कस्तो छ हाम्रो देश : बाल गोपाल देवकोटा

प्रकाशित मिति: ३ असार २०७७, बुधबार

संसारमै अग्लो सगरमाथा ,पशुपतिनाथ ,स्वयम्भुनाथ मुक्तिनाथ, छायानाथ, आदि मन्दिरहरू भएको हाम्रो देश । राजा जनक ,भृकुटी, अरनिको जन्मेको हाम्रो देश। पूर्व मेचीदेखि पश्चिम महाकाली अनि उत्तरका ती अग्ला हिमश्रृङ्खला देखि दक्षिणका समथर भूभाग सँगै १,४७,५१६ वर्गकिलोमिटरमा फैलिएको एक सुन्दर शान्त हाम्रो देश। भौगोलिक, प्राकृतिक, जैविक धार्मिक, भाषिक ,सांस्कृतिक, एवंम ऐतिहासिक विविधता बोकेको हाम्रो देश। ऋषिमुनिहरु को तपोभूमि वीर गोर्खालीको जन्मभूमि अनि प्रकृतिकै राजधानी हो हाम्रो देश नेपाल। भगवान श्रीकृष्ण,शिव, विष्णु,राम, गणेश, बुद्ध र सिताको जीवनसँगै प्रत्यक्ष सम्बन्ध राखेको हाम्रो देश । वेदव्यास र बाल्मिकी को ज्ञान राशिले पावन बनेको ३३ कोटी देवता १२ भाई मष्ट अनि ९ दुर्गा भवानीले दशै दिशामा पहरा दिएको हाम्रो देश नेपाल। विश्वमानचित्रमा पल्टाएर हेर्दा छुट्टै पहिचान बोकेको झण्डा भएको हाम्रो देश। दक्षिण एसियाकै पुरानो हाम्रो देश। झकिझकाउ लालीगुराँस अनि एक रातको लागि मात्रै भए पनि गाउँसहर भरि सुगन्ध छर्दै पारिजात फुल्ने हाम्रो देश।

प्राकृतिक हिसाबले निकै धनी पर्यटक बोलाइ रहेको अनि सगरमाथालाई शिरमा राखी शान्तिका अग्रदूत गौतम बुद्धले जन्म लिएको हाम्रो देश। कोइलि ले कुहुँकुहुँ गर्दै वनमा गीत गाउँदै गर्दा मयुर नाच्ने , गाउँ घरकै रोधिमा आनन्दका साथ झ्याउरे, टप्पा, रोइला, मारुनी, देउडा, ठाडि अनि दोहोरी भाकामा रमाउने हाम्रो देश।  ढिडो सिस्नु खाएर भएपनि स्याउ, ओखर, सुन्तला आँप अनि विभिन्न जडिबुटी बेचेर  विकासको बाटोतिर लम्की रहेको हाम्रो देश । कलकल बग्ने खोलानाला अनि झरझर झर्ने झरनाको पानी अग्ला अग्ला हिमाललाई स्पर्श गर्दै तराइका सुनौला हरियाली फाँटहरु सम्म पानी पुग्ने हाम्रो देश। जतिसुकै दुःख कष्ट परेपनि मुसुक्क हास्ने विश्वकै अग्ला हिमाल अनि आफ्नै सुख दु:ख को पौरखमा रमाइरहेको हाम्रो देश नेपाल। आफ्नो देश बचाउन पानी पनि नखाई पुर्खाहरुले लडेको सुन्दर शान्त हरियाली ठूलाठूला पाटन अनि गाईचराउने ती रानी र मधुबन भएको देवी देवताले बास गरेको एकअर्काको धर्मलाई सम्मान गर्ने अनि एकअर्काको विश्वासले नै अडेको स्वर्गको एक टुक्रा हो हाम्रो देश।

