अनलाईन शिक्षण : बालकुमार श्रेष्ठको खिसिट्युरी र मेरो अनुभूती

प्रकाशित मिति: २५ बैशाख २०७७, बिहीबार

एस के निधन
आज सार्वजिक बिदा । अलिक अबेर सम्म सुत्ने मन थियो र एकाबिहानै म्यासेन्जरमा घन्टी बज्यो ।निद्रा स्वत भंग भो ।बाल कुमार श्रेष्ठले भिडियो संदेश पठाउनु भएछ ।बालकुमार श्रेष्ठस् एउटा सामुदायिक स्कुलको पूर्णकालीन शिक्षक ,निजि स्कुलको पार्ट टाईम्स टिचर ,शिक्षकको पेशागत संगठनको नेता , पत्रपत्रिकामा अलिअलि लेख्ने स्तम्भकार ,आफु सरकारीमा छोराछोरी निजीमा ।केहि बर्ष अघिसम्म मैले चिनेको यत्ति थियो ।
झन्डै तिन वर्ष अघि उहा पेशागत संगठनको नेताको हवाला दिदै म कार्यरत शैक्षिक सस्थामा आउनुभयो । एउटा शिक्षकको आन्तरिक बढुवा जो बिधालयको बिधि र प्रक्रीयामा अगाडि बढ्दै थियो । त्यसमा खिचलो थाप्नु भयो ।हामीले उपस्थितिको आधिकारिता खोज्यौ । सम्बधित शिक्षकले अन्यायमा परेको भनि निबेदन दिएको भन्ने झुटो बयान दिनु भयो । किन हो आज सम्म थाहा छैन मलाइ लक्षित गरि भौतिक कारबाही समेत हुन सक्ने सम्मको धम्कि दिनुभयो ।
तात्कालिन अवस्थामा मेरो क्षेत्राधिकार बाहिरको बिषयमा मलाई किन मुछियो ।मैले गम्भीरता साथ लिए। आफ्नो क्षमता , पहिचान र सामाजिक उपास्थिको प्रयोग गर्दै उहाकै अगाडी पाच सात मिनेटमा लामो प्रक्रिया पुरा गरे । मलाई स्पष्ट थाह थियो मेरो स्कुल गलत थियन किनकि आन्तरिक बढुवा हाम्रै माग थियो ।
सम्बधित शिक्षकले भन्नुभयो मैले निबेदन दिएकै छैन । बालकुमार आवद्द भनिएको पेशागत संगगठनले भन्यो त्यो उहाको व्यक्तिगत उपस्थिति होला सस्थागत कुरो भएकै छैन ।बालकुमार कार्यरत बिद्द्यालयका मेरा केहि आत्मीय साथीले सुनाए उनि बिना तयारि काम गर्छन ।ब्यक्तिबादी छन र कसैको प्रयोगमा अईहाल्छन ।संगठनको नाम बेचेर व्यक्तिगत नेतागिरी गर्नु उनको चलन हो ।
पेशागत सामाजिक संजालमा आफ्नै स्कुल व्यवस्थापन बिरुद्द अनावश्यक लेखि लिखित स्पष्टिकरण समेत सोधिएको रे भन्ने सम्म सुन्नमा आयो ।सामान्य दलबल सहित आउनुभएका उहाको हावा मैले एकै छिनमा खुस्काई दिए ।त्यसपछि उहा र मेरो बिचको हुदै नभएको दुरी झनै लम्बियो । सामाजिक ,नैतिक ,शैक्षिक कुनै सम्बन्ध उहासंग मेरो रहेन । उहा भने स-सानो बिषयमा म कार्यरत सस्था र मलाई बदनाम गराउन केहि प्रयासमा आईरहनु भयो । किन यस्तो गर्दै हुनुहुन्थ्यो आज सम्म बुझ्न पाएको छैन। उहाको गतिविधिमा मैले वास्ता गरन छाडे किनकि म स्पस्ट छु पेशागत धर्म ,सस्थागत ईमाम्दारिता र सामाजिक मान्यतामा म उहा भन्दा धेरै अगाडी छु । सानोको गल्तीमा ठुलोले किन मरिहत्ते गर्नु भन्ने मेरो मान्यता छ ।केहि समयको तरन्तराता पछी उहा सेलाउनु भयो किनकि अर्को बिकल्प थिएन ।
लामो समय पछिको संयोगले एउटा रेडियो कार्यक्रमा हामि संगै भएछौ । म अनलाईन शिक्षणको सफल प्रयोग गर्ने स्कुलको सफलताको कथा सुनाउन आमन्त्रित थिए , उहा अनलाईन शिक्षण बिरोध गर्ने खेमा हुनुहुन्थ्यो । मैले मेरो सस्थाको कुरो राखे उहाले आफ्नो व्यक्तिगत । उहाले खुलेरै निजि स्कुलको बिरोध गर्नु भयो । निजि स्कुलले अभिभावक ठगेको भन्नु भयो । अनलाईनका नाममा बालबालिकालाइ तनाब दिएको भयो । भन्न पाईन्छ । वाक स्वतन्त्रता छ ।
