सूर्यग्रहणको फल राशिअनुसार फरक रहेको पाइएको छ ।
कुन राशिले हेर्न हुने र कुन राशिले हेर्न नहुने अनि कुन राशी भएकाहरुलाई लाभ र कुन राशी भएकाहरुलाई नोक्सान ?
मेष राशिकालाई: श्री प्राप्ति
वृष राशिलाई: क्षति
मिथुन राशिलाई: घात
कर्कट राशिलाई: व्यय
सिंह राशिलाई: लाभ
कन्या राशिलाई: सुख
तुला राशिलाई: माननाश
वृश्चिक राशिलाई: कष्ट
धनु राशिलाई: स्त्रीपीडा
मकर राशिलाई: सुख
कुम्भलाई: चिन्ता
मीन राशिलाई: व्यथाको फल हुने
जस्ता कुराहरू समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।
मेष, सिंह, कन्या र मकर राशिकाले मात्र सुरक्षित विधि अपनाएर ग्रहण हेर्न हुन्छ । अरु आठ राशि भएका मानिसले भने सूर्यग्रहण हेर्नुहुँदैन भन्ने मान्यता छ । यस वर्ष नेपालबाट देखिने असार ७ गतेको सूर्यग्रहण मात्र रहेको समितिले जनाएको छ ।