पार्टी, पौवा, मठ मन्दिर हिमाल पहाड तराई, उकालि ओरालि भन्ज्याङ अनि चौतारी, पाखा र पखेरा अनि सुन्दरताले विश्वभरि नै प्रख्यात भएको हाम्रो देश नेपाल। दक्षिण तराई तिर झरेर १ किलो आँप किनेर खादै खादै उकालो चढ्दा हामी सुन्तला फल्ने पहाडमा पुग्छौं, एक किलो सुनतला टिपेर खाइ सक्दा नसक्दै स्याउ फल्ने हिमालमा पुग्छौं। हिमालको भूबनोट यस्तो सुन्दर, शान्त लाग्छकि जहाँ आगो चाहिँ हातले अनि पानी चाही चिम्टाले समात्न मन लाग्ने हाम्रो देश। हाम्रो देश विश्वमानचित्रमा हेर्दा सानो छ तर मलाई लाग्छ सानै चिज सबैभन्दा बढी प्रिय हुन्छ । लक्ष्मीप्रसाद देवकोटाले भन्नुभएको छ शरीरभन्दा टाउको सानो, टाउको भन्दा आँखा सानो, आँखा भन्दा नानी सानो त्यसैले त दुनिया देखेका छौं।भातखाने थाल भन्दा पूजागर्ने थाली मनपर्छ, मकै बोक्ने डोको भन्दा डटपेन राख्ने डोको नै मन पर्छ । यति भन्दै गर्दा म कक्षामा पढ्दै गर्दा मेरा आदरणीय गुरु सरोज घिमिरे सरले भन्नु भएको कुराको याद आयो एउटा विद्यार्थीले सरलाई प्रश्न गर्‍यो रे; सर प्रकृतिले सबै कुरा दिएपनि हामीलाई समुद्र दिएन नि र?  सरोज घिमिरे सरले भन्नुभएछ हरेक मान्छेलाई बिदेशी आफ्नतले पठाइदिएको उपहार सुत्नेबेलामा खाटका छेउ पट्टी होइन भित्ता पट्टि राख्छन् किनकि उनिहरु चाहान्छन जोखिमबाट मुक्त रहोस्। त्यसैले प्रकृतिले बनाएको सुन्दर चिज एकातिर बनायो अनि जाबो समुद्रलाई चाहिअर्को तिर बनायो। हो पक्कै पनि समुद्र नभएर केनै भयो आखिर स्वर्गकी अप्सरा रारा, शे-फोक्सुण्डो, बुलबुले, फेवा, बेगनास, रुपा, तिलिचो, गोसाइँकुण्ड, च्छोरोल्पा अनि रानीपोखरी आदि ताल तलैयाहरू अनि गण्डकी, कोशी, नारायणी, कर्णाली, मेची, महाकाली, बागमती, त्रिशुली, भेरी, बबई र तिला नदी भएको हाम्रो देश।
दशै, तिहार, छठ, होलि, शिवरात्रि, नयाँवर्ष, लोसार र तिज  मनाउने हाम्रो देश। विश्वकै अग्लो स्थानमा लहलह खेतका आली भरि मार्सी धान फलाउने हाम्रो देश। मनमा बुद्ध सिरमा सगरमाथा र नसा नसामा रगत भरि वीर पुर्खाको गाथा बोकेको अनि विश्वभरि नै शान्तिको प्रतिक र सन्देश छरिरहेको हाम्रो देश। बिहान उठ्ने बित्तिकै मुसुक्क मुस्कुराई रहेको हिमाल देखिने अनि आफ्ना मातापितालाई ईश्वर मान्ने हाम्रो देश। त्यसैले त मलाई मेरो देश प्राण भन्दा प्यारो लाग्छ।

बाल गोपाल देवकोटा
एभरेष्ट इन्जिनियरिङ कलेज सानेपा ,ललितपुर


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ओलिले संसद अधिवेशन अन्त्य गरेर अधिनायकवादीको बाटो अपनाए : नितिश गुप्ता

कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्दै

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेकपाको आन्तरिक किचलो चरमोत्कर्षमा

दिपा भण्डारीको अध्यक्षतामा राष्ट्रिय स्वयंसेवक संघ नेपाल युवा संगठन डडेलधुराको गठन

गलकोट नगरपालिकाद्वारा पत्रकार थापा सम्मानित

ॐ लेख्दै वि.सं. २०७७ असार १९ गते शुक्रबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

त्रिशुली मा जीप झर्यो / पुरा दिन खोजी गर्दा पनि भेटिएन

संजय श्रीपालको घर बिगारा भाग-२ सार्वजनिक ।।

महानगरपालिकाले सलह कीरालाई नियन्त्रण लिएर बुझाएमा प्रोत्साहन रकम दिने