भारतमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो , ३१ सयको मृत्यु

प्रकाशित मिति: ६ जेष्ठ २०७७, मंगलवार

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले भयावह रूप लिएको भारतमा कुल संक्रमित संख्या १ लाख नाघेको छ । त्यहाँ सोमबार एकैदिनमा ४ हजार ६३० नयाँ संक्रमित थपिएका छन् । आइतबार भने एकै दिनमा हालसम्मकै बढी ५ हजार ५० नयाँ संक्रमित थपिएका थिए ।

यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ३२८ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । भारतले गत शुक्रबारबाटै कोरोना संक्रमणको सुरुवाती केन्द्र चीनलाइ उछिनेको थियो । शनिबार पनि भारतमा ४ हजार ८६४ नयाँ संक्रमित थपिएका थिए भने शुक्रबार ३ हजार ७ सय ८७ नयाँ संक्रमित थपिएका थिए । भारतमा हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ३ हजार १५६ पुगेको छ । त्यहाँ सोमबार मात्र १३१ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । आइतबार भने त्यहाँ १५४ को ज्यान गएको थियो, शनिबार पनि ११८ को ज्यान गएको थियो ।

संक्रमितमध्ये भारतमा ३९ हजारभन्दा बढी मानिस उपचारपछि निको भएर घर फिर्किएका छन् । भारतमा अहिले ५७ हजार ९ सयभन्दा बढीमा कोरोना भाइरस सक्रिय छ । उनीहरु उपचाररत छन् । भारतमा कोरोना संक्रमण व्यापक बन्दै गएसँगै भारत सरकारले पुनः लकडाउनको अवधि २ सातासम्म बढाएको छ । भारतको गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकडाउनलाई ३१ मेसम्म जारी राख्ने निर्णय गरेको छ ।


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
कोरोना कहर : कैलालीका ७ स्थानीय तह मिलेर अस्पताल संचालन गर्दै

स्वदेशी बिजुली खपतलाई निरुत्साहन

विश्वभर कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो,

भारतमा भयावह बन्दै कोरोना स्थिति नियन्त्रण बाहिर जान सक्ने

त्रिविले ८० वटासम्म आङ्गिक क्याम्पस सञ्चालन गर्न सक्ने

ॐ लेख्दै वि.सं. २०७७ जेठ १७ गते शनिवारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

महिलाले विवाह अगाडी सेक्स गरेको कसरी थाहा पाउने

अपाङ्ग घर निर्माणको लागी लट्टीनाथ निर्माण को सहयोग

रुकुम घटनाका दोषीलाई कारबाही नभए सडक देखि सदन सम्म आन्दोलन चर्काउने दलित सञ्जालको चेतावनी

हटिया रेडक्रस उपाशाखा को अस्थाई प्रहरी पोष्ट लाई स्वास्थ्य सामाग्री सहयोग