लघुकथा : साइबर संवाद

प्रकाशित मिति: ९ जेष्ठ २०७७, शुक्रबार

सुमुखी, तपाईं कति सुन्दर कविता लेख्नुहुन्छ छन्दमा! अझ वाचन कला त मनमाेहक । म तपाईंको फ्यान नै हुँ । मेरो प्रशंसाले सुमुखीकाे अनुहार चम्किलाे देखिन्छ । उनी मख्ख मात्र होइन गजक्क पर्दछिन् । अनि यसरी बाेल्छिन् – धन्यवाद , सबैले यस्तै भन्छन् । तपाईंले भनेजस्तै ।
तपाईंको गला शार्दूलविक्रीडित छन्दका कविता वाचनमा त झनै झङ्कारमय लाग्छ ! हृदयरञ्जक !! म पुनः तारिफ गर्छु ।
सुमुखी- हो र !, हुन त यसमा मैले विशेष वरदान नै पाएकी छु जस्तो लाग्छ । कतिपय वरिष्ठ कविजीहरूका रचना वाचन गर्ने सौभाग्य त्यसैले त पाएकी हुँ मैले । उहाँहरूलाई मेरै वाचनकलाले जुरुक्क माथि उठाएकाे छ ।
हो नि, मलाई थाहा छ ! म समर्थन जनाउँछु र जिज्ञासा पनि राख्छु- अनि, तपाईंले कुन कुन छन्दमा कलम चलाउनुभएकाे छ ?
सुमुखी- अँ, शार्दूल विक्रीडित, शिखरिणी, मन्दाक्रान्ता, इन्द्रवज्रा, वसन्ततिलका, स्वागता, शालिनी यस्तैयस्तै छन्दमा ।
अाेहाे! यति धेरै छन्दकाे ज्ञान छ है तपाईंलाई ? कसरी जानेकी हँ ? मैले त सिक्न खाेजेँ, सक्दै सकिनँ । कस्तो अप्ठ्यारो हुँदाे रहेछ , म यसरी बाेल्छु ।
सुमुखी-लाग्नुपर्छ नि निरन्तर, सकिन्छ त । मलाई एकजना नेपाली गुरुले अलिकति सिकाउनुभएकाे थियोे, अाफ्नै मिहिनेतले जानेकी नि । अहिले त उहाँलाई नै सिकाउन सक्ने भइसकेँ ।
हो है,तपाईंको प्रतिभा नै उच्च काेटिकाे छ के । मलाई पनि छन्दमा लेख्न साह्रै मन छ, तपाईंको सहयोग चाहिन्छ है, म अाग्रह गर्छु ।
सुमुखी-ठिक छ, नियम सिक्नुस् कुनै गुरुसँग । म वाचन गर्न सिकाउँला नि ।
किन मैले अर्को गुरु खाेज्ने? मेरी गुरुमा तपाईं नै बन्नुपर्छ । अाजदेखि म तपाईंको फेसबुके साथी मात्रै होइन, छन्द कविताको शिष्य बन्न चाहन्छु । तपाईंले अस्वीकार गर्न पाउनुहुन्न । म जिद्दीकाे भाषा बाेल्छु ।
सुमुखी- हेहेहे, के भन्नुहुन्छ तपाईं पनि !
म हृदयदेखि बाेल्दै छु सुमुखी! मनको कुरा भनेको हुँ । मलाई अाजैदेखि कक्षा दिनुपर्छ तपाईंले । कमसेकम गण र मात्राबारे सजिलोसँग केही सिकाउनुस् अहिले नै । मैले यति भन्दा उनको अनुहारको चमकमा एक्कासि कमी देखिन्छ ।
सुमुखी-हेहेहे, तपाईं पनि कस्तो मान्छे समुद्र! तातै खाऊँ, जल्दै मरूँजस्ताे कुरा गर्नुहुन्छ । यसका लागि एकदुई दिन पर्खनुस् ।
एकदुई दिन भनेको के? तीनदिनपछि ? अँहँ, मलाई भाेलिदेखि तपाईंले भिडियोबाट नै क्लास लिनुपर्छ, बुझ्नुभयो । मेरो दबावमूलक भाषाले उनको अनुहारमा झनै विरूपता थपिन्छ । अाे के बाई, शुभरात्रि, यत्ति भन्दै भिडियो अफ गर्छिन् उनी।
अर्को दिन बिहानै सबैभन्दा पहिले उनलाई नै शुभ प्रभात भन्न मन लाग्छ । फेसबुकमा उनलाई खाेज्छु, अचम्म लाग्छ! मलाई त ब्लक पाे गरिसकिछन् उनले ।
के कुरा गर्छौ समुद्र तिमी ! अाफैले कहाँ लेखेकी हो र कविता सुमुखीले ? उसका नाममा राही, राग, विदेन, लबराम, विकपहरूले लेखिदिएका हुन् नि छन्दका सबै कविता । गद्यकविताका हिमायती युवाकवि समिनले दिउँसो चिया खाजा खाँदै गर्दा भएकाे मेसेन्जर गफमा भनेपछि मात्रै थाहा हुन्छ सुमुखीले मलाई ब्लक गर्नुकाे कारण ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
काेराेनाकाे फरक गीत सार्वजनिक

कोरोना कहर : कैलालीका ७ स्थानीय तह मिलेर अस्पताल संचालन गर्दै

स्वदेशी बिजुली खपतलाई निरुत्साहन

विश्वभर कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो,

भारतमा भयावह बन्दै कोरोना स्थिति नियन्त्रण बाहिर जान सक्ने

त्रिविले ८० वटासम्म आङ्गिक क्याम्पस सञ्चालन गर्न सक्ने

ॐ लेख्दै वि.सं. २०७७ जेठ १७ गते शनिवारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

महिलाले विवाह अगाडी सेक्स गरेको कसरी थाहा पाउने

अपाङ्ग घर निर्माणको लागी लट्टीनाथ निर्माण को सहयोग

रुकुम घटनाका दोषीलाई कारबाही नभए सडक देखि सदन सम्म आन्दोलन चर्काउने दलित सञ्जालको चेतावनी