भाइरस महामारीको अर्काे केन्द्र बन्दै ब्राजिल : २० हजार ८२ जनाको मृत्युको मृत्यु

प्रकाशित मिति: ९ जेष्ठ २०७७, शुक्रबार

पछिल्लो समय कोरोना भाइरस (कोभिड- १९) महामारीको अर्काे केन्द्र बन्दै गएको छ- दक्षिण अमेरिकी मुलुक ब्राजिल । त्यहाँ पछिल्ला २ दिनमा हालसम्मकै बढी नयाँ केसहरू फेला परेका छन् । बुधबार (मे २०) का दिन ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हालसम्मकै बढी दैनिक नयाँ केस फेला परे । त्यस दिन २१ हजार ४७२ नयाँ संक्रमित फेला परेको वर्ल्डोमिटर्सले जनाएको छ । बिहीबार (मे २१) मा पनि एकै दिन १७ हजार ५६४ नयाँ संक्रमित थपिएका छन् ।

यससँगै ब्राजिल विश्वमा कोरोना संक्रमित देशको लहरमा तेस्रो स्थानमा आएको छ । अहिलेसम्म सबैभन्दा बढी कोरोना संक्रमण र मृत्यु संयुक्त राज्य अमेरिकामा भएको छ । त्यहाँ हालसम्म १६ लाख २० हजारभन्दा बढीमा कोरोना संक्रमण फैलिएको छ भने ९६ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् । संक्रमणका केसमा अहिलेसम्म रूस दोस्रो स्थानमा छ, यद्यपि त्यहाँ मृत्यु भने न्यून देखिएको छ । रूसमा ३ लाख १७ हजारभन्दा बढी संक्रमित फेला पर्दासम्म मृत्यु हुनेको संख्या जम्मा ३ हजार ९९ पुगेको छ । तर ब्राजिलमा हालसम्म संक्रमित संख्या ३ लाख १० हजार ९२१ पुगेको छ भने मृत्यु हुनेको संख्या २० हजार नाघेको छ ।

ब्राजिलमा बिहीबार एकै दिन १ हजार १८८ जनाको कोरोना भाइरस संक्रमणका कारण ज्यान गएको छ । यो ब्राजिलमा दैनिक मृत्युका घटनामा हालसम्मकै सर्वा्धिक हो । बुधबार त्यहाँ कोरोनाबाट ९११ को ज्यान गएको थियो भने मंगलबार १ हजार १३० को ज्यान गयो । अहिलेसम्म ब्राजिमा कोरोना संक्रमणबाट २० हजार ८२ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांले देखाएको छ । यसैगरी संक्रमितमध्ये १ लाख २५ हजार भन्दा बढी चाहिँ निको भइसकेका छन् । हाल १ लाख ६४ हजारबढी मानिसमा कोरोना भाइरस सक्रिय छ ।

तर विज्ञहरू भन्छन् कि ब्राजिलमा धेरैको परीक्षण भएको छैन । यदि परीक्षण व्यापक बनाउने हो भने त्यहाँ अहिले देखिएको भन्दा १५ गुणा बढी संक्रमित देखिन सक्ने उनीहरूको भनाइ छ । २१० मिलियन जनसंख्या भएको विशाल देश ब्राजिल भाइरसलाई कसरी नियन्त्रित गर्ने भन्ने कुरालाई लिएर अहिले राजनैतिक लडाईमा फसेको छ । त्यहाँका राष्ट्रपति जैर बोल्सोनारोले भाइरसलाई “सानो फ्लू” सँग दाँजेका छन् । उनले यससँग मानिसहरूको त्रासलाइ निन्दा गर्दै देशलाई आर्थिक दुर्घटनाबाट रोक्न नियमित काममा फर्कन आग्रह गरेका । तर त्यहाँका राज्य र स्थानीय अधिकारीहरूले नागरिकहरूलाई घरैमा रहन र सामाजिक दूरी कायम राख्न आग्रह गरिरहेका छन्, जसलाइ सर्वोच्च अदालतले पनि समर्थन गरेको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
कोरोना कहर : कैलालीका ७ स्थानीय तह मिलेर अस्पताल संचालन गर्दै

स्वदेशी बिजुली खपतलाई निरुत्साहन

विश्वभर कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो,

भारतमा भयावह बन्दै कोरोना स्थिति नियन्त्रण बाहिर जान सक्ने

त्रिविले ८० वटासम्म आङ्गिक क्याम्पस सञ्चालन गर्न सक्ने

ॐ लेख्दै वि.सं. २०७७ जेठ १७ गते शनिवारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

महिलाले विवाह अगाडी सेक्स गरेको कसरी थाहा पाउने

अपाङ्ग घर निर्माणको लागी लट्टीनाथ निर्माण को सहयोग

रुकुम घटनाका दोषीलाई कारबाही नभए सडक देखि सदन सम्म आन्दोलन चर्काउने दलित सञ्जालको चेतावनी

हटिया रेडक्रस उपाशाखा को अस्थाई प्रहरी पोष्ट लाई स्वास्थ्य सामाग्री सहयोग