सेता फूलहरू

प्रकाशित मिति: १ जेष्ठ २०७७, बिहीबार

फूलहरूमा जुन रंग पाेखिन्छ
जुन रंग पाेतिन्छ घामका किरणबाट
उस्तै रंग देख्छन आँखाहरू
र, सादा रंगका सेता फूलहरू पनि
सेतै देखिन्छन्

उसैगरि रंग भरिएकाे हुँदैन
वासनाहिन पलाँस जस्ताे हुन्छ बिधवा जीवन
पूर्विय समाजमा
परन्तु
उस्तै जिन्दगीमा बाँचेका पुरूष र महिलामा
बिधवालाई जस्ताे
कुनै बन्देज छैन बिदुरलाई

दिन रात पाेखिएका पिडालाई
रंगिन समाजले चिथरेका व्यथालाई
दिनकाे घाममा निचरेर सुकाउँछिन उनी
परन्तु दाेहाेरिइरहन्छ समय
बाचुन्जेछ छुटिंदैन छायाँजस्तै सेताे रंग
तैपनि, एकतमास कुदिरहन्छिन
जाडो हाेस वा गर्मी सेतै फुलिरहन्छिन

आरामकाे समय
आकाश नापेर ताराहरु नियाल्दा
तन्किएका उनका आँखामा रिक्ततामात्र देखिन्छ
उदासिनता मात्र देखिन्छ

सक्दैन खुसीले अरुलाई जस्ताे फन्को मार्न
मझेरिमा हाेस वा पँधेरिमा
आँगनमा हाेस वा बार्दलिमा
सक्दैन खुसीले तारा जूनसंग मुस्कुराहट साँट्न
तैपनि सर्वदा फुलिरहन्छिन उनी
सादा जिन्दगीमा

अप्रसन्न हुँदाहुँदैपनि प्रसन्न देखिन्छिन
एक्लाे अधुराे वासनामा लपेटिएर
दिन्छिन खुसीलाई बलिदान

नारीकाे मुटु हाे
बिधवा भएपनि कमलाे र दयालु हुन्छ नै

कमला फूल र पातहरुमा उठाईरहन्छिन
आस्थाकाे बिश्वास
सेलाउँदै समर्पण गर्छिन बल्झिरहेको रहर
जलेर सकिएकाे पुरूषका लागि

एउटै लक्ष्य
एउटै बिश्वासले आरधना गरेर
अन्जान आस्थामा
निरस जीवन बिताउनु न्यायाेचित हैन
परिबर्तनकाे मुलधारमा उभिनु पर्छ
तिमी बिधवा भएपनि पर नसर
जसरी बिदुरहरू रंगिएका छन्
उसैगरि
रंगिन फुलहरू जस्तै राताे रगंमा सजिएर
हँसाउनु पर्छ समाजमा बिधवा जिन्दगी
भाे पुग्याे
लगाउ यी रित्ता हातमा नफुट्ने राता चुरा
राताे टीका, धागाे र राताे परिधान
सेताे फूल
तिमी बेदाग भएर रहन पनि
घाेलिएर सजिनु पर्छ भिन्न भिन्न रंगहरूमा
देखाेस् समाजले
सेता फूलहरू पनि परिवर्तन भएर
राताे फुल्न सक्छन् ।

०००भुवन शिवाकाेटी “चाैघरे”०००
काठमाडाै


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट
काेराेनाकाे फरक गीत सार्वजनिक

कोरोना कहर : कैलालीका ७ स्थानीय तह मिलेर अस्पताल संचालन गर्दै

स्वदेशी बिजुली खपतलाई निरुत्साहन

विश्वभर कोरोना संक्रमितको संख्या ६० लाख नाघ्यो,

भारतमा भयावह बन्दै कोरोना स्थिति नियन्त्रण बाहिर जान सक्ने

त्रिविले ८० वटासम्म आङ्गिक क्याम्पस सञ्चालन गर्न सक्ने

ॐ लेख्दै वि.सं. २०७७ जेठ १७ गते शनिवारको राशिफल पढ्नुहोस सम्पुर्ण मनोकामना पुर्ण हुनेछ

महिलाले विवाह अगाडी सेक्स गरेको कसरी थाहा पाउने

अपाङ्ग घर निर्माणको लागी लट्टीनाथ निर्माण को सहयोग

रुकुम घटनाका दोषीलाई कारबाही नभए सडक देखि सदन सम्म आन्दोलन चर्काउने दलित सञ्जालको चेतावनी