कर्णाली प्रदेशको ब्यथा

प्रकाशित मिति: ४ असार २०७७, बिहीबार

विश्व नै कोरोनाको आगोले दनदनी बलिरहेको बेला नेपाल पनि काेरोनाबाट अछुत हुन सकेन न त सगरमाथाले नै रोक्न सक्यो न त स्वयम्भु, पशुपती नाथले नै ढिलै भएपनि नेपालमा कोरोनाको आगो दिन दुई गुणा रात चौ गुणा जसरी फैलँदै गयो ‌। आज म नेपालको केन्द्रविन्दु काठमाडौँ भन्दा निकै टाढा अवस्थित कर्णाली प्रदेशको बारेमा लेख्दैछु शिक्षा स्वास्थ्य र बिद्युत बाट निकै पिछडिएको हाम्रो कर्णाली प्रदेशले बिस्तारै विकासको खुट्टा तनकाई रहेको थियो प्रदेश सरकार स्थापना भएदेखि कर्णालीवासी निकै हर्ष उलित भएका थिए ।केन्द्र सरकार बाट टाढा रहेको र प्रदेश सरकार घर आगनमै स्थापना भएको देख्दा निकै खुशी थिए कर्णालीवासी। हुन पनि हो प्रदेश सरकार स्थापना भए देखि निकै राम्रा कामहरु अघि बढ्ने क्रममै थिएँ शिक्षा,स्वास्थ्य, विद्युत,बाटोघाटो, internet ,खेलकुद मैदान ,यातायातको सुविधा तीव्ररुपमा बन्दै थिए । विकासको काम अघि बढ्ने क्रममै थिए । एक्कासी कर्णाली प्रदेशमा पनि कोरोना देखियो रे भन्ने समाचार सुन्दा मनमा कताकता चिसो पस्यो हुन पनि हो त्यो बेलासम्म सबै प्रदेशमा कोरोना संक्रमित भेटिसकेका थिए मात्र कर्णाली प्रदेश बाँकी थियो त्यहाँ पनि कोरोना देखियो रे भन्ने समाचार सुन्दा सबै जना दुःखी हुनु स्वभाविक नै थियो। विकासको हिसाबले निकै पछि परेको मेरो प्रदेश फेरि पनि कुराेनाको चपेटामा परेर ध्वस्तै हुने भयो भन्ने मनमा अनेक प्रकारका कुराहरु खेल्न थाले हुन पनि हो कर्णाली प्रदेशमा कोरोनाको आगो बल्ने क्रममै छ कहिले निभने हो थाहा पत्तो छैन।

तर कोरोना संक्रमित हुनबाट बच्न पर्ने उपाय थुप्रै छन् जसमा एक प्रमुख उपाय भनेकै हातखुट्टा साबुन-पानीले बारम्बार धोहि राख्नुपर्ने हो । अब हाम्रो कर्णाली तिर हेरौं जहाँ पानीको अत्यन्तै समस्या छ जबकि पानीको मुहान सम्म पुग्न ४-५ घण्टा नै लाग्छ, अझ कुनै कुनै गाउँमा त एक गाग्री पानीका लागि खोलामै रात बिताउनु पर्ने बाध्यता छ । यसरी पनि सफा पानी कहाँ पाइन्छ र पानी धमिलै धमिलो त्यही पानी पनि नडराइ निर्धक्कका साथ पिउछन कर्णालीवासी। सरकारले धारा नबनाएको पनि होइन बनाइदिएको छ तर ति धाराहरुमा कहिले पनि पानी आउँदैनन्। त्यही भएर खानेपानीको लागि ४-५ घण्टा हिँड्नु बाहेक विकल्प नै छैन कर्णालीवासी हरुमा उनीहरूको दैनिकी नै हो यो। खानेपानी त जसोतसो जोहो गर्छन् तर नुहाइ-धुहाई, सरसफाई गर्नको लागि एक दिननै खर्चिनु पर्ने बाध्यता छ कर्णालीवासी हरुमा।पानीसँगै चेतनाको पनि अभाव झेलिरहेको छ कर्णालीले पानीको अभावले स्थानीय बासिन्दाको सरसफाइ र स्वास्थ्यको अवस्था कस्तो भएको होला त्यो त कल्पना पनि गर्न सकिँदैन भएका केही मुहान,धाराहरु पनि मर्मत नहुँदा जीर्ण भएको अवस्था छ ।

२१औं शताव्दिले जस्तोसुकै गाथा गाएँ पनि कर्णालीका विकट वस्तीहरुमा देखिएको खानेपानी र सरसफाइको अभाव अशिक्षा गरिबी ,भोकमरी, छुवाछुत तथा छाउपडी जस्ता सामाजीक कुसंस्कारले नराम्ररी सताएको छ। अब हामी आफै विचार गर्न सक्छौं कर्णाली को हालत कस्तो छ भनेर जबकि पिउने पानी त पाउँदैन भने कर्णालीले त्यस्तो ठाउँमा कोरोना फैलिँदा कतिको ज्यान, धन जाने हो त्यो त कल्पना पनि गर्न सकिँदैन। अझै पनि केही ढिलो भएको छैन समय पर्याप्त छ समस्याको समधान तिर आजैबाट रफ्तारमा बढ्न सक्नुपर्छ प्रदेश र केन्द्र सरकारले। यो समय केही पनि नगरी चुप्प लागेर बस्ने बेला होइन हुनुपर्ने कामहरु चाँडो हुनुपर्यो अहिलेको जसरी नै काम गर्ने हो भने कोरनाको epicenter अब कर्णाली प्रदेश बन्नसक्छ भन्ने कुरामा दुईमत छैन। कर्णाली प्रदेश अहिले रेड जोन मै परिसकेको छ ।कर्णालीमा दिनहु कोरोनाको संक्रमित बढ्ने क्रममै छन। प्रदेश सरकारले अब अझै क्वारेन्टाइनको व्यवस्था बढाउनुपर्छ । भारतबाट आएका कर्णालीबासी हरुलाई राम्रो व्यवस्थाका साथ क्वारेन्टाइनमा राख्न सक्नुपर्छ। कर्णाली प्रदेशमा परीक्षणको दायरा बढाउनु पर्छ कर्णालीमा भोकमरी रोक्न खाद्य आपूर्ति गर्न थाल्नुपर्छ र कोरोनाको मुखबाट आफ्ना प्यारा जनतालाई बचाउन सक्नुपर्छ।

बाल गोपाल देवकोटा
एभरेष्ट इन्जिनियरिङ कलेज सानेपा ,ललितपुर

Attachments area


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ओलिले संसद अधिवेशन अन्त्य गरेर अधिनायकवादीको बाटो अपनाए : नितिश गुप्ता

कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्दै

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेकपाको आन्तरिक किचलो चरमोत्कर्षमा

दिपा भण्डारीको अध्यक्षतामा राष्ट्रिय स्वयंसेवक संघ नेपाल युवा संगठन डडेलधुराको गठन

गलकोट नगरपालिकाद्वारा पत्रकार थापा सम्मानित

ॐ लेख्दै वि.सं. २०७७ असार १९ गते शुक्रबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

त्रिशुली मा जीप झर्यो / पुरा दिन खोजी गर्दा पनि भेटिएन

संजय श्रीपालको घर बिगारा भाग-२ सार्वजनिक ।।

महानगरपालिकाले सलह कीरालाई नियन्त्रण लिएर बुझाएमा प्रोत्साहन रकम दिने