तर उहाले त्यसो भनि रहदा केहि निजि स्कुल अनलईन शिक्षण नियमित कक्षा लिदै थिए ,केहि पुर्व तयारीमा थिए भने फापरबारी ,हटिया ,बूढीचौर ,पदमपोखरी लगाएयतका केहि सामुदायिक स्कुल यो प्रक्रियाको थालनी गर्दै थिए । कति निजि स्कुललाई त सामुदायिकाले नैतिक चुनौती दिदै थिए । बजारको सुबिधा सम्पन्न सामुदायिक स्कुलको कम्प्युटर बिषय शिक्षकको बिरक्त लाग्दो अभिभ्यक्ति सुन्दा दिक्दारी लागेको थियो । निजीमा छोराछोरी पढाउने सामुदायिक शिक्षकको विवेकहिन आक्रोश थियो त्यहा तर केहि भन्ने स्थान थिएन । व्यक्तिगत कुरो सुन्नु र बिर्सिनुको अर्को बिकल्प थिएन । तर जब उहाले व्यक्तिगत रुपमा मलाई अनलाईन शिक्षण बिरोधी सामाग्री पठाएर हतोत्साहित गर्न खोज्नु भयो तब भन्ने बाटो खुल्यो । उहाको पूर्वाग्रह र खिसिट्युरी छर्लंग भयो । होइन भन्ने स्पस्ट भन्नुस त्यो सामाग्री मलाई देखाउनुको अर्थ के हो ?
बालकुमार जी !
एकाबिहानै तपाईले पठाएको कविता सुने ।नानीले हातमा हसिया कोदालो छ ।फोन छैन मैले कसरि पढ्ने भनेकी छन ।कविताले सुचना र प्रविधिको पहुच बाहिरका बालबालिकाको भावना बोलेको छ ।कवी पनि हु कविता राम्रै बुझ्छु । कविताले भने झैँ सुचना प्रविधिको पहुच बाहिरका बालबालिका समेट्ने बैकल्पिक उपाएको खोजि गर्दै छौ ,हामीले भनेकै छौ ।न बुझेको तपाईको उदेश्य मात्रै हो ।बिचार गर्नुस त् नानीले कविता हातले लेखिन कि टाईप गरिन ? कविताको भिडियो हसिया कोदालोले रेकर्ड गरिन की स्मार्ट फोनको प्रयोग गरिन ? तपाईलाई हुलाक बाट पठाईन कि इन्टरनेटको प्रयोग गरिन?
हामीले खोजेकै यसरी नकारात्मक प्रयोगमा आएको सुचना प्रविधिको सदुपयोग गर्न हो । तपाईकी नानीलाई भनिदिनुस भिडियो रेकर्ड र अपलोड गर्न भन्दा सस्तो पर्छ अनलाईन शिक्षण ।सामाग्री हामीले बनाउछौ उनीहरुले हेरिदिए पुग्छ । किन गलत कार्यलाई प्रोत्साहित गर्दै हुनहुन्छ । तपाई एकले छरेको भ्रमले सयौ बिद्यार्थी अल्मलिन सक्छन । हामीले बुझेका छौ तपाईले जसरि नाम्चे बजारबाट हिउ चिप्लो छ भन्नेहरु सगरमाथा पुग्दैन् । तर स्पस्ट हुनुस ,तपाईको कुचेष्टाले अब फरक पर्दैन । हामीहरुले थुप्रै बेश क्याम पार गरिसकयौ ।हाम्रो अगाडी पछाडी निजि र सामुदायिकका सयौ शिक्षक शिक्षिका हुनुहुन्छ ।यसैले तपाईको खिसिट्युरीले हामीलाई छुदैन ।
अन्त्यमा : प्रतिस्पर्धा वा बहस वा चुनौतिको सामना समान हैसियतवाला संग हुन्छ ।यसैले तपाई म संग जिस्किन र अनावस्यक कुरो लिएर नआउनुस किनकि तपाईको र मेरो हैसियत मिल्दैन ।म निजि र सामुदायिकको राम्रो पक्षको अनुशरण गर्छु ।नराम्रोको बिरोध गर्छु ।तपाई सरकारी जागिर खानुहुन्छ ,छोराछोरी निजीमा हाल्नुहुन्छ ।निजीमा पार्ट टाईम्स काम गर्नुहुन्छ अनि जसको नुन खायो उसैको थाल चेप्टो देख्नुहुन्छ ।
यद्दपी सुचना प्रविधिको जमाना छ । सुबिधा सम्पन्न स्कुलको कम्प्युटर बिषय शिक्षक भएर पनि यो आपतकालीन अवस्थामा प्राबिधिक ज्ञान नभएर हीनताबोध भएको हो र हिनता छोप्न अरुको राम्रो कामको बिरोध गर्नुभएको हो भने बिगत बिर्सनुस ।आउनुस सिक्ने सिकाउने गरौ । प्रतिकुलातामा अनुकुलताको खोजि गरौ।पदमपोखरी ,हटिया ।बूढीचौर ,फावारबारिका सामुदायिक स्कुलका शिक्षकले सक्ने तपाईले नसक्ने हुनु हुदैन । गाउमा पुगेको सुचना प्रविधिको अभाव बजारमा पक्कै हुदैन होला ।यसैले सरकारले निजि र सामुदायिकमा विभेद गरेकै छ हामि शिक्षक कर्मचारीले समेत त्यो रोग नपालौ । हातेमालो गरौ । प्रतिकुलातामा अनुकुलता खोजौ ।
बालकुमार श्रेष्ठ !
साच्चिकै भन्नुस त अनलाईन शिक्षण बिरोधि सामाग्री मलाई किन पठाउनु भयो ?


तपाईंको प्रतिकृयाहरू


ताजा अपडेट