अनिश दवाडीको शब्द संगीतमा खेम सेन्चुरी र शान्तिश्री परियारको”कामी दाईको छोरो”सार्वजनिक…

प्रकाशित मिति: २३ जेष्ठ २०७७, शुक्रबार

काठमाडौं, जेठ । लोक तथा दोहोरी गायक खेम सेन्चुरीको प्रतिक्षित गीत ‘कामी दाईको छोरो’ सार्वजनिक भएको छ । अन्तर जातिय प्रेम सम्बन्धको कथामा आधारित गीत भिडियो सहित सार्वजनिक गरिएको हो । गीत बजारमा आउनु भन्दा पहिला टिकटकमा हिट भएकाले पनि दर्शक स्रोताले एकदमै प्रतिक्षा गरेका थिए ।

गीतमा प्रेम गरेका जोडीलाई जातकै कारणले एक हुन नसकेपछि संगै मृत्युुवरण गरेको भावलाई समेटिएको छ । अनिश दवाडीको शब्द संगीतमा तयार पारिएको गीतमा प्रेम गरेका जोडीले माया गरेरपनि जात नमिलेपछि संगै हुन डराईरहेको र छुट्टिएर बाँच्नपनि नसकेपछि संगै मृत्युवरण गरेका छन् ।
यहि जेठ १० गने रुकुममा नवराज बिकले मल्ल थरकी युवतीसंग प्रेम गरेकै कारण जात नमिलेर नवराजसहित उनका साथी गरेर ६ जनाको ज्यान गएको छ । यस्ता घटनाहरु नेपालमा भैनैरहेका सुन्नमा र देख्नमा आईरहेका छन् ।

५७ वर्षअघि नै मुलुकी ऐन २०२० ले जातीय आधारमा छुवाछुतलाई दण्डनीय अपराध भनेको छ । २०६३ सालको जेठ २१ मा संसद्ले पनि कानुनमा मात्र सीमित नभई व्यवहारमा पनि छुवाछुत अन्त्य हुनेछ भनेर नेपाल छुवाछुतमु-क्त- राष्ट्र घोषणा गरेको थियो ।

छुवाछुत तथा भेदभाव (क-सु-र र स-जा-य) ऐन, २०६८ मा विवाह गर्ने तथा बरवधु छान्ने अधिकार सुरक्षित छ । छुवाछुत र जातीय विभेद दण्डनीय हुने व्यवस्था लागू भैसकेपछि पनि अन्तर्जातीय प्रेमकै कारण बर्सेनि दलित कुटिएका छन्, मारिएका छन् ।

यो एउटा गीत मात्रै होइन, समाजको एक यथार्त चित्रण पनि हो । गीतमा प्रयोग गरिएका शब्दले कुनै जात, वर्ग, धर्म तथा लिंगको अपमान गर्ने हाम्रो मनसाय कदापी होइन । छुवाछुतवि-रु-द्ध जागरणका लागि समर्पित यो गीतले सामाजिक चेतनासँगै मानसिक परिवर्तनमा पनि सघाउ पुग्ने विश्वास हामीले लिईएको गायक सेन्चुरीको भनाई छ ।

गीत गायक सेन्चुरीकै अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
ओलिले संसद अधिवेशन अन्त्य गरेर अधिनायकवादीको बाटो अपनाए : नितिश गुप्ता

कोरोना भाइरसका कारण बालविवाह गर्नेको सङ्ख्या बढ्दै

गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेकपाको आन्तरिक किचलो चरमोत्कर्षमा

दिपा भण्डारीको अध्यक्षतामा राष्ट्रिय स्वयंसेवक संघ नेपाल युवा संगठन डडेलधुराको गठन

गलकोट नगरपालिकाद्वारा पत्रकार थापा सम्मानित

ॐ लेख्दै वि.सं. २०७७ असार १९ गते शुक्रबारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

त्रिशुली मा जीप झर्यो / पुरा दिन खोजी गर्दा पनि भेटिएन

संजय श्रीपालको घर बिगारा भाग-२ सार्वजनिक ।।

महानगरपालिकाले सलह कीरालाई नियन्त्रण लिएर बुझाएमा प्रोत्साहन रकम दिने