनुहार पनि
समयभन्दा अगाडी नै बुढो देखिन जान्छ । जसले मानिसमा
यौन प्रति खासै रुचि नहुने वा यौन समस्या बढ्दै जान्छ।

 

यौन रोगका लक्षणहरु :

–महिलामा हुने प्रमुख लक्षणहरुमा योनीबाट असाधारण सेतो
दही जस्तो गन्हाउने पानी बग्नु ।
(नोट: महिलामा थोरै सेतो पानी बग्नु नर्मल हो), तल्लो
पेट
दुख्नु, यौन सम्पर्क गर्दा तल्लो पेट दुख्नु , महिनाबारीबाहेक
योनीबाट रगत बग्नु ।

-पुरुषमा हुने प्रमुख लक्षणहरुमा लिंगबाट बाक्लो पीप जस्तो
पानी बग्नु, पिसाब गर्दा दुख्नु पोल्नु, पीप जस्तो पानी
बग्नु, पिसाव गर्दा दुख्नु (पोल्नु, लिंगवरिपरि गिर्खा ,
पानीफोका आउनु, चिलाउनु, अण्डकोष दुख्नु) ।

-महिला/पुरुष दुवैका साझा लक्षणहरुमा यौन अंग र मुख
वरिपरी घाउ, खटिरा आउनु, पिसाब फेर्दा पोल्ने वा दुख्ने
हुनु, निरन्तर थकाई लाग्नु, टाउको दुख्नु, घााटी दुख्नु,
ज्वरो आउनु, जीउ दुख्नु गुप्ताङ्ग वरिपरि सुनिनु । (नोट:
पुरुषको लिंगको, लिंगमुण्डको चारैतिर रहेका राता साना
बिमिराहरु नर्मल हुन् ।)

 

यौनरोग सर्ने माध्यमहरु :

सबैजसो यौनरोग यौन सम्पर्कबाट नै सर्दछ । यदि एक व्यक्ति
संक्रमित छ भने उसले आफ्नो साथीलाई वीर्य, योनीरस तथा
रगतबाट सार्न सक्दछ । यसबाहेक छालासंगको सिधा
सम्पर्कबाट पनि सर्न सक्छ । पुरुष–पुरुष, महिला–महिला,
महिला–पुरुषमा सर्दछ ।

 

यौनरोगबाट बच्ने उपाय र उपचार :

हामीलाई जानकारी भएकै कुरा हो, रोग लागेर उपचार
गर्नुभन्दा लाग्नै नदिन सावधानी अपनाउनु उत्तम हो ।
यौनसंगको सम्वन्धमा त यो झनै सान्दर्भिक देखिन्छ ।

 

बच्ने उपायहरु :

–धेरै जनासंग असुरक्षित यौन सम्पर्क नराख्ने ।

–यौनरोग भएको अथवा माथिका लक्षणहरु देखिएकासंग मात्र
यौनसम्पर्क नराख्ने ।

–आकस्मिकरुपमा अथवा राम्रोसंग नचिनेको व्यक्तिसंग यौन
सम्पर्क नराख्ने ।

–यौनसम्पर्क राख्नै परे कन्डमको प्रयोग गर्ने ।

–गुप्ताङ्गमा घाउ छ, सुनिएको छ वा गााठो छ भने तुरुन्त
डाक्टरलाई देखाउने ।

–यौनरोगको औषधिको पूरा मात्रा सेवन गर्ने ।

–औषधिले निको नभएमा डाक्टरलाई पुन: भेट्न जाने ।

–आफूसंगै आफ्ना यौन साथीको संगसंगै उपचार गराउनुपर्दछ ।

–यौन सम्पर्क गरेपछि गुप्ताङ्ग राम्रोसँग सफा गर्ने ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ओलिले संसद अधिवेशन अन्त्य गरेर अधिनायकवादीको बाटो अपनाए : नितिश गुप्ता

कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्दै

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेकपाको आन्तरिक किचलो चरमोत्कर्षमा

दिपा भण्डारीको अध्यक्षतामा राष्ट्रिय स्वयंसेवक संघ नेपाल युवा संगठन डडेलधुराको गठन

गलकोट नगरपालिकाद्वारा पत्रकार थापा सम्मानित

ॐ लेख्दै वि.सं. २०७७ असार १९ गते शुक्रबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

त्रिशुली मा जीप झर्यो / पुरा दिन खोजी गर्दा पनि भेटिएन

संजय श्रीपालको घर बिगारा भाग-२ सार्वजनिक ।।

महानगरपालिकाले सलह कीरालाई नियन्त्रण लिएर बुझाएमा प्रोत्साहन रकम दिने