स्थानिय संग सहमती गरेको आधा घण्टा नबित्दै सहमती तोडेको भन्दै शिवमका कर्मचारी सरोज विडारी लाई स्थानियले सिकाए सवक

प्रकाशित मिति: ९ जेष्ठ २०७७, शुक्रबार

विश्वनै कोरना भाईरस कारण त्रसित भैरहेको र यस्को प्रभाब नेपालमा समेत देखिएको अवस्थामा कोरना भाईरस रोकथाम तथा नियन्त्रणमा स्थानिय स्थर बाटै पहल कदमी थालनी भएको छ ।
हेटौडा उपमहानगरपालिका १६ मा रहेको शिवम् सिमेन्ट लिमीटेडले स्थानिय नागरिकलाई त्रसित बनाउने गरी उद्योगमा संकास्पद कार्य गरे पछी स्थानिय नागरिक अगुवाको पहलमा स्थानिय नागरिक र उद्योग व्यवस्थापन विच छलफल हुदा उद्योग व्यवस्थापन पक्षले हेटौडा उपमहानगरपालिका १७ नम्वर वडा अध्यक्ष भैरव बहादुर राई स्थानिय समाजसेवी राजनितीक कर्मी हरुको रोहवरमा गरेको सहमती सम्झौता आधा घण्टा नबित्दै अवज्ञा गरे पछी स्थानिय नागरिकले पुन उद्योगका कामदार कर्मचारी सरोज बिडारी , अच्युत पराजुली ,सुशीला दहाल घिमिरे लाई बाटोमै रोकी सबक सिकाएका हुन ।

लकडाउनको समयमा सरकारले उद्योग तथा कलकारखाना संचालन गर्न बनाएको निर्देशीकाको अवज्ञा गर्दै शिवम् सिमेन्टले कुनै पनी मापदण्ड पुरा नगरी लथालिङ्ग तरिकाले उद्योग संचालन गरेको भन्दै स्थानिय नागरिकले उद्योग तत्काल मापदण्ड को परिधी भित्र रहेर संचालन गर्न अनुरोध गरे पछी उद्योगका तर्फ वाट कर्मचारी सरोज विडारीले स्थानिय नागरिक सामु माफि माग्दै गल्ती स्वीकार गरी एक हप्ता आयत निर्यात वन्द गर्ने , उद्योगमा कार्यरत मजदुर कर्मचारीहरुलाई उद्योग बाट बाहिर जान नदिने र बाहिरका लाई पनी प्रबेश नगराउने लिखित सहमती गरेका थिए । सरकारले पनी उद्योग कलकारखाना चलाउन आवश्यक कामदार कर्मचारीलाई आवासिय व्यवस्था गर्न र बाहिर निस्कन नदिन आग्रह गरेको छ तर यता सहमती गरेर फर्केका सरोज बिडारी , अच्युत पराजुली सुशिला दहाल हरु कैले भित्र कैले बाहिर त कैले बजार सम्म जाने गरेको तथ्य खुले पछी स्थानियले निगरानी बढाएका थिए ।

सहमती गरेर फर्केका उद्योग व्यवस्थापनका कामदार कर्मचारी हरु सिधै उद्यो प्रवेश गरी पुन बजार लागे पछी निजहरु लाई बाटोमै रोकी स्थानियले यसरी बाहिर भित्र नगर्न चेतावनी दिएका थिए । राज्यले तोकेको मापदण्ड अनुसार चल्न सुझाब दिएका स्थानियले आगामी दिनमा कि उद्योगमै बस्न कि घरैमा बस्न अनुरोध गरेका थिए । यसरी आवत जावत कार्य गरी स्थानियलाई त्रसित बनाउने कार्य आगामी दिनमा दोह्रोरीन गए भाटे कार्वाही समेत हुन सक्ने स्थानियले चेतावनी दिएका छन ।
उद्योगमा कार्यरत कामदार कर्मचारीले स्थानिय नागरिक र ट्रान्सपोटर विच सम्बन्ध बिगार्ने कार्य गरेको भन्दै ट्रासपोट संचालक हरुले उद्योगका कर्मचारी अच्युत पराजुली लाई स्थानिय नागरिक र ट्रान्सपोट बिच अफवहा नफैलाउन चेतावनी दिएका थिए । ट्रासपोट संचालकहरुले भने ” उद्योग भित्रका कर्मचारी हरु कमिसनको खेलमा आफै ट्रासपोट संचालन गर्ने गाडी आफै बोलाई लोड गराउने अव्यवस्थित पार्किङ गर्ने तर स्थानिय नागरिकलाई भने हामी ट्रान्सपोट संचालकलाई दोष लगाउने ” आगामी दिनमा यस्तो कार्य दोह्रोरिए स्थानिय नागरिक र ट्रासपोर्ट संचालकले त्यस्ता अफवाह फैलाउने कामदार कर्मचारीलाई उद्योग प्रवेशमै निषेध गर्ने सम्म को चेतावानी दिएका थिए ।

उद्योगमा पछिल्लो समय विरगंज बाट कच्चा पदार्थ ल्याउने कार्य गरेको र बिरगंज कोरना भाईरसको हटस्पट बनेका कारण कामदार कर्मचारी हरु बाहिर भित्र नगर्न समेत सुझाब दिएका थिए ।
यता शिवम सिमेन्टमा विरगंज बाट कच्चा पदार्थ ढुवानी हुन थालेको र विरगंज कोरनाको हट स्पट बनेका कारण हेटौडा चुच्चेखोला वाट शिवम् सिमेन्टमा कार्यरत सुशीला दहाल शिवम् जाने आउने गरे पछी चुच्चेखोलाका नागरीक समेत त्रसित बनेका छन । चुच्चेखोलाका एक स्थानियले भने हामी त सुरक्षित छौ तर कोरना संक्रमणको खतरा वनेको विरगंज बाट शिवम् सिमेन्टमा कच्चा पदार्थ आई रहेको छ । हाम्रा यही ठाउका केही व्यक्ती शिवम् जाने यता आउने गरिरहेका छन ।हामीलाई कतै ति व्यक्ती कोरना भाईरस लिएर आउने त हैन भन्ने त्रास सृजना भएको गुनासो गरे ।


स्थानिय नागरिक र ट्रासपोटर विच अफवहा फैलाई स्थानिय स्थरमा त्रास सृजना गर्ने कामदार कर्मचारीलाई संचालक टिमले नहटाए सम्म सहज रुपमा उद्योग चल्न नदिने ट्रासपोटर हरुले वताएका छन ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
कोरोना कहर : कैलालीका ७ स्थानीय तह मिलेर अस्पताल संचालन गर्दै

स्वदेशी बिजुली खपतलाई निरुत्साहन

विश्वभर कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो,

भारतमा भयावह बन्दै कोरोना स्थिति नियन्त्रण बाहिर जान सक्ने

त्रिविले ८० वटासम्म आङ्गिक क्याम्पस सञ्चालन गर्न सक्ने

ॐ लेख्दै वि.सं. २०७७ जेठ १७ गते शनिवारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

महिलाले विवाह अगाडी सेक्स गरेको कसरी थाहा पाउने

अपाङ्ग घर निर्माणको लागी लट्टीनाथ निर्माण को सहयोग

रुकुम घटनाका दोषीलाई कारबाही नभए सडक देखि सदन सम्म आन्दोलन चर्काउने दलित सञ्जालको चेतावनी

हटिया रेडक्रस उपाशाखा को अस्थाई प्रहरी पोष्ट लाई स्वास्थ्य सामाग्री सहयोग