के हो त तान्त्रिक सेक्स ? जानिराखौं

प्रकाशित मिति: ३ असार २०७७, बुधबार

एजेन्सी:
सेक्सलाई आगोसँग तुलना गरिन्छ । आगोमाथि नियन्त्रण गर्न सिकेपछि नै वनमान्छे मान्छे भएको हो र सभ्यता विकास भएको हो । तर मान्छेले आगोमाथि नियन्त्रण गर्न सकेन वा आगोलाई सदुपयोग गर्न सकेन भने अकल्पनीय विनास हुन्छ । सेक्स पनि आन्तरिक आगो हो । सदुपयोग भयो भने सिर्जना हुन्छ । भएन भने चरित्रको विनाश हुन्छ ।

सेक्स पनि एउटा इमोसन हो । त्यसैले यो शक्तिशाली छ । ‘सेक्सुअल फ्ल्युड’ स्खलित भयो भने सन्तान उत्पादन हुन्छ । सन्तान बन्नु वा जन्मनु प्रकृतिको गजबको सिर्जनशीलता हो । एउटा मानिस जसलाई समान्य चित्रसमेत बनाउन आउँदैन, उसले गजबको मानिस निर्माण गर्छ । यदि स्खलित भएन भने त्यो ऊर्जाबाट संसारको सबैभन्दा ठूलो कला र विज्ञान पनि निर्माण भएको पाइन्छ ।
सेक्स सिर्जना र आनन्दको स्रोत एउटै हो । हामीले कसरी प्रयोग गर्छाैं भन्ने विषय नै प्रमुख हो ।
सेक्सलाई मुक्तिको माध्यम बनाउन तान्त्रिक सेक्सको अवधारणा अगाडि सारिएको छ । तान्त्रिक सेक्समा मासु, माछा, मदिरा, मुद्रा र मैथुन अर्थात् पञ्च मकारको प्रयोग हुन्छ । पञ्च मकारमा सबैभन्दा बढी महत्वपूर्ण कुरा मैथुन र मुद्रा हो । मासु, माछा र मदिरा सहायक हुन् ।
साह्रै कमजोर मानिसको सेक्स दुई तीन मिनेटको हुन्छ । सेक्समा राम्रो ‘पर्फर्मेन्स’ दिन सक्ने मानिसको सेक्स पन्ध्र मिनेटको हुन्छ । अर्थात्, आममानिसको राम्रो सेक्स पर्फर्मेन्सको अवधि सामान्य त पन्ध्र मिनेट हो । तर, तान्त्रिक सेक्सको समयसीमा हुँदैन । तान्त्रिक सेक्स घण्टौँघण्टासम्म निरन्तर हुन्छ ।
सेक्स क्रिया पनि हो । क्रियामा ऊर्जा खर्च हुन्छ । मांस खाद्यान्नमध्ये ऊर्जाको राम्रो स्रोत भएका कारण यसलाई तन्त्रले समाहित गरेको हो । अर्काेतर्फ फलाहारीभन्दा मांसाहारीमा ‘सेक्सुअल फिलिङ’ बढी हुन्छ ।

मदिरा मनलाई भड्कन नदिनका लागि प्रयोग गरिन्छ । बाहिर ध्यान नजाओस् वा मन नभड्कियोस् भनेर मनलाई पर्दा हाल्नका लागि सेक्सभन्दा अगाडि एक वा दुई पेग वाइन पिउन सकिन्छ । एक वा दुई पेगले बहिर्मुखी हुनबाट रोक्छ । अन्तरमुखी बनाउँछ र सम्पूर्ण ध्यान तान्त्रिक सेक्समा केन्द्रित हुन्छ । तर, सीमाभन्दा बढी मदिरासेवनले सेक्सको पर्फर्मेन्स घटाउँछ ।

मुख्य कुरा तान्त्रिक सेक्सका लागि शरीर र दिमागलाई सशक्तीकरण गर्नुपर्छ । योग प्राणायाम तथा व्यायामले शरीर र दिमाग तरोताजा रहन्छन् । तर सेक्सका खास यन्त्र भनेका योनी लिंग र मलद्वार हुन् । योनी र लिंगलाई मजबुत बनाउन पनि विभिन्न व्यायाम गर्नुपर्छ । योनी र लिंगसम्बन्धी व्यायामका लागि बज्रौली, सहजोली, मूलबन्ध, अश्विनी, शक्तिशालिनी र अमरोलीजस्ता मुद्रा छन् । यी मुद्राको अभ्यास कम्तीमा पनि छ महिना वा एक वर्ष गरेपछि मात्र तान्त्रिक सेक्समा सहभागी हुन सकिन्छ ।

अश्विनी मुद्रामा मलद्वारको मासंपेशीलाई ‘टाइट’ र ‘लुज’ गरिन्छ । वज्रासन (दुवै घुँडा दोबारेर बस्नु) मा बस्ने र सास तान्दै मलद्वार तान्ने र दुईचार सेकेन्ड जति सास रोकेर सास र मलद्वार दुवै छोड्ने गरिन्छ । यसले एकातिर ‘सेक्स पावर’ बढाउँछ भने अर्काेतर्फ सेक्स नियन्त्रण क्षमतालाई पनि बढाउँछ ।

पुरुषको मलद्वार र लिंगको बीचमा मूलाधार चक्रको स्थान छ । त्यसलाई मात्र दबाउनु मूलबन्ध मुद्रा हो । सास तान्दै र छाड्दै मूलाधार चक्रको व्यायाम गर्नुपर्छ । मलद्वार र लिंगको बीचमा हुने यस केन्द्रमा नै सेक्सको खास ‘इनर्जी’ हुन्छ । यसलाई नियन्त्रण गर्नेबित्तिकै ‘सेक्सुअल इमोसन’ नियन्त्रण गर्न सकिन्छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ॐ लेख्दै विंसं २०७७ श्रावण १९ गते मंगलबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुरा हुनेछ

कथा – दाेसाँध

भारतबाट आएका हजारौं नेपाली सिधै घर जान थाले

मुलुकभर कोरोना जोखिम बढ्नुमा प्रमुख कारक हेलचेक्य्राइँ

अब मोबाइल सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने

नेपाली सेना, नेपाल प्रहरी र पत्रकार सहित वीरगञ्जमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि

मेलम्चीमा पहिरोबाट आठ जना बेपत्ता

रमुवामा गत वर्षको तुलनामा चार गुनाले आलु उत्पादनमा कमि

ॐ लेख्दै वि सं २०७७ श्रावण १९ गते सोमबारको राशिफल् पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

गायक रोशन सिहको गित ए झरीमा सात बर्षे सुप्रीम मल्लको आवाज स्टुडियोमै चुम्बनको वर्षा